अनेरास्ववियु स्याङ्जाले गर्यो वालिङमा दिप प्रज्वल्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

स्याङ्जा ।मङ्सिर ७। स्याङ्जा जिल्ला को मुख्य केन्द्र बिन्दु वालिङ मोड्मा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमालेको यहि मङ्सिर १० गते हुन गइरहेको दशौं अधिवेशन भब्यताका साथ सफल होस् भनी मंगलबार साँझ 7:15 बजे दिप प्रज्वलन गरेको अनेरास्ववियु स्याङ्जा जिल्ला कार्यालय सदस्य दिनेश खनाल ले बताउनु भयो ।

अनेरास्ववियु स्याङ्जाले वालिङ को मोडमा आयोजना गरेको उक्त दिप प्रज्वलन कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले वालिङ नगर अध्यक्ष शोभाकान्त पौडेल , बिशिस्ट अतिथि नेकपा एमाले चापाकोट नगर अध्यक्ष राजु कोइराला नेकपा जिल्ला सदस्य हुम्कान्त कोइराला को उपस्थितीमा कार्यक्रम सम्पन्न भएको अनेरास्ववियु स्याङ्जा जिल्ला कार्यालय सदस्य दिनेश खनाल ले बताउनु भयो ।

उक्त कार्यक्रम को सञ्चालन अनेरास्ववियु स्याङ्जा आयोजक कमिटी सदस्य दिलिप लुइँटेल ले गर्नुभएको थियो भने कार्यक्रम मा बोल्दै अनेरास्ववियु जिल्ला कार्यालय सदस्य दिनेश खनाल ले अधिवेशन भब्य र सब्य रुपमा सम्पन्न पर्नको लागि अनेरास्ववियु प्रेमी सम्पुर्ण बिद्यार्थी हरु लाई चितवन जान आग्रह गर्नु भएको थियो ।

भने उक्त कार्यक्रम को समापन अनेरास्ववियु वालिङ नगर् अध्यक्ष मिलन बसेलले गर्नु भएको थियो


  •  
  •  
  •  
  •  
  •  
  •  
  •