एफसी युनियनविरुद्ध हेर्था बर्लिनको फराकिलो जीत : जर्मन बुण्डेसलिगा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – जर्मन बुण्डेसलिगा फुटबलमा हेर्था बर्लिनले एफसी युनियन बर्लिनविरुद्ध फराकिलो जीत दर्ता गराएको छ ।

शुक्रबार राति भएको खेलमा हेर्था बर्लिनले एफसी युनियनलाई ४- ० ले हराएको हो ।

ओलम्पिक मैदानमा भएको खेलमा पहिलो हाफमा गोलरहित बराबरी भए पनि दोस्रो हाफमा हेर्था एफसीविरुद्ध हावी भएको थियो ।ऽ

उसका लागि इबिसेविकले ५१ औँ तथा लुकेबाकिओले ५२ औँ मिनेटमा गोल गरे । यसैगरी सान्तोस कार्नेइरो कुन्हाले ६१ औँ तथा बोयातालो ७७ औँ मिनेटमा गोल गरे ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •