टेलिकमलाई प्रतिस्पर्धी कम्पनीका रूपमा विकास गर्न सञ्चारमन्त्रीको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । टेलिकमको १७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अबका दिनमा टेलिकमलाई कसरी अगाडि बढाउने भन्नेबारे समीक्षा गर्दै रुपान्तरण गरेर जानुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “टेलिकमलाई विश्वमै नेतृत्वदायी कम्पनीका रूपमा विकास गर्नका लागि हिजोको प्रतिबद्धता पूरा भयो कि भएन, सबै हिसाबले समीक्षासहित दिगो र स्थायी कम्पनीका रूपमा अगाडि बनाउन रणनीति बनाएर जानुपर्छ ।” उहाँले जतिसक्दो चाँडो ग्रामीण क्षेत्रमा पूर्वाधारको विकास गरी गुनासो नआउने गरी सेवा प्रदान गर्नसमेत कर्मचारीलाई निर्देशन दिनुभयो ।

सरकारका प्रवक्ता गुरुङले सुखी नेपाली, समृद्ध नेपालको सरकारको उद्देश्यमा योगदान पुग्ने गरी टेलिकमले ग्राहकको चाहनानुरुप काम गर्नुपर्नेमा जोड दिनुभयो ।

टेलिकम सञ्चालक समितिका अध्यक्ष तथा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले विनियमावली कार्यान्वयनसँगै कर्मचारीको माग सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा टेलिकमबारे गुनासो नआउने गरी समस्या भएका स्थानमा जतिसक्दो चाँडो टावर निर्माण गरिने जानकारी दिनुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जनतालाई प्रत्यक्ष लाभ हुने गरी गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई आग्रह गर्नुभयो । वार्षिकोत्सवका अवसरमा २० वर्ष काम गरेका ५० कर्मचारीलाई पदक प्रदान गरिनाका साथै व्यावसायिक साझेदारी सङ्घसंस्थालाई सम्मान गरिएको थियो ।

मुलुकमा दूरसञ्चार सेवाको शुरुआत, विकास र विस्तारको एक शताब्दीभन्दा लामो गौरवशाली इतिहास बोकेको संस्था विसं २०६० माघ २२ गते कम्पनीमा रुपान्तरण भएपछि बनेको नेपाल टेलिकम आज आफ्नो स्थापनाको १७ वर्ष पूरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ ।

सत्र वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करीब चार लाख २२ हजार रहेकामा अहिले दुई करोड नौ लाख पुगेका छन् ।

करीब ७० प्रतिशत जनसङ्ख्यामा टेलिकमको कुनै न कुनै सेवाको पहँुच पुगिसकेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा टेलिकमको आय रु ४२ अर्ब ९८ करोड तथा खुद मुनाफा रु नौ अर्ब ७४ करोड पुगेको छ ।

कम्पनीले मुलुकका ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित फोरजी मोबाइल र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटिटिएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर वृद्धि भइरहेको छ ।

ताजा

आजको राशिफल वि.सं.२०७७ साल फाल्गुन १४ गते शुक्रबार। अकला देवीले हामी सबैको कल्याण गरुन ।

वि.सं.२०७७ साल फाल्गुन १४ गते शुक्रबार । ईश्वी सन् २०२१ फेब्रुवरी २६ तारिख ।  माघ शुक्लपक्ष । तिथि–चतुर्दशी,२१ घडी ५१ पला, दिउसो ०३ बजेर...

५०h हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल वेस क्याम्प कार्यालय प्रमुखसहित दुई जनालाई पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५०h हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल वेस क्याम्प गैडहवा ३ तोण्डिहवा रुपन्देहीका कार्यालय प्रमुखसहित दुई aजनालाई पक्राउ...

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच पहिलोपटक प्रतिनिधि सभा बैठक बोलाउने

सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच पहिलोपटक प्रतिनिधि सभा बैठक बोलाउने विषयमा छलफल भएको छ ।बिहीबार साँझ...

वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली

जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा...

भाइरल जोडी बखत र प्रतिभाको बारेमा अहिले फेरी सामाजिक सञ्जालमा चर्चा सुरु

भाइरल जोडी बखत र प्रतिभाको बारेमा अहिले फेरी सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ । एउटा यस्तो अचम्मको जोडीको अनपेक्षित वियोग भए पछि फेरी...

नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ। स्वास्थ्य...

नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा सर्वोच्च अदालतले फागुन २० गते फैसला सुनाउने

नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा सर्वोच्च अदालतले फागुन २० गते फैसला सुनाउने भएको छ । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त...

वडाध्यक्ष र उनका भाई सहित पाँच जनालाई कारागार

बझाङका अमृत सिंहको ह ‘त्याका पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको घटनामा संलग्न भएका पाँच अभियुक्तलाई...

सदिक्षाको समर्थन गर्दै मनोज गजुरेलले लेखे मन छुने स्टाटस

मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बाँस्तोला अर्थात आफ्नो दाजुको ज्या न लि एको विरुद्ध न्यायका लागी लागेकी बहिनी सदिक्षाको चर्चित हास्य कलाकार...

ओली र देउवा सत्ता साझेदारीको सहमति नजिक

बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठकले अदालतको फैसला स्वीकार गर्ने र अदालतले तोकेको समयसीमाभित्रै संसद बैठक बोलाउने...