प्रतिनिधिसभा पुनःस्थापना मुख्य कार्यभार होः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनःस्थापना नै अहिलेको मुख्य कार्यभार भएको बताएका छन् । उनले नेपाल लोकतान्त्रिक पार्टी र जसपा नेपालबीच आज आईतबार भएको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दे प्रतिनिधिसभा पुनःस्थापना गर्नुको विकल्प नभएको बताएका छन् ।

नेपाल लोकतान्त्रिक पार्टी र जसपा नेपालबीच एकता घोषणा कार्यक्रममा उनले नेपालको राजनीति लुडाको खेल जस्तै रहेको बताए । ‘देशको राजनीति अग्रगमको रुपमा अगाडि बढ्छ । तर माथि गएपछि लुडोमा सर्पले खाएपछि तल झरेजस्तै नेपालको राजनीति पटक पटक तल झरेको छ’, उनले बताए । २००७ सालदेखि नै त्यस्तै हुँदै आएको र अहिले पनि त्यही खेल शुरु भएको उनले बताए ।

प्रतिनिधिसभा विघटनको बारेमा प्रधानमन्त्री ओलीले तीन कुरा गरेको बताउँदै अध्यक्ष यादवले भने, ‘प्रधानमन्त्री अ‍ोलीले शुरुमा पार्टीमा विवाद भएको कारणले यो कदम चलेको, अनि पछि यो संविधान अनुसार नै कदम चालेको भन्नुभयो । पछि त देशको रक्षाका लागि यो कदम चालेका भन्नुभयो, यो कदम किन र कसरी चाल्नु भयो त्यो प्रधानमन्त्री ओलीलाई नै स्पष्ट छैन ।’

लुडोको खेलजस्तै देशको राजनीतिलाई प्रधानमन्त्री ओलीले त्यो ठाउँमा पुर्याएको टिप्पणी गर्दै अध्यक्ष यादवले ओलीले देशलाई प्रतिगमनतिर धकेल्ने प्रयास गरिरहेको पनि बताए । प्रतिनिधिसभा पुनःस्थापना भएपछि संविधान संशोधन गर्ने बताउँदै उनले यसका लागि सबै दल एक भएर लाग्नुपर्ने बताए

ताजा

नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ। स्वास्थ्य...

नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा सर्वोच्च अदालतले फागुन २० गते फैसला सुनाउने

नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा सर्वोच्च अदालतले फागुन २० गते फैसला सुनाउने भएको छ । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त...

वडाध्यक्ष र उनका भाई सहित पाँच जनालाई कारागार

बझाङका अमृत सिंहको ह ‘त्याका पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको घटनामा संलग्न भएका पाँच अभियुक्तलाई...

सदिक्षाको समर्थन गर्दै मनोज गजुरेलले लेखे मन छुने स्टाटस

मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बाँस्तोला अर्थात आफ्नो दाजुको ज्या न लि एको विरुद्ध न्यायका लागी लागेकी बहिनी सदिक्षाको चर्चित हास्य कलाकार...

ओली र देउवा सत्ता साझेदारीको सहमति नजिक

बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठकले अदालतको फैसला स्वीकार गर्ने र अदालतले तोकेको समयसीमाभित्रै संसद बैठक बोलाउने...

डोल्पामा रुखमा च्यापेर एक महिलाको मृत्यु

तल्लो डोल्पा अन्तर्गत जगदुल्ला गाउँपालिका वडा ३ थापा गाउँ बस्ने वर्ष ३९ की बुद्धिरुपा विकको रुखले च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी...

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमै विभाजन नभएसम्म कुनै पनि समूहसँग सहकार्य नगर्ने नेपाली कांग्रेसको निर्णय

नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमै विभाजन नभएसम्म कुनै पनि समूहसँग सहकार्य नगर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाe निवासमा विहीबार बसेको...

बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई जना प्रहरी बढुवा

बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई जना प्रहरी बढुवा भएका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बैतडीको भागरथी बलत्कारपछि हत्या प्रकरणको...

नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्ने

नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्सने भएको छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न...

ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु

 मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ...