नेपालमा बुधबारबाट कोरोनाविरूद्धको खोप अभियान सुरू हुने

काठमाडौँ– नेपालमा बुधबारबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुरू हुने भएको छ ।

भारतले अनुदानमा दिएको १० लाख डोज ‘कोभिशिल्ड’ शनिबार नै सम्बन्धित प्रदेशमा पठाएको छ । विराटनगर, हेटौँडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा पठाइएको खोप आजसम्म पुगिसक्नेछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लक्षित समूहलाई पहिलो चरणमा लगाउनका लागि सात वटै प्रदेशमा पठाइएको हो ।

भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको थियो । गौतमका अनुसार प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिनेछ ।

पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । प्रवक्ता गौतमले सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने बताए ।

काठमाडौँ उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ ।

खोप स्वास्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्र्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।

दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता डा गौतमले बताए । खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ ।

भारत सरकारले बिहीबार (यही माघ ८ गते) अनुदानमा सरकारलाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको हो । माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने उक्त कोभिशिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ ।

सरकारको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । पहिलो चरण खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक सयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ ।

ताजा

नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ। स्वास्थ्य...

नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा सर्वोच्च अदालतले फागुन २० गते फैसला सुनाउने

नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा सर्वोच्च अदालतले फागुन २० गते फैसला सुनाउने भएको छ । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त...

वडाध्यक्ष र उनका भाई सहित पाँच जनालाई कारागार

बझाङका अमृत सिंहको ह ‘त्याका पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको घटनामा संलग्न भएका पाँच अभियुक्तलाई...

सदिक्षाको समर्थन गर्दै मनोज गजुरेलले लेखे मन छुने स्टाटस

मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बाँस्तोला अर्थात आफ्नो दाजुको ज्या न लि एको विरुद्ध न्यायका लागी लागेकी बहिनी सदिक्षाको चर्चित हास्य कलाकार...

ओली र देउवा सत्ता साझेदारीको सहमति नजिक

बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठकले अदालतको फैसला स्वीकार गर्ने र अदालतले तोकेको समयसीमाभित्रै संसद बैठक बोलाउने...

डोल्पामा रुखमा च्यापेर एक महिलाको मृत्यु

तल्लो डोल्पा अन्तर्गत जगदुल्ला गाउँपालिका वडा ३ थापा गाउँ बस्ने वर्ष ३९ की बुद्धिरुपा विकको रुखले च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी...

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमै विभाजन नभएसम्म कुनै पनि समूहसँग सहकार्य नगर्ने नेपाली कांग्रेसको निर्णय

नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमै विभाजन नभएसम्म कुनै पनि समूहसँग सहकार्य नगर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाe निवासमा विहीबार बसेको...

बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई जना प्रहरी बढुवा

बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई जना प्रहरी बढुवा भएका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बैतडीको भागरथी बलत्कारपछि हत्या प्रकरणको...

नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्ने

नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्सने भएको छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न...

ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु

 मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ...