पोर्चुगलमा कोभिड प्रभावित नेपालीले पाए राहत

कोभिडका कारण समस्यामा परेका केही नेपालीलाई दोस्रो चरणको राहत वितरण गरिने भएको छ । कोभिडको शुरुआतपछि पोर्चुगल सरकारले पहिलो चरणको आपतकालीन राज्य घोषणा गरेसँगै अवैतनिक महावाणिज्य दूत मकर हमालको नेतृत्वमा कोभिड राहत वितरण समिति गठन भएको थियो । समिति गठनपछि पहिलो चरणको राहत वितरण गरिएको थियो । उक्त राहत वितरणबाट ४०० नेपाली समुदाय लाभान्वित भएका थिए ।

हाल पोर्चुगल सरकारले तेस्रो चरणको आपतकालीन राज्य घोषणा गरेपछि धेरै नेपालीले रोजगारी गुमाउनु परेको छ । राहत समितिले कोभिड लागेका व्यक्ति, सुत्केरी महिला, वृद्धवृद्धा र दीर्घ रोग भएका पीडितलाई मध्यनजर गरी राहत वितरण गरिने बताएको छ ।

राहत वितरण व्यवस्थित गर्न कोभिड राहत वितरण समितिको सचिवालयले समस्यामा परेका नेपालीको विवरण सङ्कलन गर्न समितिका सचिवालय सदस्य तथा प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र पत्रकारहसहितको तथ्याङ्क सङ्कलन समिति गठन गरेको छ । उक्त समितिले वास्तविक समस्यामा रहेकाहरुलाई पहिचान गर्ने र उनीहरुको अवस्थाअनुसार राहत वितरणका लागि सिफारिस गर्ने समितिका संयोजक पौडेलले जानकारी दिनुभयो । कोभिडका कारण पोर्चुगलमा तीन नेपालीको मृत्यु भइसकेको छ ।

ताजा

आज र भोलि देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही...

पशुपतिनाथमा भेटी दान गर्न ‘क्यूआर कोड’ प्रयोग

पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ। यसका लागि...

केपी ओलीले राजीनामा नदिइ संसद्मा डटेर सामना गर्ने ;ईश्वर पोखरेलले

उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिइ संसद्मा डटेर सामना गर्ने बताएका छन् । पार्टीनिकट अनेरास्ववियुको...

आज को राशिफल २०७७ /११ /१५ ; श्री पशुपतिनाथले हामि सबैको रक्षा गरुन ।

  मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साथिभाई तथा आफ्नो बिषेश मान्छेसँग दिनभर मिठा मिठा कुरा गरेर समय ब्यातित हुँने हुँदा मन खुसि रहनेछ । सवारि साधन,भौतिक सम्पति तथा आकस्मिक धनसम्पति...

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वालुवाटारमा भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वालुवाटारमा भेटवार्ता भएको छ ।सत्तासमीकरणका विषयमा दलहरुले भेटघाटलाई तीव्रता बनाइरहेका बेला उपाध्यक्ष गौतमले...

दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत

दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत गरेको छ । थेगु शहरको एक अस्पतालमा रहेको ६० वर्षीय जोडी चिकित्सकबाट खोप अभियान शुरु भएको बताइएको छ...

काठमाडौँको तारकेश्वरमा फेरि बर्डफ्लु

पशु सेवा विभागले तारकेश्वर नगरपालिका–१ मा व्यावसायिकरुपमा पालिएका कुखुराको नमूनाको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पिसिआर परीक्षणमा बर्डफ्लु रोग पुष्टि भएको विभागका महानिर्देशक...

दाङका एक शिक्षक घरको आँगनमै मृत फेला परे

घोराही उपमहानगरपालिका–१०, सौंडिकुला निवासी अन्दाजी ४३ वर्षीय श्रीधर घिमिरे आफ्नै आँगनमा मृत अवस्थामा फेला परेका हुन् । घिमिरे लमडरुवाका माविका सहायक प्रधानाध्यापक हुन् ।...

उत्तीर्ण भएको एक महिनामा चालक अनुमतिपत्र पाइने

नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना...

म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा जीप दुर्घटनामा एक जनाको मृत्यु

म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । मालिका गाउँपालिका-३ पात्लेबाट बिरामी लिएर...