•  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङको पथरीशनिश्चरेमा रहेको हरियाली सामुदायीक वन उपभोक्ता समूहले पथरीशनिश्चरेमा सक्रिय पत्रकारीता गदै आएका दुई पत्रकार लगायतलाई सम्मान गर्दै १६ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

समूहले प्राइम टेलिभिजनका समाचारदाता कुमार खड्का र क्रेजी साप्ताहिक पत्रिकामा कार्यरत ईश्वर दुलाललाई सम्मान पत्र र मायाको चिनोले सम्मान गरेको हो ।

त्यसैगरी संस्थाको पूर्व पदाधिकारी सदस्यहरु रोहित बास्तोला, कुमारी साही, चन्द्रकला गुरुङ, खड्गप्रसाद राई, टंकप्रसाद घिमिरे, कृष्णप्रसाद घिमिरे र भक्तबहादुर लकान्द्रीलाई समेत सम्मान गरेको हो ।

समूहका अध्यक्ष काबुलबहादुर मगरको सभापतित्वमा भएको कार्यक्रमका पथरीशनिश्चरे नगरका प्रवक्ता यामप्रसाद गुराँगाइको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुराँगाइले समूहले उपभोक्ता र समग्र नगरको विकासमा पुर्याएको योगदानको प्रशंशा गरे ।
कार्यक्रममा वैज्ञानिक वन सञ्जालका केन्द्रीय उपाध्यक्ष दिलराम राई, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राई, हरियाली वन कम्पनीका अध्यक्ष अशोक साम्पाङ राई, संस्थाको लेखा परीक्षण गर्दै आएका सीए एकराज सिग्देल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष काबुलबहादुर मगरले प्रस्तुत गरे भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष दिलबहादुर तामाङ र लेखा समितिको प्रतिवेदन संयोजक रमेश दाहालले प्रस्तुत गरेका थिए ।

हरियाली वन वन ब्याबस्थापनमा नेपालकै प्रथम हुनुको साथै समूहका अध्यक्ष काबुलबहादुर मगर वन क्षेत्रको राष्ट्रिय अभियान्ताको रुपमा सरकारी निकायबाट सम्मानित भएका ब्यक्ति हुन् ।

सामुदायिक वनले करिव तीन सय क्षमताको एसीसहितको सभा हल निर्माण गरेको छ भने ५० करोड बढीको योजनामा पर्यापर्यटन क्षेत्रको रुपमा बिकास भइरहेको छ । जसको लागि उपभोक्तहरुबाटै पब्लिक कम्पनी दर्ता गरेर काम सुरु भइसकेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •