भारतीय रक्षामन्त्री राजनाथ सिंहले, नेपाल र भारतबीच सीमा क्षेत्रको भूभागको बिसएमा ‘नेपालसँगको सम्बन्धको प्रश्न छ, हाम्रो दाजुभाईको सम्बन्ध छ, पारिवारिक सम्बन्ध छ।

आफैले उद्घाटन गरेको बाटोमा नेपालीले बिरोध गरेपछि, भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसंग झुकेरै दिए यस्तो प्रतिकृया।

शनिबार एक भारतीय टेलिभिजन च्यानलमा अन्तर्वार्ता दिँदै उनले भनेका छन्, ‘नेपालसँगको सम्बन्धको प्रश्न छ, हाम्रो दाजुभाईको सम्बन्ध छ, पारिवारिक सम्बन्ध छ। यदी कहीँ कतै भ्रम वा गलत असमझदारी छ भने हामी नेपालसँग बसेर छलफलबाटै समाधान खोज्छौँ,’ उनले भनेका छन्।नेपाल र भारतबीच सीमा क्षेत्रको भूभागको स्वामित्वलाई लिएर विवाद बढिरहेको बेला भारतीय रक्षामन्त्री राजनाथ सिंहले यसलाई दुई मुलुक बसेर समाधान खोज्ने बताएका छन्।

टेलिभिजन प्रस्तोताले के चीनले नेपाललाई उकासी रहेको छ भनि सोधेको प्रश्नको जवाफमा उनले कसले उकासी रहेको छ भन्ने विषयमा अफूले आरोप नलगाउने, तर नेपालसँग कुनै फरक मत भएमा बसेर सुल्झाउने बताए। चीनले भारतलाई नेपाल, श्रीलंका, माल्दिभ्सहुँदै चारैतर्फबाट घेर्न खोजेको हो भन्ने प्रश्नको जवाफमा उनले भारत कसैले घेराबन्दीमा पारेर वा डराउन खोजेर डराउने मुलुक नभएको बताएका छन्।भारतीय रक्षामन्त्री सिंहले गत बैशाख २६ मा नेपालको भूभाग लिपुलेकहुँदै कैलाश मानसरोवर जोडने सडक भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेपछि दुई मुलुकबीच विवाद चर्किदै गएको छ।

यस विषयमा नेपालले भारतीय राजदूतलाई बोलाएर कुटनीतिक नोट समेत बुझाइसकेको छ। भारतसँग वार्ताका लागि नेपालले गरेको प्रयासमा भारतले चासो नदेखाएपछि नेपालले भारतले अतिक्रमण गरेरको भूभाग समेटेर नयाँ नक्सा समेत सार्वजनिक गरिसकेको छ।विवादकाबीच नेपालले वार्ताकै माध्यमबाट समस्याको समाधानका पक्षमा रहेको बताइरहेका बेला भारतीय उच्च नेतृत्वबाट वार्ताकै माध्यमबाट समस्याको समाधान खोज्ने प्रतिक्रिया आएको हो। नागरिक न्युजमा यो खबर छ ।

ताजा

बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई जना प्रहरी बढुवा

बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई जना प्रहरी बढुवा भएका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बैतडीको भागरथी बलत्कारपछि हत्या प्रकरणको...

नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्ने

नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्सने भएको छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न...

ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु

 मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ...

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा १० हजार ८०७ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर...

स‌ंसद पुन:स्थापनाको निर्णयले ‘कमेडी च्याम्पियन’लाई ध*क्का !

सर्वोच्च अदालतले मंगलबार आफ्नो निर्णय नसुनाएको हुँदाे हाे त सायदै टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोस्रो सिजनका प्रतिष्पर्धीहरु स्क्रिप्टलाई फाइनल गर्नमै व्यस्त हुन्थे ।...

नेपाली कांग्रेसले केही गरेन भनेर विरोध गर्नेहरूले नै यतिबेला कांग्रेस खोज्न थालेको ;काँग्रेसका सभापति शेरबहादुर देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले केही गरेन भनेर विरोध गर्नेहरूले नै यतिबेला कांग्रेस खोज्न थालेको बताएका छन् ।आज काठमाडौँमा कांग्रेसका दिवंगत नेता...

ब्राजिलमा कोभिड–१९ विरूद्धको खोप सर्वसाधारणका लागि खुला

ब्राजिलको स्वास्थ्यसम्बन्धी नियमनकारी निकायले फाइजर–बायोएनटेकद्वारा विकसित तथा उत्पादित कोभिड–१९ विरूद्धको खोप सर्वसाधारणका लागि राष्ट्रव्यापीरूपमा प्रयोग गर्न अनुमति दिएको छ ।कोभिड–१९ को महामारीका कारण विश्वकै...

कोभिड- १९ को संक्रमण बढ्दै गएपछि नेदरल्याण्डमा बढाइयो

 कोभिड- १९ को संक्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कर्फ्यूको अवधि बढाइएको छ । दोस्रो लहरको भाइरसको प्रकोपपछि कर्फ्यूको समयावधि बढाइएको प्रधानमन्त्री मार्क रुटले बताएका छन्...

नेकपा ओली समूहले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने

सत्तारुढ नेकपा ओली समूहले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ । बैठकले पुनर्स्थापनापछिको सम्भावित राजनीतिक परिस्थितिबारे चिन्ता पनि प्रकट गरेको...

ओली समूहले स्थायी कमिटी बैठक बोलाए

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहले स्थायी कमिटी बैठक बोलाएको छ ।सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिका विषयमा छलफलh गर्न बैठक बोलाइएको एक नेताले बताए । आकस्मिक...