ट्रायल दिन तीनदेखि पाँच महिना पर्खनुपर्ने

सरकारले सवारी अनुमति पत्र (लाइसेन्स) आवेदन खोलेको साढे एक महिनामै १० लाख बढी सेवाग्राहीले लाइसेन्स आवेदन दिएका छन् ।अनलाइन लाइसेन्स आवेदन खुल्ला गरेको डेढ महिना नवित्दै सवारी अनुमति पत्र लिने ग्राहकको चाप थेगिनसक्नु अवस्थामा पुगेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयल अन्तर्गतको यातायात व्यवस्था विभागले पुस ११ गतेदेखि औपचारिक रुपमा १० महिनापछि लाइसेन्स आवेदन खोलेको थियो । कारोना भाइरस संक्रमणका कारण चैत ११ बाट देशैभर सरकारले बन्दाबन्दी लकडाउन गरेपछि सवारी अनुमति पत्र आवेदन लगाएत यातायातका सबैकाम ठ’प्प भएको थियो ।

१० महिनापछि खुलेको सवारी लाइसेन्स आवेदन पछिल्ला दिनहरुमा चाप मात्रै छैन यातायात विभागको अनलाइन लाइसेन्स आवेदन सर्भरमा समेत समस्या निम्त्याएको छ ।समाजिक सञ्जाल तथा यातायात विभागमै पनि सवारी अनुमति पत्र लाइसेन्स आवेदन दिन नपाएको गुनासो सेवाग्राही गर्दै आएका छन् । सेवाग्राहीकै गुनासोलाई सम्बोधन गर्दै गत हप्ता लाइसेन्स आवेदन अनलिमिटेड गरेको थियो ।

तर,अनलिमिटेड गर्दा पनि यातायात विभागको अनलाइन लाइसेन्स आवेदनमा समस्या कायमै छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालले लाइसेन्स आवेदनलाई थेग्न र व्यवस्थापनमा ह’म्मेह’म्मे परेको बताए । उनका अनुसार लाइसेन्स आवेदन दिने क्रम घ’टेको छैन । ‘लाइसेन्स आवेदन खुलाएको दुई महिना नवित्दै १० लाख बढी आवेदन आइसकेको छ उनले भने ‘लाइसेन्स आवेदन नभएको गु’नासो अर्कातिर उतिकै रहेको छ’ ।

अबको दुई महिनामा लाइसेन्स आवेदन दोब्बर हुने विभागको भनाई छ । भुसालको भनाई अनुसार अहिले १० लाख अवेदकको लिखित तथा ट्रायल परिक्षा तीन महिना देखि पाँच महिनाको ग्यापमा हुने छ ।

अझ यातायात कार्यालयमै गएर फारम भर्नेको कुनै तथ्याङ्क नै छैन् । अर्कातिर यातायात व्यवस्था विभागसँग अब नयाँ सेवाग्राहीको लागि अवश्यक स्मार्ट लाइसेन्सको माग पुरा गर्न सक्ने क्षमता छैन् ।

अहिले विभागसँग एक लाख पनि स्मार्ट कार्ड बाँकी छैनन भने १५ लाख स्मार्टकार्डको लागि नयाँ टेन्डर आह्वान गर्ने तयारीमा विभाग छ । अहिलेकै अवस्थामा लाइसेन्स आवेदक बढ्ने र स्मार्टकार्डको अभाव हुने हो भने सेवाग्राहीले लाइसेन्स पाउन बषौं लाग्ने अवस्था आउन सक्छ ।

त्यसो त,यदि नेपालमा लकडाउन नभएको भए विभागले अहिलेसम्म पनि बाँकी आठ लाखको लाइसेन्स छपाइ सक्ने थिएन । यातायात व्यवस्था बिभागको कमजोर नेतृत्वको कारण सवारी लाइसेन्स लगाएत समग्र यातायात क्षेत्रको समस्या समाधान हुन सकेको छैन ।

सवारी लाइसेन्स आवेदनमा अत्याधिक चाप परेकाले अनलाइन लाइसेन्स आवेदन १० बजेपछि र ५ बज्नुभन्दा अगाडी भर्न यातायात विभागका अधिकारीहरु नै सुझाउने गरेका छन् । पछिल्लो समय सरकारले पनि सवारीलाइसेन्स झन्झटिलो प्रक्रिया भएकै कारण लाखौं सेवाग्राही ट्रायल पास नहुने र सवारी लाइसेन्समा बारम्बार चाप पर्ने गरेको भन्दै लाइसेन्स प्रक्रियालाई नै परिमार्जन गर्ने तयारी गरेको छ ।

ताजा

आज र भोलि देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही...

पशुपतिनाथमा भेटी दान गर्न ‘क्यूआर कोड’ प्रयोग

पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ। यसका लागि...

केपी ओलीले राजीनामा नदिइ संसद्मा डटेर सामना गर्ने ;ईश्वर पोखरेलले

उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिइ संसद्मा डटेर सामना गर्ने बताएका छन् । पार्टीनिकट अनेरास्ववियुको...

आज को राशिफल २०७७ /११ /१५ ; श्री पशुपतिनाथले हामि सबैको रक्षा गरुन ।

  मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साथिभाई तथा आफ्नो बिषेश मान्छेसँग दिनभर मिठा मिठा कुरा गरेर समय ब्यातित हुँने हुँदा मन खुसि रहनेछ । सवारि साधन,भौतिक सम्पति तथा आकस्मिक धनसम्पति...

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वालुवाटारमा भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वालुवाटारमा भेटवार्ता भएको छ ।सत्तासमीकरणका विषयमा दलहरुले भेटघाटलाई तीव्रता बनाइरहेका बेला उपाध्यक्ष गौतमले...

दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत

दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत गरेको छ । थेगु शहरको एक अस्पतालमा रहेको ६० वर्षीय जोडी चिकित्सकबाट खोप अभियान शुरु भएको बताइएको छ...

काठमाडौँको तारकेश्वरमा फेरि बर्डफ्लु

पशु सेवा विभागले तारकेश्वर नगरपालिका–१ मा व्यावसायिकरुपमा पालिएका कुखुराको नमूनाको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पिसिआर परीक्षणमा बर्डफ्लु रोग पुष्टि भएको विभागका महानिर्देशक...

दाङका एक शिक्षक घरको आँगनमै मृत फेला परे

घोराही उपमहानगरपालिका–१०, सौंडिकुला निवासी अन्दाजी ४३ वर्षीय श्रीधर घिमिरे आफ्नै आँगनमा मृत अवस्थामा फेला परेका हुन् । घिमिरे लमडरुवाका माविका सहायक प्रधानाध्यापक हुन् ।...

उत्तीर्ण भएको एक महिनामा चालक अनुमतिपत्र पाइने

नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना...

म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा जीप दुर्घटनामा एक जनाको मृत्यु

म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । मालिका गाउँपालिका-३ पात्लेबाट बिरामी लिएर...