ज्यान बचाउन हातको बाला बेचेर काठमान्डू छिरेकी मनिषाको दर्दनाक जीवन कथा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रुपाकोट मझुवागढी नगरपालिका वडा नं.६ नेर्पा दिक्तेल । बुबा वीर बहादुर विश्वकर्मा र आमा लक्ष्मी माया विश्वकर्माको कोखबाट तेह्रौं सन्तानको रुपमा जन्म लिएकी मनिषाको जेठो माइलो, साइलो र जेठी दिदी र कान्छी बैनी सकुशल छन् । बाँकी आठ जना मध्य दुइ जना मनिषा सानै छँदा बितिसकेका थिए । मनिषाकाे माइली दिदि कोपिला बाह्र वर्षको हुँदा शरीर नचल्ने रोग शुरु भएको थियोे अहिले उनी पैंतीस वर्ष कि भइन । उनलाइ चौंतीस वर्षको उमेरमा सुगर देखियो । सुगर देखिएपछि ब्रेन ह्याम्रेज भएर टाउकाे सम्म पनि उठाउन नसकिने गरी थला परेकी छन्।

साइली शर्मिलालाई बाइस वर्षको उमेर देखि सोही रोग शुरु भो तेहिस वर्षको उमेरमा सुगर देखियो र त्यसको तीन महिना मै उनी बितिन्। काइली उषालाई एक्काइस वर्षको उमेरमा सोही रोग शुरु भो र चौबिस वर्षको उमेरमा सुगर देखियो र पच्चीस वर्षको उमेरमा उनि बितिन । त्यो भन्दा मुनि कि चन्द्रालाइ सत्र वर्षको उमेरमा सोही रोग शुरु भो र तेइस वर्षमा सुगर देखियो र चौबिस वर्षमा उनी पनि बितिन् । मनिषालाइ अठार वर्षको उमेरमा साेही रोग शुरु भयो । अहिले उनी तेइस वर्ष कि भइन  दिन प्रतिदिन राेग बढ्दाे छ ।

उनी भन्दा मुनीकाे एक भाइ चेतराज गजमेरकाे पनि राेग शुरू भइसकेकाे छ । पैतला देखि घुँडा सम्म चल्दैन हिंड्न खाेज्दा पुरा शरिर धान्न गाह्राे भइ हल्लिन्छ । मनिषा आज भन्दा चार वर्ष अघि भद्रकाली मन्दिरमा सहयाेग माग्दै गरेकाे अवस्थामा मानवसेवा आश्रमकाे टिमकाे साथमा फेला परेकी थिइन । उनलाइ मानव सेवा आश्रम पुर्याएका थियाैं तर उनकाे घरबार भएकाे कारण मानवसेवा आश्रमले प्रहरी मार्फत मेराे जिम्मा लगाएकाे थियाे । त्यसपछि उनी करिब चार महिना म संग मेरै काेठामा बसिन । उनी नाच्नमा जिल्ला टप भएकाे र विभिन्न संघसस्थाले गर्ने सांस्कृतिक कार्यक्रममा समेत भाग लिने र त्यहाँबाट प्राप्त भएकाे पैसाले घरपरिवार धानेकाे समेत सुनाइन । आफ्नै आखाँ अगाडी अल्पायुमै दिदिहरू बेनाम रूपी राेगकाे समस्याका कारण पुक्लुक पुक्लुक भइ प्राणपखेरू उडेकाे देख्दा साह्रै दुःख लाग्थ्याे । कहिं मलाइ पनि त्यस्तै हुने त हाेइन भन्ने मनमा कुरा पनि खेल्थ्याे ।

एकदिन स्कुलबाट फर्केर घाँसदाउरा गर्न गएकाे बेला पैतालाे पल्टिएर लडें अनि ल तँ पनि तेरै दिदि जस्तै हुने भइस भनेर साथीहरूले भने नभन्दै त्यसै दिन देखि नै मेरा पैतला नचल्ने भए । घरका बिरामी जस्तै म नि हुनथालेपछि गाउँ समाज घरपरिवारमा आउने नातागाेता अनेकन कुरा गर्थे जसले मलाइ भित्रै देखि पिडा दिन्थ्याे । अरूले उपचार पाएनन म जसरी पनि काठमाडाैं पुगेर मागेर भए पनि उपचार गराउन पाए पहिले जस्तै नाच्ने हिंड्ने हुने थिएँ भन्ने लागेर उनी हातमा भएकाे चाँदीकाे बाला बेचेर गाडीकाे भाडा तिरेर काठमाडाैं आइन्। उनकी दिदि काँडाघारीमा बस्ने हुनाले केही समय उतै बसिन्।

दिदिले उपचार गराउलिन् भन्ने आशामा तर दिदिले कपडा बुन्ने हाेस्टेलमा काम सिक्छे भनेर उतै राखिदिएपछि केही समय त्यहाँ पनि काम गरिन् । यसरी उनले आफ्नो उपचार नहुने देखि त्यहाँबाट भागेर भद्रकालीमा आएर सहयाेग माग्दै गरेकाे अवस्थामा भ्रस्टचार बिरोधि अभियान्ता सारदा भुसाल झाले उद्दार गरेर आफ्नै कोठामा लगेर राख्नुभएको थियो।हामी संगको कुराकानीमा सारदा भुसाल झा भन्नुहुन्छ: म सित बस्दा मैले सकेकाे उपचार गराएँ तर विर अस्पतालकाे डा.ले इंडिया रिफर गरिदिने भनेपछि उनकाे उपचार गराउनका लागि सहयाेग जुटाउन सकिन र घर पठाइदिएँ ।

एसएलसि पास गरेकी मनिषाकाे उच्च शिक्षा हासिल गर्ने ठुलो धोको थियोे । जब राेग लाग्याे उनले आज सम्म पनि उक्त एसएलसि परिक्षाकाे सर्टिफिकेट लिन सम्म पनि स्कुल गइनन्। अज्ञात रोगले जिउँदो लास बनाइदियो । अहिलेसम्म रोग पत्ता लाग्न सकेको छैन । घरमा थला परेका बिरामी देख्छु बिगतमा अकालमै बितेका दिदिहरु सम्झन्छु। कहाली लागेर आउँछ । क्षण प्रतिक्षण मृत्युको मुखैमा पुगेको आभास हुन्छ । अब मेरो पालो आयो भन्छु छट्पटी गर्न थाल्छ मन । आँखा भरी मृत्युको दृश्य सिनेमा सरी देख्छु यसरी पलपल मरिरहेको मान्छे अनि मलाई मेरो रोग निको हुने भन्ने थाहा पाएँ गहभरी खुशीले मन नाच्न लाग्यो उडेर जाउँ कि गुडेर जाउँ जस्तो भयो भन्दै मनिषाले सुनाइन । मैले यही पुस दुइ गते काठमाडौ बाट दिक्तेल पुगेर काठमाडाैं ल्याएकी हुँ।

अहिले मनिषा मेराे साथमा छन् । जतिसक्दो छिटो उपचार शुरू गर्न पाए त्यतीछिटो रोग पत्ता लाग्ने थियोे । औसधि कति छिटो खान पाउँला र राेग निको हुने पर्खाइमा छु भन्छिन् । मैले चार वर्ष अघि भेटेकि मनिषा त्यसकाे चार महिना पछिकाे घर बसाइ अनि घर पठाएकाे डेढ वर्ष पछि पुनः उनकै घर दिक्तेल पुगेर चार बिरामीकाे नागरिकता र अपांग परिचयपत्र बनाइदिइ नगरपालिकाबाट पचास हजार सहयाेग समेत दिलाइ मनिषाकाे उपचारलाइ निरन्तरता दिने भनि घर सल्लाह गरी काठमाडाैं फर्किंए त्यसपछि मनिषालाइ काठमाडाै नल्याएर छाेरालाइ लिएर मनिषाकाे बुवा काठमाडाै आउनुभयो ।

भाइलाइ पनि कुनै राेग देखिएन अनि हार खाएर घर फर्किनुभयो । मैले मनिषाकाे उपचारका लागि धेरै मानिस संग सम्पर्क गरें कुराकानी चलाएँ अन्तमा गएर भारतमा विश्वरूपराय चाैधरीले उनकाे राेग ग्यारेन्टीका साथ निकाे पार्ने जानकारी दिनु भएकाे छ । भारतकाे दिल्लि, जालन्धर चन्डीगढ मध्ये एक अस्पतालमा बेडकाे व्यवस्था गरी जानकारी दिन्छाैं तर अस्पताल भर्ना हुने दिन दुइ लाख भारू बुझाउनु पर्छ ।

दस देखि तिस दिन सम्म उपचार अगाडी बढ्द राेग पत्ता लगाइ पांच छ महिनामै सामान्य व्यक्ति जसरी हिंड्ने बनाउँछाैं तर मासिक चौध हजार जतिकाे औसधि खाना पांच वर्ष वा निरन्तरता दिनु पर्ने पनि हुन सक्छ भन्नु भएकाे छ । यावत जानकारी पाएपछि मनिषा काठमाडाै आएकी हुन । अहिले उनकाे उपचारका लागि लाग्ने रकम जुटाउने प्रयासमा छु । उनकाे उपचार सम्भव भए उनकाे भाइलाइ पनि उपचार गराउने हाे साथै गाउँमा अरू पनि त्यस्तै राेगबाट पिडित दुइ भाइ भेटिएका छन तीनका घरपरिवार समेत सम्पर्कमा आइसकेका छन् । सारदाले ले भन्नुभयो ।

मनिषा संग गरिएको कुराकानीको पुरा अंश हेर्नुहोस……


  •  
  •  
  •  
  •  
  •  
  •  
  •