भारतमा गत २४ घण्टामा १४ हजार ९८९ जना कोरोना सङ्क्रमित थपिए

भारतमा गत २४ घण्टामा १४ हजार ९८९ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ११ लाख ३९ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९८ जनाको मृत्यु भएपछि भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ३४६ जना पुगेको छ ।

हाल भारतमा एक लाख ७० हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने एक करोड आठ लाख १२ हजारभन्दा बढी कोराना मुक्त भएका छन् ।

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि शुक्रबारसम्म एक करोड ५६ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् ।

कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी र प्रत्यक्ष रुपमा सार्वजनिक क्रियाकलापसँग सम्बन्धित व्यक्तिहरु रहेका छन् ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले मङ्गलबारसम्म देशभर २१ करोड ८४ लाख ३२ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ ।

मङ्गलबार एकै दिनमा मात्र सात लाख ८५ हजार २२० जना व्यक्तिको कोभिड¬–१९ परीक्षण गरेको जनाइएको छ ।

भारतमा गत सोमबारबाट ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने कार्यक्रम शुरु भएको छ । त्यसैगरी दिर्घरोगी छन् भने ४५ वर्ष माथीकालाई पनि कोरोना भाइरसविरुद्धको खोप शुरु गरिएको अधिकारीको भनाइ छ ।

ताजा

स्याङ्जामा जेठ १५ सम्मका लागि निषेधाज्ञा जारी

  स्याङ्जामा आउँदो जेठ १५ सम्मका लागि निषेधाज्ञा जारी भएको छ । बैशाख २१ गतदेखि जारी भएको निषेधाज्ञालाई जेठ १५ सम्म थप गरिएको जिल्ला प्रशासन...

अत्यधिक जोरोका कारण ६० बर्सिय पुरुष को मिर्त्यु

अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुकका ६० वर्षीय पुरुष भारतको नयाँदिल्लीबाट घर आएको १६ औं दिनमा बिरामी परे । निरन्तर ज्वरो आएपछि जेठा छोराले वैशाख ९ गते...

नेपालमा कोरोना सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा पुगेको बताएको छ । पछिल्लो एक हप्तामा नेपालमा कोरोना सङ्क्रमण दर दुई सय...

“कोभिड– १९ विरुद्ध लड्नका लागि स्थानीय तह र जिल्लालाई सिङ्गो परिचालन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध एकताबद्ध भएर खट्न सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन दिनुभएको छ । एमाले दशौँ राष्ट्रिय महाधिवेशन...

काठमाडौं उपत्यकामा निषेधाज्ञा हुँदै

 कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय कोरोना संक्रिमित भेटिए निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको छ...

नेपालगञ्जमा आज मध्यराति देखि लकडाउन हुने

बाँकेको नेपालगञ्जमा आज मध्यराति देखि लकडाउन हुने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार नेपालगञ्जमा आज मध्यरात देखि १५ गतेसम्म लकडाउन हुने...

तिनाउ गाउँपालिकामा एक युवकको डुबेर मृत्यु

तिनाउ गाउँपालिका वडा नं ३ तल्लो सिद्दबाबास्थित तिनाउ खोलामा पौडी खोल्न क्रममा डुबेर एक युवकको शनिबार मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार...

वीरगञ्जमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु

वीरगञ्ज–१६ नगवा बस्ने ५१ वर्षीया महिलाको नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचारको क्रममा दिउँसो १ः४० बजे मृत्यु भएको हो ।  ज्वरो, खोकी लागेपछि उनलाई शनिबार उपचारका...

बालबालिकाको स्वास्थ्यको अधिकारप्रति सचेत रहन र पठनपाठनको वैकल्पिक व्यवस्था गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले एक विज्ञप्ति जारी गर्दै बालबालिकाको स्वास्थ्यको अधिकारप्रति सचेत रहन र पठनपाठनको वैकल्पिक व्यवस्था गर्न आग्रह गरेको छ ।  साथै आयोगले स्वास्थ्य...

माओवादी केन्द्र र माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुने

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताउनुभएको छ ।  सदरमुकाम कुश्माबजारमा माओवादी...