१० तस्विरमा हेर्नुहोस मुख्यमन्त्री राईकी हुनेवाला श्रीमती, यिनैसंग माघ ११ गते गास्दै छन् लगनगाँठो

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले यही माघ ११ गते पूर्व ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्ने भएका छन्। शेर्पा सन् २०१८ की ‘मिस मंगोल नेपाल’ हुन् ।

ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुने लागेको राई निकट स्रोतले बतायो । राई र शेर्पाबीच काठमाडौंमा निकट नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच बिहे हुन लागेको बताइएको छ ।

मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा बस्दै आएकी छन्। ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरी सकेकी छन् ।

५० वर्षीय राईले माघ ११ गते काठमाडौंमा विवाह गर्ने तय भएको छ ।  मुख्यमन्त्री राईका स्वकीय सचिव नवराज राईका अनुसार मुख्यमन्त्री राईको माघ ११ गते विवाह पक्का भएको हो। अमेरिकामा बसोबास गर्दै आएकी ज्याङ्मुसँग मुख्यमन्त्रीको विवाह हुने पक्का भएको मुख्यमन्त्रीका स्वकीय सचिव राईले जानकारी दिए। ज्याङ्मुका आमाबुबा अमेरिकामा बस्दै आएको बताइएको छ। उनले काठमाडौंमा विवाह पछि विराटनगरमा भोज आयोजना गर्ने उनले बताए ।

११ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी ज्याङ्मु ले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्।

चर्चित नायक पल शाह, शेर्पा समुदायका चल्तीका गायक लाक्पा शेर्पा अमोद लगायतसँग म्यूजिक भिडियोमा अभिनय गरेर ख्याती कमाएका शेर्पा कार्यक्रम सञ्चालनको दौडानमा देशविदेशका मञ्चहरुमा पुग्छिन् । नृत्यमा समेत राम्रो दख्खल राख्ने जाङमुले विभिन्न सांस्कृतीक कार्यक्रममा आफूभित्रको कलालाई प्रस्तुत गरिसकेकी छन् ।

२०७५ चैत २५ गते मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाएर मात्रै बिहे गर्ने बताएका थिए । विराटनगरमा हुने कार्यक्रममा प्रदेश १ का राजनीतिकर्मी, उद्योगी, व्यापारी, शुभचिन्तक, सांसद, कर्मचारी लगायतको सहभागिता रहने बताइएको छ।

शेरधन राई बुबा जागिरमान राई तथा आमा राम्रीमाया राईको कोखबाट २०२७ साल फागनु ११ गते आमचोक गाउँपालिका साविकको थिदिङखा गाविस भोजपुरमा जन्मिएका हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेका राई २०४४ सालमा राजनीतिक क्षेत्रमा प्रवेश गरेका हुन् ।राईले तीन वर्ष भूमिगत जीवन बिताएका छन् । एमाले वैकल्पिक पोलिटव्युरो सदस्य रहेका राई प्रदेश १ का सह–संयोजक भए ।

राईको जन्मस्थल भोजपुर सदरमुकामदेखि एक दिनको पैदल दुरीमा पर्छ । अहिले भने कच्ची सडक उनको गाउँमै पुगेको छ । सामान्य किसान परिवारमा जन्मिएका राईले विद्यालय पढ्न जाँदा बिहान बेलुका बस्तुलाई घाँस काट्नुपथ्यो ।

समाजका अन्यायविरुद्ध सानैदेखि लड्न तयार हुने राई २०४४ सालदेखि संगठित रुपमा अनेरास्ववियुको राजनीतिमा सक्रिय भए । ०४४ सालमा अनेरास्ववियुको प्राक सदस्य बनेका राई अखिलको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पूर्वाञ्चलको संयोजक बने ।

२०५४ सालमा एमाले विभाजन भयो । पार्टी विभाजन भएपछि भोजपुरका अधिकांश नेता मालेमा गए। उनी भने जिल्लामा पार्टीको नेतृत्व सम्हाल्ने जिम्मेवारीमा पुगे । त्यसपछि उनी जिल्लामा एमालेको शक्तिशाली नेता बने । २०५६ सालको संसदीय निर्वाचनमा राई कान्छो उम्मेदवारको रुपमा संसद बने । २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा राई दोस्रो पटक संसद बने । दोस्रो संविधानसभाकासमेत सांसद राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गरे ।

दोस्रो संविधानसभा सदस्य भएकै बेला राई पहिलो पटक मन्त्री बने । पहिलो पटक नै उनले सूचना तथा सञ्चार मन्त्री पाए । राई एमालेभित्रका युवा नेतामध्ये प्रभावशाली नेता हुन् । राई एमालेको टुटफुटबाट कहिल्यै विचलित नभएका नेता हुन् । दोस्रो संविधानसभाको सदस्य हुँदा सुशासन समितिको सभापति बनेका राईले अख्तियार दुरुपयोग अनुसन्धान आगोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई समेत समितिमा बोलाएर स्पष्टीकरणा सोधेका थिए । शक्तिशाली प्रमुख आयुक्त मानिएका कार्कीलाई स्पष्टीकरण सोधेपछि राष्ट्रिय राजनीतिमा राईको चर्चा बढेको हो ।

 

ताजा

नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ। स्वास्थ्य...

नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा सर्वोच्च अदालतले फागुन २० गते फैसला सुनाउने

नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा सर्वोच्च अदालतले फागुन २० गते फैसला सुनाउने भएको छ । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त...

वडाध्यक्ष र उनका भाई सहित पाँच जनालाई कारागार

बझाङका अमृत सिंहको ह ‘त्याका पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको घटनामा संलग्न भएका पाँच अभियुक्तलाई...

सदिक्षाको समर्थन गर्दै मनोज गजुरेलले लेखे मन छुने स्टाटस

मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बाँस्तोला अर्थात आफ्नो दाजुको ज्या न लि एको विरुद्ध न्यायका लागी लागेकी बहिनी सदिक्षाको चर्चित हास्य कलाकार...

ओली र देउवा सत्ता साझेदारीको सहमति नजिक

बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठकले अदालतको फैसला स्वीकार गर्ने र अदालतले तोकेको समयसीमाभित्रै संसद बैठक बोलाउने...

डोल्पामा रुखमा च्यापेर एक महिलाको मृत्यु

तल्लो डोल्पा अन्तर्गत जगदुल्ला गाउँपालिका वडा ३ थापा गाउँ बस्ने वर्ष ३९ की बुद्धिरुपा विकको रुखले च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी...

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमै विभाजन नभएसम्म कुनै पनि समूहसँग सहकार्य नगर्ने नेपाली कांग्रेसको निर्णय

नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमै विभाजन नभएसम्म कुनै पनि समूहसँग सहकार्य नगर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाe निवासमा विहीबार बसेको...

बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई जना प्रहरी बढुवा

बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई जना प्रहरी बढुवा भएका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बैतडीको भागरथी बलत्कारपछि हत्या प्रकरणको...

नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्ने

नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्सने भएको छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न...

ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु

 मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ...