सरकारको ल्याङफ्याङे पाराले कृषिमा व्यवसायीकरण सम्भव छैन

दाङमा हामी ३ जना साथी मिलेर ड्रागन फलको खेती गरिरहेका छौँ । झण्डै १ करोड रुपैयाँ लगानी गरेका छौँ । हामीजस्ता धेरै साथीले अहिले व्यवसायिक खेती सुरु गर्नुभएको छ । तर अहिलेकोजस्तै ल्याङफ्याङे पाराले कृषिमा व्यवसायीकरण गर्न समस्या देख्छु । सरकारले नीति तथा कार्यक्रम त ल्यायो । तर नीति तथा कार्यक्रम एकातिर र बजेट अर्कैतिर हुनुभएन ।

पहिलो कुरा, केही गर्न चाहने किसानका लागि जग्गाको व्यवस्थापन हुनुपर्यो । जग्गा बाँझै छ । तर केही गर्न चाहनेहरुलाई जग्गा पाइँदैन । काम गरी खानेले जग्गा नपाउने र पाइहाले पनि भाडादर चर्को छ । सरकारले व्यवसायिक कृषि गर्नेहरुका लागि सुरुमा जग्गाको व्यवस्थापन गर्नुपर्यो ।
दोस्रो, जग्गा मात्रै भएर भएन, लगानी पनि चाहियो । बैंकमा पैसा पुगेको छ । खर्च भएन भन्छन् । तर व्यवसायिक कृषि गर्ने किसानले लगानी गर्न पैसा पाइरहेका छैनन् ।

तेस्रो, व्यवसायिक कृषि गर्नका लागि राज्यले बजारीकरण गरिदिनुपर्छ । बजारको व्यवस्थापन हुन नसक्दा किसानले उत्पादन गरेको सामग्री बारीमै कुहिएर गइरहेको छ । उनीहरुको लगानी नउठ्ने अवस्थालाई अन्त्य गर्नुपर्छ ।

चौथो, व्यवसायिक कृषिको लागि के गर्ने, कहाँ गर्ने र कसरी गर्ने भन्नेबारे तालिमहरु सञ्चालन हुनुपर्छ । तालिम र प्रविधिको उचित व्यवस्थापन गर्नुपर्छ । परम्परागत ढङ्गले कृषिमा व्यवसायीकरण सम्भव छैन । सरकारले अलि फराकिलो ढङ्गले सोच्नुपर्ने हुन्छ ।

पाँचौँ, ऋण र अनुदान काम नगर्नेहरुले पाइरहेका छन् । जसले कागजमा या भनौँ फाइलमा खेती गर्छ, झोलामा खेती गर्छ वा मन्त्रालय र मन्त्रालयका स्वकीय सचिवका कोटामा खेती गर्छ त्यसले ऋण र अनुदान पाइरहेका छन् । फिल्डमा मरीमरी माटो र गोबरसँग खेल्नेले केही पनि पाउँदैनन् । वास्तविक किसानले सस्तो ब्याज दरमा बिनाधितो कर्जा पाउनुपर्छ ।

छैटौँ, विषय छनौट हुनुपर्यो । उच्च मूल्य आउने जडीबुटी र फलफुललगायतलाई बढी महत्त्व दिएर बजेटमा समावेश गर्नुपर्छ । उच्च मूल्य आउने खेतीहरु के के हुन सक्छन् भनेर छनोट गरी किसानलाई प्रोत्साहित गर्नुपर्ने हो । तर यी कुरामा कसैको ध्यान छैन । अनि कसरी हुन्छ व्यवसायिक कृषि ?

अब गर्ने बेला आयो

कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको परिस्थितिको कारण अब माटो र गोबर छुने समय आएको छ । त्यसका लागि कृषिका विविध हाङ्गामा हामी जान सक्छौँ । आधुनिक ढङ्गले यान्त्रिकीकरण गरेर हामी जान सक्छौँ । विदेश गएका युवाहरुले ठूला ठूला कृषि फार्महरुमा काम गरी ज्ञान आर्जन गरेर स्वदेश फर्केका छन् । विदेशमा आर्जन गरेको ज्ञानलाई नेपाली धर्तीमा लागु गर्ने बेला भएको छ । नेपालमा कृषिमा लागेकाहरुमध्ये विदेशमा सिकेर स्वदेश फर्किएकाहरु धेरै छन् ।

विज्ञान र प्रविधिले पनि हामीलाई सिकाएको छ । जडीबुटीदेखि फलफुल खेती हुँदै अन्नबालीसम्मको उत्पादन बढाउने र यसैबाट समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्नेतिर लाग्नुपर्छ । बाँस खेतीलगायतका सजिला खेतीहरु पनि गर्न सकिने अवस्थामा छौँ हामी । लाखौँ युवालाई यही बाँझो जमिनमा लगाएर रोजगारी दिन सक्छौँ ।

भारतबाट आयात रोक्नुपर्छ

खुला नाकाको कारण भारतबाट निर्बाध रुपमा कृषि उत्पादन आइरहेका छन् । त्यसलाई तत्काल रोकेर देशमा उत्पादन भएका सामग्रीलाई देशका सबै ठाउँमा पुर्याउने संयन्त्र बनाउनुपर्छ । त्यसपछि हामीले नेपालमा खाइनसक्ने गरी ‘क्वान्टिटी’ र ‘क्वालिटी’ दुबै बढाएर दोस्रो र तेस्रो देश पठाउनतिर लाग्नुपर्छ । नत्र भारतको उत्पादनले किसानहरुलाई पुरै सुकाउँछ । भारतको उत्पादनले नेपाली किसानलाई खत्तम पारिराखेको छ । नेपालका दुध र अण्डालगायतका उत्पादन सडकमा फ्याक्नुपर्ने र भारतको विष हालेको, बासी र गुणस्तरहीन सामग्री हामीले सस्तोको नाममा ज्यानमारा चिज खाइरहेका छौँ ।

यसको लागि सीमा ‘रेगुलेसन’ गर्नुपर्छ । भिसा र पासपोर्टको व्यवस्था गर्नुपर्छ । भारतमा उत्पादन भएका वस्तु नेपाल ल्याउन केही वर्षका लागि बन्द गर्नुपर्छ । हामीले बाहिर पठाउने तर बाहिरको सामान नेपाल नल्याउने नीति अवलम्बन गर्नुपर्छ । यति गरियो भने नेपाली किसानहरु अलि माथि उठ्न सक्ने छन् ।

सहुलियत ऋण चाहियो

अनुदान भनेको नसक्नेहरुका लागि सहयोग गर्ने हो । सरकारको नीति तथा कार्यक्रम राम्रै हुन्छ । तर जे बोलिन्छ, त्यो गरिँदैन । अहिले जे लेखिएको छ, भोलि बजेट आउने समयमा त्यसको उल्टो पनि आउन सक्छ । भनाइ र गराइबीचको अन्तरले राज्य असफल हुँदै गएको छ । यहाँ अनुदानको नाममा करोडौँको खेलो चल्ने गरेको छ । घुस र कमिसनको खेलो राम्रैसँग हुने गरेको छ । कागजको भरमा करोडौँ रुपैयाँ अनुदान पचाउने व्यक्ति मेरै आँखाअगाडि छ ।

यस्तो भाउँटो खालको अवस्थालाई अब अन्त्य गर्नुपर्छ । हामीलाई अनुदान होइन, सहुलियत ऋण चाहिएको छ । त्यो पनि बिनाधितो । ‘प्रपोजल बेस’मा सरकारले सहुलियत ऋण उपलब्ध गराउनुपर्छ । अर्को, सरकारले रकममा नभई उत्पादन सामग्रीमा अनुदान दिने भनेको छ । यसमा पनि आसेपासेहरुले घोटला गर्न सक्छन् । त्यसो हुन नदिनका लागि सरकारले विशेष रणनीति बनाउनुपर्छ । अनि मात्रै नेपालको कृषि माथि उठ्ने छ ।

समर्थन मूल्य र बजार व्यवस्थापन

राज्यले तीनै तहमा मूल्य निर्धारण गर्नुपर्छ । त्यसको लागि हामीकहाँ उत्पादनको सूची हुनुपर््यो । नागरिकले कुन वस्तुको उत्पादन कहाँ र कसरी गरिरहेका छन् भन्ने लेखाजोखा हुनुपर्यो । त्यस्तो ‘चेकलिस्ट’ भएपछि सङ्घ, प्रदेश र पालिकामा आवश्यकताअनुसारको मूल्य समायोजन गर्नुपर्छ । लगानी गरेदेखि खेती भित्र्याउने बेलासम्मको मूल्याङ्कन हुनुपर्छ । उत्पादन घट्यो कि बढ्यो त्यस आधारमा पनि मूल्य निर्धारण गर्नुपर्छ ।

साना खुद्रे किसानहरुलाई पेट कसरी पाल्ने भन्ने पिरलो हुन्छ । उनीहरुको जीवनस्तर कसरी उकास्ने भन्ने चिन्ता राज्यले लिनुपर्यो ।

पालिकामार्फत बजार व्यवस्थापन

किसानले उत्पादन गरेको सामग्रीको बजार व्यवस्थापन पालिकाले गर्नुपर्छ । ढुवानी, र कोल्ड स्टोरदेखि बेच्नेसम्मको आवश्यक पूर्वाधार विकास पालिकामार्फत गर्नुपर्छ । माथि नीति बनाइदिने हो र तल पालिकाहरुले मूल्य निर्धारणदेखि बजार व्यवस्थापन गर्नुपर्छ । अन्तरविरोध आउने र फेरि उत्पादक किसान मर्ने खालको संयन्त्र बन्नु हुँदैन ।

सहकारी मोडलमा जानुपर्छ

किन्ने र बेच्नेबीचको संयन्त्र चुस्त बनाउन सहकारी मोडलबाट जाँदा राम्रो हुन्छ । लगानी, बचत तथा ऋण सहकारी अथवा बैंकिङ सहकारीले यो संयन्त्र तयार गर्न सक्छन् । सहकारीमार्फत लगानी गर्ने, सहकारीमार्फत नै वस्तु बेच्ने र सहकारीमा नै आम्दानी बचत गर्ने काम गर्नुपर्छ । उपभोक्ता सहकारी अथवा बजार सहकारीले उत्पादित वस्तु बजारसम्म पुर्याउँछ । बचत तथा ऋण सहकारी, उत्पादन सहकारी र बजार सहकारी तथा उपभोक्ता सहकारीमार्फत किन्ने र बेच्ने संयन्त्र बनाइयो भने उत्पादनदेखि उपभोक्तासम्म सबै बिचौलियाबाट मुक्त हुन सक्छन् ।

छलाङ मार्ने ३ तरिका

कृषिमा छलाङ मार्न विभिन्न ३ वटा तरिका अपनाइनुपर्छ । पहिलो प्राथमिकतामा पारिवारिक कृषि । हरेक किसानले वर्ष दिनभर खान पुग्ने खाद्यान्नका लागि उसले पारिवारिक कृषिमा जोड दिनुपर्छ । अहिले संसारका ९० प्रतिशतभन्दा धेरै देशमा पारिवारिक कृषि अर्थतन्त्रको मेरुदण्ड बनेको छ । अर्को, सामुदायिक कृषि हो । विभिन्न समुदायले पर्ती ऐलानी सरकारी जग्गा भाडामा लिएर पनि सामूहिक खेती गर्न सक्छन् ।

समुदाय मिलेर साझेदारीमा कृषि गर्न सकियो भने त्यसबाट आउने मुनाफा समुदायले लिन सक्छ । यसले पनि उत्पादनलाई ५/७ वर्षमै दोब्बर बनाउन सक्छौँ । अर्को भनेका व्यवसायिक कृषि हो । व्यवसायिक कृषि एकल वा संयुक्त रुपमा गर्न सकिन्छ । जस्तो मैले ड्रागन खेती गरिरहेको छु । हामी ३ जना मिलेर यो काम गरिरहेका छौँ । अरु कसैले हामीलेजस्तै केही गर्न सक्छन् । माछा पालन, बाख्रा पालन, कुखुरा पालन र गाई भैँसी पालनलगायतका क्षेत्रमा हामीले व्यवसायिक कृषि गर्न सक्छौँ ।

१० वर्ष कुर्नुपर्दैन

कृषिका यी तिनवटै तरिकालाई हामीले ठिक ढङ्गले अघि बढायौँ र राज्यले पनि राम्रो नेतृत्व गर्न सक्यो, राम्रो नीति ल्यायो, किसानहरुलाई सहुलियत दियो, बजार व्यवस्थापन गरिदियो, क्षतिपूर्तिको व्यवस्था गरिदियो र बीचमा ठगी खानेहरुलाई निर्मूल गरिदियो भने कृषिले १० वर्ष कुर्नुपर्दैन ।

अबको केही वर्षमा नै अहिलेकोभन्दा आकाश जमिनको फरक बनाएर परिवर्तन गर्न सकिन्छ । तर अहिलेकै ‘भजमने’ तालले अबको २० वर्ष मात्रै होइन, २५/३० वर्षमा पनि प्रगति गर्न सकिँदैन । राज्यले के भन्छ भन्ने कुरा ठूलो होइन, के गर्छ र गराउँछ भन्ने कुरा ठूलो हो ।

अहिलेकै अवस्थाले १० वर्ष होइन, २० वर्षमा पनि उत्पादन दोब्बर हुन सक्दैन । यस्तै ल्याङफ्याङे र असरल्ल अवस्थाले उत्पादन कसरी बढाउन सकिएला र ! गज्याङ र मज्याङको अवस्था रहिरहने हो भने जति वर्षको लक्ष्य बनाएपनि लक्ष्य हासिल गर्न सकिँदैन ।

यदि हामीले प्रणाली बसालेर युद्ध स्तरमा काम गर्ने हो र त्यसको कमाण्ड राम्रो भयो भने १० वर्षसम्म पर्खेर बस्नुपर्छ जस्तो मलाई लाग्दैन । एक पञ्चवर्षीय योजनाभित्र कृषिले अर्को ठाउँमा छलाङ हान्न सक्छ ।

बिष्टसँग टेकमान शाक्यले गर्नुभएको कुराकानीमा आधारित

ताजा

व्यावसायिक सटर एवं घरको लकडाउन अवधि ३ महिनाको भाडा नलिने घोषणा

समन्वय प्रमुख कृष्णकुमार डल्लाकोटीले वैशाख, जेठ र असार महिनाको भाडा नलिने बताउनुभएको छ। जिल्ला समन्वय समिति चितवनले भाडामा लगाएका व्यावसायिक सटर एवं घरको लकडाउनको...

रुपन्देहीमा सवारी दुर्घटनामा पत्रकार कृष्णबाबुको दुःखद मृत्यु

रुपन्देही,सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा सडकखण्डको तिलोत्तमा–१ ड्राइभर टोलमा शनिबार राति रुपन्देहीमा सवारी दुर्घटनामा पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ ।शनिबार राति भएको सवारी दुर्घटनामा परि...

सुशान्तको आफ्नै साथी पुगे प्रहरीकोमा,सुशान्तले देह त्याग गर्नुको प्रमाण म संग छ:खुल्यो प्रेमिकासंग भएको झगडा

एजेन्सी,प्रहरीले अनुसन्धानको दायरामा नराखेका ब्यक्ति मसग प्रमाण छ भन्दै प्रहरी कार्यालय पुगेपछि घटनामा नयाँ मोड आएको हो ।  बलिउड अभिनेता सुशान्त राजपुतको निधनका सम्बन्धमा...

विश्वमा कोरोना भाइरसबाट ४ लाख ५१ हजार भन्दा बढीको मृत्यु र ८४ लाख भन्दा बढी संक्रमित

कोरोना भाइरसबाट विश्वमा ४ लाख ५१ हजार भन्दा बढीको मृत्यु र ८४ लाख भन्दा बढी संक्रमित भएका छन्। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर...

सुशान्त राजपुतले देहत्याग गर्न बाध्य बनाउने स्टारहारको नाम अगाडी

अहिले मि टु अभियान जस्तै बलिउडका फिल्म कलाकारहरुले पनि आफु माथि परेको अन्यायका बारेमा आफ्ना अनुभव शेयर गरेका छन् । शुसान्त राजपुतको निधनमा बलिउडका...

वलिउड फिल्म भित्रका धेरै कर्तुतहरु उजागर:दबंगका निर्देशक अभिनव कश्यपले लेखेको एउटा लामो स्टाटस

एजेन्सी,अभिनेता सुशान्त राजपुतको निधन पछि बलिउडमा खैला बैला मच्चिएको छ। अहिले बलिउडमा अभिनेता सुशान्त सिंह राजपुतको मृत्त्युको खबरले सबैलाई दुखित बनाएको छ। अभिनेता सुशान्त...

अंकितालाई सुशान्तले देहत्याग गरेको विषयमा प्रश्न गरेपछि उनले ‘के ????….’

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले देहत्याग गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पा सो लगाएर देहत्याग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अभिनेता लकडाउनको...

बलिउडले दुई महिनाभित्र १० चर्चित कलाकार गुमायो

काठमाडौं,आजभन्दा डेढ महिनाअघि बलिउडले अभिनेता इरफान खान र ऋषि कपुरलाई गुमाएको थियो । अभिनेता इरफान खानको निधनपछि लगातार बलिउड शोकमा डुब्दै गइरहेको छ ।बलिउडले...

रुकुम जाजरकोट घटनाले २३ दिनपछि लियो अर्कै मोड,

चौरजहारी नगरपालिका–८ पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा...

भारतवाट आएर क्वारेन्टिनमा बसेकी एक युवतीको सामुहिक करणी

कैलाली,क्वारेन्टिनमा बसेकी एक युवतीको सामुहिक करणी भएको घटना सार्वजनिक भएको । उनि भारतवाट आएर क्वारेन्टिनमा बसेकी थिइन्। कैलालीको क्वारेन्टिनमा बसेकी उक युवतीले आफु सामुहित...