त्यसपछि रोशिनिले युवकलाइ फोन गरिन र २५ वर्षकी केटीलाई अगाडी ल्याएर भनिन्

काठमाडाैं – मध्य प्रदेशमा बिहेको बहानामा बेहुलामाथि ठगी हुने गरेको एक अनौठो घटना बाहिरिएको छ।

भाेपालमा बिहेको बहानामा ठगी हुने गरेको रहस्य बाहिरिएको हो। भोपालको कोलार इलाकामा सञ्चालित सगुन जन कल्याण समिति विपन्न केटीहरूको विभिन्न क्षेत्रमा पर्चा बाँड्ने गर्छ।

त्यहाँ मानिसहरू केटी हेर्न आउँदा २० हजार लिने गरिन्छ। त्यसपछि बिहेको मिति तय गरिन्थ्यो। मध्य प्रदेशका सातजनालाई मार्च २५ गतेको मिति दिइएको थियो।

अलग-अलग ठाउँबाट सातजना बेहुला बनेर आए। सबै सगुनको अफिसमा सातै बेहुला जन्तीसहित पुगेका थिए। यो नै यिनिहरूको ससुराली थियो।

बिहेभन्दा पहिले सबैलाई केटी देखाइएको थियो। जन्तीसहित पुगेका बेहुलाहरूले ससुराली घरमा ताला लगाएको देखे। उनीहरूले त्यहाँका अधिकारीहरूलाई घन्टाैंसम्म फोन गर्ने कोसिस गरिरहे। तर, सबैका फोन अफ थिए।

त्यसपछि दुलाहासहित परिवारका मानिस उजुरी दर्ता गर्न पुलिस स्टेसन पुगे।

बिहीबार सबैभन्दा अन्तिममा केशव बघेल बिहेसहित त्यहाँ पुगेका थिए। उनी घन्टौंसम्म यताउती भौँतारिए। र, उनी पनि प्रहरीकोमा उजुरी दिन पुगे।

प्रहरीले उनी मात्रै नभएर उनी जस्तै सात दुलाहा पहिले नै स्टेसन पुगेको बतायो।

ठगी गर्नका लागि संस्थाका मानिसले मध्य प्रदेशका विभिन्न जिल्लामा पर्चा बाँड्थे। उनीहरूले आर्थिक अवस्था कमजोर भएका केटीहरूको बिहे गराइदिने जनाउँथे।

पर्चामा एउटा नम्बर पनि हुन्थ्यो। त्यो नम्बरमा कल गर्दा रोशनी तिवारी नामकी महिलासँग कुरा हुन्थ्यो। उनले कुरा हुने मानिसलाई भोपालको कोलारमा रहेको विनित कुन्जस्थित अफिसमा बोलाउँथिन्।

केशव पनि त्यहाँ पुगेका थिए। यस दौरान उनलाई २५ वर्षकी केटीलाई देखाइएको थियो। र, २० हजार लिएर उनको बिहेको मिति तय गरिएको थियो।

प्रहरी अधिकारीका अनुसार यस काममा रिन्कु, कुलदीप र रोशनी तिवारी संलग्न थिए। उनीहरूलाई केही अन्य मानिसले पनि सहयोग गरिरहेको खुलेको छ।

उनीहरूले यो कामका लागि गरिब परिवारका केटी खोजेर राम्रो घरको केटासँग विवाह गराउने आश्वासन दिन्थे। २० हजार रूपैयाँ लिइसकेपछि उनीहरू सम्पर्कविहीन हुने गरेका थिए।

रोशनीले आमा बन्दै ठग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। बिहेका लागि आउने केटाकेटी सही हुने भए पनि आमा नक्कली हुने गरेको प्रहरीले जनाएको छ।

ताजा

स्याङ्जामा जेठ १५ सम्मका लागि निषेधाज्ञा जारी

  स्याङ्जामा आउँदो जेठ १५ सम्मका लागि निषेधाज्ञा जारी भएको छ । बैशाख २१ गतदेखि जारी भएको निषेधाज्ञालाई जेठ १५ सम्म थप गरिएको जिल्ला प्रशासन...

अत्यधिक जोरोका कारण ६० बर्सिय पुरुष को मिर्त्यु

अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुकका ६० वर्षीय पुरुष भारतको नयाँदिल्लीबाट घर आएको १६ औं दिनमा बिरामी परे । निरन्तर ज्वरो आएपछि जेठा छोराले वैशाख ९ गते...

नेपालमा कोरोना सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा पुगेको बताएको छ । पछिल्लो एक हप्तामा नेपालमा कोरोना सङ्क्रमण दर दुई सय...

“कोभिड– १९ विरुद्ध लड्नका लागि स्थानीय तह र जिल्लालाई सिङ्गो परिचालन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध एकताबद्ध भएर खट्न सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन दिनुभएको छ । एमाले दशौँ राष्ट्रिय महाधिवेशन...

काठमाडौं उपत्यकामा निषेधाज्ञा हुँदै

 कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय कोरोना संक्रिमित भेटिए निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको छ...

नेपालगञ्जमा आज मध्यराति देखि लकडाउन हुने

बाँकेको नेपालगञ्जमा आज मध्यराति देखि लकडाउन हुने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार नेपालगञ्जमा आज मध्यरात देखि १५ गतेसम्म लकडाउन हुने...

तिनाउ गाउँपालिकामा एक युवकको डुबेर मृत्यु

तिनाउ गाउँपालिका वडा नं ३ तल्लो सिद्दबाबास्थित तिनाउ खोलामा पौडी खोल्न क्रममा डुबेर एक युवकको शनिबार मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार...

वीरगञ्जमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु

वीरगञ्ज–१६ नगवा बस्ने ५१ वर्षीया महिलाको नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचारको क्रममा दिउँसो १ः४० बजे मृत्यु भएको हो ।  ज्वरो, खोकी लागेपछि उनलाई शनिबार उपचारका...

बालबालिकाको स्वास्थ्यको अधिकारप्रति सचेत रहन र पठनपाठनको वैकल्पिक व्यवस्था गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले एक विज्ञप्ति जारी गर्दै बालबालिकाको स्वास्थ्यको अधिकारप्रति सचेत रहन र पठनपाठनको वैकल्पिक व्यवस्था गर्न आग्रह गरेको छ ।  साथै आयोगले स्वास्थ्य...

माओवादी केन्द्र र माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुने

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताउनुभएको छ ।  सदरमुकाम कुश्माबजारमा माओवादी...