कोरोनाबाट तीन नेपालीको निधन, खोप लिएको व्यक्तिबाट अन्यलाई भाइरस सर्न सक्ने

कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा रहेका ५८ हजार ६९५ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

तीमध्ये ५५ हजार ७९३ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत हो । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार २७ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७० हजार ८५४ जना छ भने दुई लाख ६६ हजार ४८ जना अर्थात ९८.२ प्रतिशत कोरोनामुक्त भएका छन् ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले खोप साक्षरतासम्बन्धी निर्देशिका जारी गरेको छ । आम नेपालीलाई खोपको बारेमा सचेत र सतर्क बनाउने उद्देश्यका साथ जारी यो निर्देशिका सबैले बुझ्ने गरी सरल नेपाली भाषामा छ ।

सो निर्देशिकामा खोप, खोप लगाउँदा, लगाइसकेपछि अपनाउनुपर्ने सावधानी, खोप लगाइसकेपछि देखिनसक्ने सम्भावित असर वा स्वास्थ्य समस्या र त्यसपछिको स्वास्थ्य मापदण्डलगायतका विषय समेटिएका छन् ।

खोप लिएको व्यक्तिबाट अन्यलाई भाइरस सर्न सक्ने

स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले कोभिड–१९ विरुद्धको खोप लिइसकेको व्यक्तिबाट पनि अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन सुझाव दिनुभएको छ ।

हालसम्म कुनै पनि खोपको प्रभावकारिता शतप्रतिशत नदेखिएकाले खोप लगाइसकेपछि पनि सङ्क्रमण हुँदैन वा आफूबाट अरुलाई सर्दैन भन्नेमा सुनिश्चित नहुने उहाँको भनाइ छ ।

खोपको दुबै मात्रा प्राप्त गरेका व्यक्तिलाई पनि पुनः सङ्क्रमण भएको देखिएकाले स्वास्थ्य सावधानी अपनाउनुको विकल्प नभएको डा सापकोटाले बताउनुभयो ।

ताजा

आजको राशिफल वि.सं.२०७७ साल फाल्गुन १४ गते शुक्रबार। अकला देवीले हामी सबैको कल्याण गरुन ।

वि.सं.२०७७ साल फाल्गुन १४ गते शुक्रबार । ईश्वी सन् २०२१ फेब्रुवरी २६ तारिख ।  माघ शुक्लपक्ष । तिथि–चतुर्दशी,२१ घडी ५१ पला, दिउसो ०३ बजेर...

५०h हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल वेस क्याम्प कार्यालय प्रमुखसहित दुई जनालाई पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५०h हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल वेस क्याम्प गैडहवा ३ तोण्डिहवा रुपन्देहीका कार्यालय प्रमुखसहित दुई aजनालाई पक्राउ...

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच पहिलोपटक प्रतिनिधि सभा बैठक बोलाउने

सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच पहिलोपटक प्रतिनिधि सभा बैठक बोलाउने विषयमा छलफल भएको छ ।बिहीबार साँझ...

वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली

जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा...

भाइरल जोडी बखत र प्रतिभाको बारेमा अहिले फेरी सामाजिक सञ्जालमा चर्चा सुरु

भाइरल जोडी बखत र प्रतिभाको बारेमा अहिले फेरी सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ । एउटा यस्तो अचम्मको जोडीको अनपेक्षित वियोग भए पछि फेरी...

नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ। स्वास्थ्य...

नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा सर्वोच्च अदालतले फागुन २० गते फैसला सुनाउने

नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा सर्वोच्च अदालतले फागुन २० गते फैसला सुनाउने भएको छ । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त...

वडाध्यक्ष र उनका भाई सहित पाँच जनालाई कारागार

बझाङका अमृत सिंहको ह ‘त्याका पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको घटनामा संलग्न भएका पाँच अभियुक्तलाई...

सदिक्षाको समर्थन गर्दै मनोज गजुरेलले लेखे मन छुने स्टाटस

मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बाँस्तोला अर्थात आफ्नो दाजुको ज्या न लि एको विरुद्ध न्यायका लागी लागेकी बहिनी सदिक्षाको चर्चित हास्य कलाकार...

ओली र देउवा सत्ता साझेदारीको सहमति नजिक

बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठकले अदालतको फैसला स्वीकार गर्ने र अदालतले तोकेको समयसीमाभित्रै संसद बैठक बोलाउने...