•  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । अमेरिकामा विमान दुर्घटना हुँदा ७ जनाको निधन भएको छ । अमेरिकाको टेनिसीमा एउटा सानो सेस्ना जेट विमान दुर्घटना भएको हो । दुर्घटना हुँदा सो विमानमा सवार सबै ७ जनाको निधन भएको हो ।

सेस्ना सी५०१ विमान पर्सी प्रिस्ट तालमा खसेर दुर्घटनाग्रस्त भएको हो। प्रारम्भिक विवरणमा स्मिर्ना बिमानस्थलबाट उडेको केही समयभित्रै बिमान पोखरीमा खसेको उल्लेख छ।

उद्धारकर्मीका अनुसार विमानमा सवार सबै सात जनाको ज्यान गएको छ। संघीय हवाई उड्डयन प्रशासनले विमान दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ।

यो अर्को समाचार, ताप्लेजुङका राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीले यहाँ रहेको स्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण नगर्न आग्रह गरेका छन् । आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमा सुकेटार विमानस्थललाई ‘स्व। रवीन्द्र अधिकारी विमानस्थल’ तथा चुहानडाँडा विमानस्थललाई ‘आङ छिरिङ शेर्पा विमानस्थल’ नामकरण गरिने घोषणा गरिएको थियो । त्यसपछि जिल्लावासीले यसमा असन्तुष्टि जनाउँदै आएका छन् । सामाजिक सञ्जालमा विमानस्थलको नयाँ नामकरण नगर्न सरकारलाई सुझाव दिइएको छ ।

निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका नेता योगेश भट्टराईले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘ऐतिहासिक रूपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिकस्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नुपर्दछ । यसरी मात्र सहभागितामूलक लोकतन्त्र बलियो हुन सक्छ । असल काम पनि असल नियत र सही प्रक्रियाबाट गरियो भने मात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक त ना व मात्र झेल्नुपर्दछ ।’

 


  •  
  •  
  •  
  •  
  •  
  •  
  •