धेरैलाई लाग्न सक्छ सिंहदरवार भव्य छ ।तस्वीरमा हेर्नूहोस् सिंहदरवारभित्रको ‘भद्रगोल’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ,धेरैलाई लाग्न सक्छ सिंहदरवार भव्य छ ।तर दर्बार बाहिरको यो असलि रुप कस्ले देख्ने ?धेरैलाई लाग्न सक्छ  सभ्य सफासुग्घर छ तर सिंहदरवार  भद्रगोल छ ।सिंहदरवारमा सडक पेटी मन्त्रालयका सरकारी नम्बर प्लेटका गाडी पाकिङ स्थल बनेका छन् ।

सबैजसो मन्त्रालय अगाडि यो दृश्य देख्न सकिन्छ ।सिंहदरवारका सडकमा नो पार्किङको ट्राफिक संकेत यत्रतत्र राखिएका छन् । तर, नियमविपरीत पार्किङ पनि उत्तिकै छ ।सिंहदरवारका सडक पेटिमा नालीबाट झिकेर कामदार फोहोर राखिरहेको देख्न सकिन्छ । कतै इँटा, टायरजस्ता सामग्री सिंहदरवारको फुटपाथमा भेटिन्छन् ।

सिंहदरवारका सवैजसो पाकिङस्थलमा पुराना गाडी र मोटरसाइकल त्यत्तिकै फ्याकिरहेको देख्न सकिन्छ । सरकारी खर्चमा नयाँ नयाँ गाडी र मोटरसाइकल आएपछि कर्मचारीले पूराना सवारी पार्किङमा छोड्ने गरेका हुन् ।

सुख्खा मौसम सुरुभएसँगै सिंहदरवारका फूलबरी उजाड बनेका छन् । मन्त्रालयका अगाडि सुकेका फूलका बोटले सिंहदरवारको अस्तव्यस्ताको रुप देखाइरहेको छ ।

सिंहदरबारमा छाडा कुकुरको बासस्थल बनेको छ । मन्त्रालयका क्याटिनका बासी खाना उपलव्ध हुने भएपछि कुकुर सिंहदरबारमा रमाएर बसेका छन् । सिंहदरबारका कुकुर सडकमा पार्किङमा सुतेर सेवा ग्राहीलाई अप्ठ्यारो पारिरहेका छन् ।

सिंहदरबारको सौन्दर्य विगार्ने यहाँ यत्रतत्र फ्किएका फर्निचर पनि हुन् । कतिपय कार्यालयको भर्‍याङ,वरण्डालगायतका कुनामा पुराना सामान त्यतिकै फ्याँकिएका हुन्छन्मन्त्रालयका कुनामा पुराना कागजपत्र पनि उत्तिकै देख्न सकिन्छ । यहाँ राखिएका कागजमा महत्वपूर्ण दस्तावेज पनि हुन सक्छ

सिंहदरको एक भवन अगाडि फोहोरको डंगुर नै थियो । यस्ता फोहोर हरेक मन्त्रालयका कुना तिर जहाँत्यहीँ छन् ।सिंहदरबरभित्र मुद्रण विभागको साइन बोर्ड खुइलिएको देखिन्छ । अन्य कतिपय मन्त्रालयका बोर्डमा पनि फोहोर जमेको अवस्थामा छन् ।सिंहदरबारमा अर्को रोचक दृश्य पनि छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि केरा फलेको छ । यो केराको बोटलाई डोरीले बाँधेर अड्याइएको छ ।

 


  •  
  •  
  •  
  •  
  •  
  •  
  •