जिल्लाका धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका विभिन्न ठाउँमा रहेका १७ वटा ठूला तामाका खानीहरु राज्यको झन्झटिलो कानूनी प्रावधान र आधुनिक उपकरणको अभावका कारण सञ्चालनमा आउन नसक्दा वनपाखामै खेर गएका हुन् ।रघुगङ्गा–६ मा पर्ने ठाडाखानी गाउँको सिरानमा पर्ने रुमले भिर, धौलागिरि–५ मल्कबाङको मल्काबाङे भिर र मालिका गाउँपालिकाको ओखरबोटका साथै बेनी–३ को चिनाखेत भिरमा रहेका तामाखानी प्रयोगविहीन हुँदा स्थानीय सरकारले करोडौँ राजस्व गुमाउनुपरेको छ । यहाँका विशाल तामाखानी वर्षौँदेखि अलपत्र अवस्थामा छन् ।

एक सय छ वर्षअघि विसं १९७१ सालमा बन्द भएको रुमले भिरको तामाखानी सञ्चालनमा अझैसम्म पनि स्थानीय र प्रदेश सरकारले कुनै चासो नदेखाएको स्थानीयवासीले बताएका छन् । त्यस्तै वर्षौँदेखि प्रयोगविहीन भएका मल्कबाङका तामाखानीहरु पनि पुरिन थालेका छन् ।करिब १०० वर्ष पहिला स्थानीयवासीहरुले तिनै खानीबाट तामा निकालेर घरायसी भाँडाबर्तनहरु बनाउने गर्दथे । बाहिरबाट तामाका भाँडाहरु खरिद गर्नु पर्दैनथ्यो । तत्कालीन सरकारले खानी उत्खनन् गर्नेहरुबाट कर लिन थालेपछि खानी बन्द भएका हुन् ।

मल्कबाङ गाउँमा मात्र एक दर्जनभन्दा बढी तामाखानी छन् । खानी उत्खनन गर्नु स्थानीय छन्त्याल जातिको पुख्र्यौली पेशा हो । “गाउँदेखि माथिका पहाडहरुमा तत्कालीन समयमा तामा उत्खनन गरेका सुरुङहरु छन् । पाखाभरि प्रशस्त तामाखानी छन्, प्रयोगमा नआएपछि पुरिन थाले”, स्थानीयवासी दलमान छन्त्यालले भने “माल पाएर पनि चाल नपाएपछि टुलुटुलु हेर्ने बाहेक हामीसँग विकल्प रहेन ।”

तामाखानी सञ्चालनका लागि झन्झटिलो कानूनी प्रक्रिया र उपकरणको अभाव नै मुख्य समस्या भएको स्थानीयवासीले बताएका छन् । सरकारले सहज कानूनी व्यवस्था गर्नुका साथै सीप र प्रविधि उपलब्ध गराउन सके खानी सञ्चालनमा ल्याउन कुनै समस्या नरहेको रघुगङ्गा–६ का वडा सदस्य टेकजीत छन्त्यालले बताए ।तामाखानीको अध्ययन र अनुसन्धान गरी पुनः सञ्चालनमा ल्याउन स्थानीयवासीले बारम्बार माग गरिरहेको उनले बताए ।

“गाउँमै प्राकृतिक स्रोतसाधन भएर पनि उपयोग गर्नबाट वञ्चित छौँ”, स्थानीयवासी हिमाली छन्त्यालले भने, “यहाँको तामाखानी सञ्चालनमा आउने हो भने रोजगारीका लागि खाडी मुलुक जानु पर्ने बाध्यताको अन्त्य हुनुका साथै सरकारलाई पनि प्रशस्तै आम्दानी हुने थियो ।”

ताजा

स्याङ्जामा जेठ १५ सम्मका लागि निषेधाज्ञा जारी

  स्याङ्जामा आउँदो जेठ १५ सम्मका लागि निषेधाज्ञा जारी भएको छ । बैशाख २१ गतदेखि जारी भएको निषेधाज्ञालाई जेठ १५ सम्म थप गरिएको जिल्ला प्रशासन...

अत्यधिक जोरोका कारण ६० बर्सिय पुरुष को मिर्त्यु

अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुकका ६० वर्षीय पुरुष भारतको नयाँदिल्लीबाट घर आएको १६ औं दिनमा बिरामी परे । निरन्तर ज्वरो आएपछि जेठा छोराले वैशाख ९ गते...

नेपालमा कोरोना सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा पुगेको बताएको छ । पछिल्लो एक हप्तामा नेपालमा कोरोना सङ्क्रमण दर दुई सय...

“कोभिड– १९ विरुद्ध लड्नका लागि स्थानीय तह र जिल्लालाई सिङ्गो परिचालन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध एकताबद्ध भएर खट्न सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन दिनुभएको छ । एमाले दशौँ राष्ट्रिय महाधिवेशन...

काठमाडौं उपत्यकामा निषेधाज्ञा हुँदै

 कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय कोरोना संक्रिमित भेटिए निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको छ...

नेपालगञ्जमा आज मध्यराति देखि लकडाउन हुने

बाँकेको नेपालगञ्जमा आज मध्यराति देखि लकडाउन हुने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार नेपालगञ्जमा आज मध्यरात देखि १५ गतेसम्म लकडाउन हुने...

तिनाउ गाउँपालिकामा एक युवकको डुबेर मृत्यु

तिनाउ गाउँपालिका वडा नं ३ तल्लो सिद्दबाबास्थित तिनाउ खोलामा पौडी खोल्न क्रममा डुबेर एक युवकको शनिबार मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार...

वीरगञ्जमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु

वीरगञ्ज–१६ नगवा बस्ने ५१ वर्षीया महिलाको नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचारको क्रममा दिउँसो १ः४० बजे मृत्यु भएको हो ।  ज्वरो, खोकी लागेपछि उनलाई शनिबार उपचारका...

बालबालिकाको स्वास्थ्यको अधिकारप्रति सचेत रहन र पठनपाठनको वैकल्पिक व्यवस्था गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले एक विज्ञप्ति जारी गर्दै बालबालिकाको स्वास्थ्यको अधिकारप्रति सचेत रहन र पठनपाठनको वैकल्पिक व्यवस्था गर्न आग्रह गरेको छ ।  साथै आयोगले स्वास्थ्य...

माओवादी केन्द्र र माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुने

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताउनुभएको छ ।  सदरमुकाम कुश्माबजारमा माओवादी...