सरकारको नीति तथा कार्यक्रममा चन्दा चौधरीको टिप्पणी– बदलिँदो परिवेशमा पुरानो ‘फोटोकपी’ !

राष्ट्रिय जनता पार्टी (राजपा)की सांसद चन्दा चौधरीले कोरोना महामारीबाट उत्पन्न समस्या समाधान गर्न सरकारले संसद्‍मा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम असफल भएको बताएकी छिन् ।

उनले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको फोटोकपी भएको टिप्पणी गरिन् । सरकारका नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा दोस्रो दिन सोमवारको छलफलमा भाग लिँदै सांसद चौधरीले कोरोनाका कारण रोजगारी गुमाएका तथा अतिविपन्न परिवारलाई राहत दिन कार्यक्रम चुकेको बताएकी हुन् । उनले कार्यक्रम कार्यान्यन हुनेमा आशंका व्यक्ति गरिन् ।

‘गैरकृषि क्षेत्रको औसत वृद्धिदर २०७५/७६ मा ८ दशमलव ४ प्रतिशतभन्दा माथि रहेकोमा यसमा रेमिट्यान्सको ठूलो हात रहेकोमा कोभिड– १९ पश्चात रेमिट्यान्स उल्लेख्य घट्ने निश्चित भइसकेकोमा आज हाम्रो अर्थतन्त्र के हुने ? ४ दशमलव ७ प्रतिशतले वृद्धि भइरहेको कृषि क्षेत्रको ग्राहस्थ उत्पादनमा योगदान बढाउन के गर्ने भन्नेमा नीति तथा कार्यक्रमले पुरानै ढाँचाको कार्यक्रम बदलिँदो परिवेशमा पुरानो कार्यक्रम फोटोकपी गरेकोमा खिन्न छु,’ उनले भनिन् ।

सांसद चौधरीले मझौला तथा लघुउद्योग र किसानलाई निश्चित प्याकेजमा राहत दिन माग गरिन् । उनले ५ लाखभन्दा बढीलाई रोजगारी दिएको र नेपालको कुल ग्रार्हस्थ उत्पादनमा ५ प्रतिशतको योगदान दिएको पर्यटन क्षेत्रमा पारेकोे असर र लगानीलाई कसरी पुरानै अवस्थामा फर्काउने भन्ने ठोस कार्यक्रम आउन नसकेको भन्दै उनले आलोचना गरिन् ।

‘हामीले देखिरहेका छौं, कति मानिस आफ्नो रोजगारी गुमेर गाउँ फर्किरहेका छन् । कोभिडले जोखिममा परेका दैनिक ज्यालादारी मजदुर र अतिविपन्न वर्गलाई थप जोखिममा पारेको छ । नीति तथा कार्यक्रममा त्यस्ता वर्गलाई प्रत्यक्ष राहत दिने केही छैन,’ उनले भनिन्, ‘राज्यसँग न यस्ता जोखिममा रहेका नागरिकको लगत छ, न पहिचान गर्न सकेको छ । अघिल्लो साल हरेक घरमा बैंक खाता भनेर प्रधानमन्त्रीजीले सपना देखाउनुभयो । पहिला यस्ता अतिविपन्न वर्गलाई डाटाबेसमा राखेर खाता खोल्न सकेको भए यस्तो विषय परिस्थितिमा केही राहत दिन सकिन्थ्यो ।’

विकसित देशले महामारीको बेला जस्तै जनतालाई सिधा क्यास ट्रान्सफर गरेर राहत दिएपनि नेपालसँग गरीब जनताको विवरण समेत नहुनु दुःखद् रहेको बताइन् ।

अति विपन्नका लागि विशेष कार्डको व्यवस्था गर्न सके अन्य बेलापनि सिधै खातामा राहत दिन सकिने उनले सुझाइन् ।

ताजा

भारतमा गत २४ घण्टामा १४ हजार ९८९ जना कोरोना सङ्क्रमित थपिए

भारतमा गत २४ घण्टामा १४ हजार ९८९ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ११ लाख ३९ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा...

वैदेशिक रोजगारीमा लागि कुवेत पुगेका दुई महिलालाई कुवेती नागरिकको घरमा बन्धक

वैदेशिक रोजगारीमा लागि कुवेत पुगेका दुई महिलालाई कुवेती नागरिकको घरमा बन्धक बनाएर राखेको तथ्य खुलेको छ । उनीहरुलाई एजेन्टले मोटो रकम लिएर भारतीय बाटो...

शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आएमा आफूहरू जिम्मेवारीबाट नभाग्ने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आएमा आफूहरू जिम्मेवारीबाट नभाग्ने बताएका छन् ।चितवनमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन्...

गोंगबुमा भएको विभत्स हत्या प्रकरणमा संलग्न कल्पना मुडभारीलाई आजीवन जेल सजाय

कृष्णबहादुर बोहोराको गोंगबुमा भएको विभत्स हत्या प्रकरणमा संलग्न कल्पना मुडभारीलाई आजीवन जेल सजाय सुनाइएको छ । जिल्ला अदालत काठमाडौंले गोंगबुमा डेरा गरी बस्दै आएकी ३७...

कांग्रेसले आफ्ना सांसद्हरुलाई काठमाडौँ उपत्यका नछोड्न निर्देशन

नेपाली कांग्रेसले आफ्ना सांसद्हरुलाई काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकका लागि उपस्थित हुनै पर्ने भन्दै...

आज र भोलि देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही...

पशुपतिनाथमा भेटी दान गर्न ‘क्यूआर कोड’ प्रयोग

पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ। यसका लागि...

केपी ओलीले राजीनामा नदिइ संसद्मा डटेर सामना गर्ने ;ईश्वर पोखरेलले

उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिइ संसद्मा डटेर सामना गर्ने बताएका छन् । पार्टीनिकट अनेरास्ववियुको...

आज को राशिफल २०७७ /११ /१५ ; श्री पशुपतिनाथले हामि सबैको रक्षा गरुन ।

  मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साथिभाई तथा आफ्नो बिषेश मान्छेसँग दिनभर मिठा मिठा कुरा गरेर समय ब्यातित हुँने हुँदा मन खुसि रहनेछ । सवारि साधन,भौतिक सम्पति तथा आकस्मिक धनसम्पति...

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वालुवाटारमा भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वालुवाटारमा भेटवार्ता भएको छ ।सत्तासमीकरणका विषयमा दलहरुले भेटघाटलाई तीव्रता बनाइरहेका बेला उपाध्यक्ष गौतमले...