टिकटको लाइभ बाट उठेको पैसा मिर्गौला पिडितलाई !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मानव जीवनको सार्थकता भनेको अरुको सेवा गर्नु हो । यो बास्तविकतालाई भूलेर मानिसहरु आफ्नो र अफन्तका लागि मात्र जीवन उपभोग गर्ने गर्दछन् र कालन्तरमा तिनै आफन्तद्धारा पिडित भएर सडकमा आउने गर्दछन् ।

सबै भन्दा ठूलो धर्म भनेको त एक अर्काप्रति गरिने व्यवहार, सहयोग र सेवा नै हो । यी सबै कर्म, निस्वार्थ हुन सके मात्र धर्मको आर्दश पुरा हुन सक्दछ ।गरिव, असहाय, अपहेलित, अनाथ, असक्तलाई माया ममता, स्याहार र सुसारले मानवताको बोध गराउंदछ ।
हो पछिल्लो समय यस्तै गरिव, असहाय, अपहेलित, अनाथ, असक्तलाई बिभिन्न तबर बाट सहयोग गर्दै उदाहरणीय बनेको छ मानब सहायता समुह नेपाल ।
मानब सहायता समुह नेपालले यही मङ्सिर ११ गते शनीबारको दिन पनी सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ७ का मिर्गौला पिडित सन्दिप अधिकारी लाई आर्थिक रकम सहयोग गरेको छ।
काठमान्डू ठुलोभर्याङ्गमा अवस्थित क्वालिटी क्याफेमा एक कार्यक्रमका बीच दुवै मिर्गौला पिडित ११ बर्षिय सन्दिप अधिकारी लाई जम्मा रु एक लाख दस हजार आर्थिक रकम हस्तान्तरण गरिएको हो।
सो रकम संस्थाका उपाअदक्ष्य सुरेश घले र संस्थाकी कोषाअदक्ष्य तुलसा तिमल्सिनाले हस्तान्तरण गर्नुभएको थियो।
उक्त रकम देस बिदेसमा रहनु भएका आदरणीय महानुभाब सहयोग दाता बाट संकलित रकम भएको संस्थाका अदक्ष्यले जानकारी दिनु भयो।

कार्यक्रम समाजसेबी पुकार रानाको प्रमुख आतित्थ्यता संस्थाका अदक्ष्य टिका प्रसाद तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो भने उक्त कार्यक्रमको ब्वास्थापनको प्रायोजन सोहि संस्थाका उपाअदक्ष्य सुरेश घले गर्नुभएको थियो ।
टिकटकको माध्यम बाट एक आपसमा जोडिएर मानब सेवामा लागेको यो संस्थाका सदस्यहरुको एउटा छुट्टै कथा पनी छ। जुन कथाले टिकटकको प्रयोग बाट पनी हामीले मानब सेवा गर्न सक्छौं भन्ने संदेश दिन्छ। पछिल्लो समय नेपालमा टिकटकको प्रयोग र यसका प्रयोग कर्ता ह्वात्तै बढेका छन्।
अहिले टिकटकको प्रयोग मार्फत आम मानिसहरु आफ्नो ब्यापार व्यवसाय साथै बिभिन्न क्षेत्रको बिज्ञापन एबं प्रचार प्रसार गर्ने र आफुँ भित्र भएको प्रतिभा क्षमता देखाउने गतिलो माध्यम बनाएका छन्।
हुनत केही टिकटक प्रयोगकर्ताले टिकटकको दुरुपयोग पनी गरेको पाइन्छ। यसै माध्यमको सहि प्रोगकर्ताले टिकटकलाई माध्यम बनाएर अथवा टिकटक लाइभमा आएर आफ्ना टिकटकका साथीहरुले दिएको गिफ्ट लाई मानब सेवामा लगाउने केहि यस्ता उदाहरणीय काम पनी भएको छ।

यस्तै एक उदाहरण बनेको छ मानब सहायता समुह नेपाल।
देश तथा विदेश बाट आएको सहयोग गरिव, असहाय, अपहेलित, अनाथ, असक्त सम्म पुराउने गतिलो माध्यम बनेको यस संस्थाले केहि समय अगाडी गरेको सहयोग कार्यक्रमको भिडियो सामाग्री यस्तो छ।

भिडियो सामाग्री पुरा हेरेर प्रतिक्रिया दिनुहोला।

 


  •  
  •  
  •  
  •  
  •  
  •  
  •