अघोरी चुन चुन बाबा संग जोडीएका अनौठो रहस्य !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पशुपतिनाथ मन्दिरको मूलद्धारभन्दा करिब ५० कदम अघि नै एउटा कोठामा अक्सर कुकुरहरुसँग समय बताउने कालो पहिरनमा देखिने चुनचुनबाबा कैयौँको लागि एउटा सामान्य जोगी थिए । उसै पनि अघोरी त्यति कर्णप्रिय विशेषण होइन, सामान्य व्यक्तिहरुको लागि । तर, अध्यात्मजगत्मा उनी एकजना अद्भुत व्यक्ति थिए –सिद्ध ।

घृणाभन्दा माथि उठेका ती साधु स्वयम्मा ‘रमता राम’ थिए । त्यही सामान्य कोठामा उनको महान् उपस्थितिले राजादेखि लिएर प्रधानमन्त्री र अन्य विशिष्ट व्यक्तिलाई आकर्षित गथ्र्यो । कसैलाई कर्ताभावको बोझमा नपारी उनले आफ्ना अनेकौँ भक्तको उद्धार गरेको मान्नेहरुको संख्या ठूलो छ, नेपालमा ।

श्रीलङ्कन मुलका चुनचुनबाबाले २०६१ मङ्सिर १८ गते पशुपति आर्यघाटमा समाधि लिए । अघोर तथा सन्यासी लिकबाट हटेर उनको अन्तिम इच्छाअनुसार उनको शव जलाइयो । जानकारहरुका अनुसार राजा विरेन्द्रले जनावरहरुलाई खुवाउने सामग्री किन्न चुचुनबाबालाई केही नगद चढाउँदा ‘महाराज १ यो तिम्रो उपचारका लागि उपयोगी हुनेछ’ भनी फर्काएका थिए । त्यस लगत्तै मुटुको उपचारका लागि राजा विरेन्द्र लन्डन गएका थिए ।

आत्मप्रचारका एकदम विरोधी चुनचुनबाबाले करिव ५० बर्षको अध्यात्मिक साधना र सिद्धिपछि कसैलाई दीक्षा दिएनन् । तर, आफूलाई उनका ‘शिष्य’ बताउन चाहने भक्तहरुको सङ्ख्या ठूलो छ ।

चमत्कार र सिद्धि प्रदर्शनलाई सधै त्याग ठान्ने चुचुनबाबाले सङ्कटमा भक्तहरुको उद्धार र सम्भावित दुर्घटनाहरुलाई उनका भक्तहरु आपसमा ‘गुरुकृपा’ का रुपमा अनुभव आदानप्रदान गर्ने गर्दछन् । प्रखुम शाही पाश्र्ववती उपरथी टीका धमला चुनचुनबाबाकहाँ नियमित रुपमा जाने गर्थे । सम्भवतः केही आध्यात्मिक तथा अन्य सुझाव आवश्यक परेको अवस्थामा उनीमार्फत दरबारसमक्ष पुग्ने गर्थे ।
उनको सामीप्यमा अलौकिक अनुभव गर्नेहरुको सङ्ख्या धेरै छ ।
‘क्यान्सर’ बाट ग्रस्त चुनचुनबाबाले चितवन भरतपुरस्थित विपी कोइराला क्यान्सर अस्पतालमा उपचारार्थ केही दिन भर्ना भई ‘केमोथेरापी’ लिने गरेका थिए । पछि काठ्माडौँको ओम अस्पतालमा भर्ना भई ड्रिपमा रहँदा डाक्टरहरुसँग आफूलाई बन्धनमुक्त गर्न आग्रह गरेका थिए उनले । ‘मेरो आत्मा निरोगी छ । मेरो शरीरमात्र रोगी हो’ भन्दै डाक्टरहरुसँग अन्तिम घडी आएकाले पशुपति आर्यघाट जाने आफनो इच्छा प्रकट गरेका थिए।
पशुपति मूल ढोकाबाहिरपट्टि विहान वेलुका सधै कुकुर, गाई र साँढे एउटै थलोमा आत्मीयतापुर्ण वातावरणमा सहभोजको व्यवस्था गर्थे चुनचुनबाबाले । उनी कसैकहाँ जाँदैनथे, हात फैलाउन । तर, उनीप्रतिको भक्ति र श्रद्धाका कारण त्यहाँ अनाजको कमी भएन, बर्षौदेखि । ती जनावहरु पालिइरहे । चुनचुनबाबाको समाधिपछि उनका भक्तहरुले एउटा सिद्ध आध्यामिक करुणावतार गुमाएका छन् भने आफना भावना व्यक्त गर्न नसक्ने ती मुक जनावरहरुले उएटा महान संरक्षक र अभिभावक । ‘अहिले त जसोतसो चलेको छ, हेरौँ अव के हुन्छ,’ चुनचुबाबाले भक्तहरु मान्ने गरेका ती जनावहरुको के हाल छ भनी प्रश्न गर्दा शत्रुघ्नको जवाफ थियो ।
हाल पशुपतिनाथको मुल मन्दिर जाने वाटोमा नन्दी आश्रम संगै जोडिएर रहेको छ चुनचुन आश्रम । जंहा चुनचुन बाबाका भक्तहरु नित्य उपस्थित भइ बाबाको प्रतिस्थापित मूर्तिको दर्शन गर्दछन । यही ठांउमा चुनचुनका प्रिय भैरवहरु पालिएका छन ।हाल चितवन घर भइ चुन चुन बाबा आश्रममा सेवकको रुपमा बाबाका भक्त कृष्ण रहनु भएको छ । अहिलेपनि भोकाले भोजन पाउने आश्रयस्थल वनेको छ चुनचुन आश्रम ।
बाँकी भिडियोमा हेर्नुहोस ……..


  •  
  •  
  •  
  •  
  •  
  •  
  •