कस्ता व्यक्तिले लगाउन हुँदैन कोरोना खोप ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान बुधबार बाट शुरु हुँदैछ । खोप लगाउनको नामावली सरकारले तयार पारिसकेको छ ।

नेपालमा कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने सरकारको योजना छ । खोप अभियान सुरु हुँदै गर्दा कस्ता व्यक्ति वा विरामीले खोप लगाउन हुन्छ हुँदैन भन्ने जिज्ञासा सर्वसाधारणमा रहेको छ ।

वरिष्ठ सरुवा रोग विशेषाााज्ञ डा. शेरबहादुर पुनले १५ वर्ष मुनिका बालबालिकामा कोभिड–१९ विरुद्धको खोप परीक्षण नभएकाले उनीहरुले खोप लगाउन नहुने बताएका छन ।

पुनका अनुसार अस्थिर शारीरिक अवस्था भएका, मुटु रोगको औषधि प्रयोग गरिरहेका जटिल बिरामीले यो खोप लगाउन मिल्दैन । यस्तै अक्सिजन लिइरहेका बिरामीले पनि कोभिडविरुद्धको खोप लिन मिल्दैन ।

गर्भवती महिलालाई पनि कोभिड–१९ विरुद्धको खोप दिन नहुने वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.पीआर पन्तको भनाइ छ । गर्भवतीको शरीर र पेटमा भएको शिशुलाईसमेत यो खोपले नकारात्मक असर गर्नसक्ने सम्भावना भएकाले उनीहरुलाई यो खोप दिन नहुने उनको तर्क छ ।

सरकारले पहिलो चरणमा खोप लगाउनेको सूचीमा यदी कोही स्वास्थयकर्मी नै यस्ताखाले बिरामी, गर्भवती, स्तनपान गराइरहेका महिलाहरुलाई ‘वेटिङ लिस्ट’मा राखेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •