नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५०७ पुगे

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २० जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो अध्यावधिक विवरण अनुसार समय थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रवक्ता डा देवकोटाका अनुसार सेती प्रदेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीको जानकी गाउँपालिकाका ३ पुरुषहरु रहेका छन् । उनीहरु क्रमश १९,२३ र २६ वर्षका रहेका छन् । उनीहरु ३ जना नै सरस्वती माविको क्वारेन्टाइमा रहेका व्यक्ति भएको मन्त्रालयले जनाएको छ ।

यस्तै डडेल्धुराका २८ वर्षीया एक जना पुरुष रहेका छन् । उनी परशुराम १० का व्यक्ति हुन् । उनी डडेल्धुरा अस्पतालमा उपचार छन् ।

यस्तै बैतडी जिल्लाका एक जना २२ वर्षीया पुरुष रहेका छन् । उनको बैतडी अस्पतालबाट नमूना संकलन गरी सेती प्रादेशिक अस्पताल पठाइएको थियो ।

यस्तै बाँकेको भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा नेपालगञ्जका १४ जनामा कोरोना संक्रमति पुष्टि भएको छ । उनीहरु १० देखि ६१ वर्ष उमेर समुहका पुरुष रहेका छन् । यस्तै मोरङका ४१ वर्षीया पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितमध्ये ४ सय ३३ जना पुरुष र ७४ महिला रहेका छन् । हालसम्म कोरोना संक्रमित जिल्लाहरु ४० पुगेको छ ।

यस्तै प्रदेशगत विवरणका अनुसार प्रदेश १ मा ८५ जना, प्रदेश २ मा १ सय ५१, बागमती प्रदेशमा २८, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा २ सय २७, कर्णाली प्रदेशमा एक जना र सुदुरपश्तिम प्रदेशमा १० जना गरी ५ सय ७ जना रहेका छन्।

ती मध्ये हालसम्म ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ । आज मात्र बाँकेको नेपालगञ्जमा २१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

ताजा

व्यावसायिक सटर एवं घरको लकडाउन अवधि ३ महिनाको भाडा नलिने घोषणा

समन्वय प्रमुख कृष्णकुमार डल्लाकोटीले वैशाख, जेठ र असार महिनाको भाडा नलिने बताउनुभएको छ। जिल्ला समन्वय समिति चितवनले भाडामा लगाएका व्यावसायिक सटर एवं घरको लकडाउनको...

रुपन्देहीमा सवारी दुर्घटनामा पत्रकार कृष्णबाबुको दुःखद मृत्यु

रुपन्देही,सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा सडकखण्डको तिलोत्तमा–१ ड्राइभर टोलमा शनिबार राति रुपन्देहीमा सवारी दुर्घटनामा पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ ।शनिबार राति भएको सवारी दुर्घटनामा परि...

सुशान्तको आफ्नै साथी पुगे प्रहरीकोमा,सुशान्तले देह त्याग गर्नुको प्रमाण म संग छ:खुल्यो प्रेमिकासंग भएको झगडा

एजेन्सी,प्रहरीले अनुसन्धानको दायरामा नराखेका ब्यक्ति मसग प्रमाण छ भन्दै प्रहरी कार्यालय पुगेपछि घटनामा नयाँ मोड आएको हो ।  बलिउड अभिनेता सुशान्त राजपुतको निधनका सम्बन्धमा...

विश्वमा कोरोना भाइरसबाट ४ लाख ५१ हजार भन्दा बढीको मृत्यु र ८४ लाख भन्दा बढी संक्रमित

कोरोना भाइरसबाट विश्वमा ४ लाख ५१ हजार भन्दा बढीको मृत्यु र ८४ लाख भन्दा बढी संक्रमित भएका छन्। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर...

सुशान्त राजपुतले देहत्याग गर्न बाध्य बनाउने स्टारहारको नाम अगाडी

अहिले मि टु अभियान जस्तै बलिउडका फिल्म कलाकारहरुले पनि आफु माथि परेको अन्यायका बारेमा आफ्ना अनुभव शेयर गरेका छन् । शुसान्त राजपुतको निधनमा बलिउडका...

वलिउड फिल्म भित्रका धेरै कर्तुतहरु उजागर:दबंगका निर्देशक अभिनव कश्यपले लेखेको एउटा लामो स्टाटस

एजेन्सी,अभिनेता सुशान्त राजपुतको निधन पछि बलिउडमा खैला बैला मच्चिएको छ। अहिले बलिउडमा अभिनेता सुशान्त सिंह राजपुतको मृत्त्युको खबरले सबैलाई दुखित बनाएको छ। अभिनेता सुशान्त...

अंकितालाई सुशान्तले देहत्याग गरेको विषयमा प्रश्न गरेपछि उनले ‘के ????….’

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले देहत्याग गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पा सो लगाएर देहत्याग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अभिनेता लकडाउनको...

बलिउडले दुई महिनाभित्र १० चर्चित कलाकार गुमायो

काठमाडौं,आजभन्दा डेढ महिनाअघि बलिउडले अभिनेता इरफान खान र ऋषि कपुरलाई गुमाएको थियो । अभिनेता इरफान खानको निधनपछि लगातार बलिउड शोकमा डुब्दै गइरहेको छ ।बलिउडले...

रुकुम जाजरकोट घटनाले २३ दिनपछि लियो अर्कै मोड,

चौरजहारी नगरपालिका–८ पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा...

भारतवाट आएर क्वारेन्टिनमा बसेकी एक युवतीको सामुहिक करणी

कैलाली,क्वारेन्टिनमा बसेकी एक युवतीको सामुहिक करणी भएको घटना सार्वजनिक भएको । उनि भारतवाट आएर क्वारेन्टिनमा बसेकी थिइन्। कैलालीको क्वारेन्टिनमा बसेकी उक युवतीले आफु सामुहित...