रहेनन् देशकै उत्कृष्ट न्यूरोसर्जनका डाक्टर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

३८ वर्षका न्यूरोसर्जन डा.सुवाष लोहनीको निधन भएको छ । टोखास्थित ग्राण्डी टावरमा बेहोस अवस्थामा फेला परेका छन । सोमबार दिउसो करीब ३ बजेतिर ओछ्यानमै बेहोस अवस्थामा फेला परेका लोहनीलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार डा.लोहनीले दे’ह’त्या’ग ग’रे’को जनाईएको छ। लोहनीलाई देशकै सबैभन्दा आशाजनक न्यूरोसर्जनका रुपमा लिइन्थ्यो । लोहनीको निधनले चिकित्सा क्षेत्रमा अपूरणीय क्षति पुगेको र उनको निधनले स्तव्ध बनाएको उनका सथिहरुले बताएका छन । लामोसमय न्यूरो हस्पिटल बाँसबारीमा काम गरेका लोहनी हाल नेशनल न्यूरो सेन्टरमा आवद्ध थिए ।

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले निःशुल्क मुटुरोग परीक्षण तथा निःशुल्क ईको (मुटुको भिडियो एक्सरे) सेवा सञ्चालन गरेको छ । शिविरमा अन्य सेवामा समेत २० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

अस्पतालले आगामी ९ गतेसम्म निःशुल्क सञ्चालन हुने मुटुको निःशुल्क सेवामा दैनिक ८० भन्दा बढी बिरामी आएको मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।मुटुका बिरामीका लागि साताव्यापी निःशुल्क मुटु शिविरलाई स्थानीयवासीले अवसरका रूपमा लिएको उहाँले बताउनुभयो ।

अस्पतालमा मुटुरोग परीक्षणका लागि अमेरिकाबाट समेत मुटुरोग विशेषज्ञ आउनुभएको छ ।सोही अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा सम्पूर्णमान तुलाधर र डा सञ्जय श्रेष्ठले पनि सेवा दिइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

मध्यपुरथिमिका बासिन्दालाई मात्रै नभई देशभरका बिरामीका लागि सुलभ र सहज उपचार सेवा दिन थालिएको छ ।टेकु अस्पतालपछि पिसीआर परीक्षण गर्ने देशकै दोस्रो अस्पताल बनाउन सफल भएको उहाँले बताउनुभयो । अस्पतालले मिर्गौलाका बिरामीका लागि डायलायसिस मेसिनसमेत सञ्चालनमा ल्याएको छ । अस्पतालमा रोटरी क्लबको सहयोगमा केही दिनपछि थप चार डायलायसिस मेसिनबाट सेवा दिने तयारी छ ।

 


  •  
  •  
  •  
  •  
  •  
  •  
  •