•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ– सरकारले विद्युतीय सवारीको संरक्षण र प्रवर्द्धनका लागि बजेट विनियोजन गरेको छ ।

जसका लागि ५०० वटा चार्जिङ्ग स्टेसन बनाइने अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७७/७८ बजेट सार्वजनिक गर्दै घोषणा गरेका हुन्।

चार्जिङ्ग स्टेसन निर्माण र सञ्चालनको लागि निजी क्षेत्रसँग सहकार्य गर्ने समेत अर्थमन्त्रीले बताए । त्यसैगरी काठमाडौँ उपत्यकामा साझा यातायात मार्फत १ सय वटा ठूला सार्वजनिक बस सञ्चालन गर्ने समेत उनले बताएका छन्।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •