अतिक्रमित हाम्रो भूमिलाई देशको नक्साभित्र समाहित गर्दैमा हामी खुसी भईहाल्नु पर्ने अवस्था पनि देख्दिनँ ।

यतिबेला नेपालमा नेपाली भूीम समेटेर नायाँ राजनीतिक नक्सा तयार भएपछी छिमेकी रास्ट्र भारत बाट असुइकार गरेको भनेपछि नेपालि जनता लगाएत थुप्रै सेलिब्रेटी हरु पनि आक्रोसित भएका छन्। सबैले सामाजिक संजाल मार्फत आँफ्नो धराणा व्यक्त गरेका छन्। कोरोन संक्रमणको बेला लकदाउन भईरहदा भारतले जब कालापानी लिपुलेक हुँदै मानसरोवर जाने बाटो उद्धघाटन गर्यो त्यसपछि नेपालले उक्त भूमि आफ्नो भएको भन्दै नक्सा नै जारी गरेपछि उक्त कदमको नायिका मनिषा कोइरालाले सर्मथन जनाएसँग भारत हल्लिन पुगेको छ ।यसैबिच नायिका निर्मात्री तथा समाजसेवी श्वेता खड्काले पनि यो जल्दोबल्दो विषयमा आफ्नो अभिव्यक्ति सार्वजनिक गरेकी छिन् । बिहिबार फेसबुकमा लामो स्टाटस लेख्दै श्वेताले आफ्नो भनाई राखेकी हुन् ।

-श्वेता खड्का-

दुई दिन अगाडि हामीले ३३५ बर्ग किलोमिटर क्षेत्रफल सहितको लिम्पियाधुरा, लिपुलेक र कलापानी क्षेत्र समाविस्ट राष्ट्रिय नक्सा प्राप्त गर्यौं । छिमेकीको कु दृष्टिको शिकार भएको हाम्रो माटोलाई हाम्रो नक्साभित्र समेट्न सक्ने साहस गरेकोमा म सर्वप्रथम नेपाल सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

सारा संसार नै कोरोनाको संकटमा जुधिरहेको मौका छोपेर नेपाली भूमी हुँदै मानसरोवर पुग्ने बाटोको उद्घाटन गरी नेपालको सर्वभौमिकता माथि धावा बोल्ने छिमेकी भनौदाको कुचेष्टालाई नेपाल सरकारले जारी गरेको नयाँ नक्सा मार्फत एउटा नराम्रो झापड हान्न सफल भएको छ । यो झापडलाई हामी सबै नेपालीहरुले ताली बजाएर अनुमोदन गरिसक्यौ । सवा तीन करोड नेपालीहरुले अनुमोदन गरेको यो झापडले छिमेकीको दाहिने गाला नराम्ररी चड्किसकेको छ भन्ने खबर छिमेकिकै मिडियाहरुले पोखिरहको आर्तनादबाट प्रष्ट हुन्छ ।

नेपाल सरकारले निक्कै ठुलो आँट र शाहस गरेर हाम्रा अतिक्रमित भूमिलाई नेपालको नक्सामा समाहित गर्नुलाई सफलताको एउटा कडी भनेर मान्न सकिछ । तर पूर्ण सफलता भने मान्न सकिन्न । अतिक्रमित हाम्रो भूमिलाई देशको नक्साभित्र समाहित गर्दैमा हामी खुसी भईहाल्नु पर्ने अवस्था पनि देख्दिनँ । किनकी, हाम्रो नक्सामा समेटिएको हाम्रो भूमीलाई निर्वाध रुपमा प्रयोग गर्न पाउनु अबको हाम्रो अर्को चुनौती हो ।

हामीले लिम्पियाधुराको चिसो माटोमा सुन्तला फलाउन सक्छौ कि सक्दैनौ ? पार्वतीकुण्ड देखी गुन्जोसम्म कालोपत्रे सडकको निर्माण गरी हाम्रै सवारी साधन कुदाउन सक्छौकी सक्दैनौ रु कुटी, नाभी र छाङरुमा भेडाबाख्रा अनी चौरीहरु डुलाउन सक्छौ कि सक्दैनौ ? दशकौ देखी हाम्रो भुमिमा परेड खेलीरहेका छिमेकी सुरक्षकर्मीको दस्तालाई विस्तापित गरेर आफ्नै सुरक्षाकर्मीको क्याम्प खडा गर्न सक्छौ कि सक्दैनौ ? अनी नेपाली शान र मानको प्रतिक राष्ट्रिय झण्डालाई लिपुलेकको चुचुरोमा फरफराउन सक्छौकी सक्दैनौ ? यि प्रश्नहरुको उत्तर खोज्ने बेला आएको छ । प्रश्नको उत्तर खोज्ने मात्र होइन “हामी सक्छौ“ भन्ने साहशीलो उत्तर दिनको लागि प्रत्येक नेपाली तयार हुनु पर्ने अवस्था पनि आईसकेको छ । प्रत्येक नेपालीले प्रस्तुत गर्ने शाहस, हिम्मत र आँटले नै सरकारलाई आगामी कदम चाल्नको लागि नैतिक दबाबका साथै अझ थप बल मिल्ला ।

हामीले खपत गर्ने दैनिक उपभोग्य सामाग्री मध्ये ७० प्रतिशत सामाग्री भारतीय बजार बाटनै आयात हुने भएकोले भारतले हाम्रो आँट, शाहस् र हिम्मतलाई टुटाउन ’नाकाबन्दी’को घोषणा नगर्ला भन्न सकिन्न । किनकी ०७२ सालको भुकम्पको कस्टकर घडीमा समेत हाम्रो छीमेकीले हामीलाई अघोषित नाकाबन्दिको अनुभव दिलाई सकेका छौं । भारतले हामीलाई देखाउन सक्ने डर, धाक वा धम्की भनेको एउटै हो स् उपभोग्य सामाग्री निर्यातमा रोक । भारतको यो धम्कीलाई लत्याउन सक्ने हाम्रो प्रमुख शस्त्र र अस्त्र भनेको नै हाम्रो आत्मविश्वाश हो । अतः यदी भारतले हामीलाई नाकाबन्दीको फर्मुला प्रयोग गर्ने अवस्था आयो भने यस्का लागि हामी सम्पूर्ण नेपालीहरु मानसिक रुपमा तयार छौ त ? भोली ग्याँस, डिजेल र पेट्रोल नपाईन सक्छ, चामलको अभाव हुन सक्छ । अदुवा, प्याज र लसुन नभित्रिन सक्छ अनी चिनी नपाईन सक्छ । यस्तो अवस्थामा आएको खण्डमा हामी के के गर्न तयार छौ रु के हामी ग्याँसको सट्टा गुइँठो बाल्न तयार छौ ? पेट्रोलको अभावमा गाडी चल्न सक्दैन, पैदल हिंडेर यात्रा तय गर्न तयार छौ रु चामलको अभावमा भात खान नपाईएला, भोकभोकै मर्न तयार छौ रु अदुवा, लसुन र प्याजबिनाको खल्लो ’खोले’ खाना तयार छौ कि छैनौ रु मधुमेहलाई बढावा दिने चिनियुक्त चिया छोड्न तयार छौ त रु यि यावत प्रश्नहरु हाम्रा लागि हुन्, यि प्रश्नको जवाफमा “म तयार छु “ भन्ने हिम्मतिलो जवाफ जबसम्म आउँदैन तबसम्म कलापानी, लिपुलेख र लिम्पियाधुराले देशको नक्सा भित्रबाट हामीलाई गिज्याइ रहेको हुनेछ र भनिरहेको हुनेछ “ धिक्कार, तिमीहरुको राष्ट्रवाद १“

मैले यि शब्दहरु लेखिरहँदा यतिखेर भारतीय मिडियाहरुले नेपाल र नेपालीहरुको स्वाधिनता माथि ’थर्ड क्लास’को टिप्पणीहरु गरिरहेका छन् । यि यस्ता टिप्पणीहरुले म भित्र आक्रोशको रक्तसंचार भईरहेको छ । तर, भगवान गौतम बुद्धको धर्तीमा जन्मिएकी म नेपाली चेलीले संवाद, शान्ती र सौहाद्र व्यवहारमा विश्वास गर्ने गरेकी छु । मलाई थाहा छ, बम र बारुदको बिस्फोटनले गरेको युद्ध भन्दा मन र मस्तिस्कको समिश्रणले लडेको युद्ध सफल हुन्छ । अतः हामी सबैले स्वंयमित हुँदै हाम्रो राष्ट्रिय स्वाधिनतालाई जोगाउनु छ । हामीले हाम्रो भावी पुस्तालाई च्यात्तिएको नेपाल होइन, सग्लो नेपाल दिनुछ । अँधुरो, अपुरो र अधकल्चो नेपाल होइन सिङ्गो नेपाल दिनुछ । लोलाएको, सेलाएको र झोक्राएको नेपाल होइन कलकलाएको, फुलेको र फलेको नेपाल दिनुछ । यसर्थ, आउनुस् हामी समस्त नेपालीहरु एक ढिक्का होऔं । काँग्रेस र कम्युनिस्टको सोच त्यागौं । जातिय संकिर्णतालाई भुलौ । धार्मिक पर्खाललाई भत्काइदिऔ । हाम्रो एकता नै हाम्रो लागि सबै भन्दा ठुलो आणविक ’क्षेप्यास्त्र’ हो । आउनुस्, हामी एकाकार होऔ, गोलबद्ध होऔं अनी एकै स्वर र लयमा गाऔं

 

ताजा

व्यावसायिक सटर एवं घरको लकडाउन अवधि ३ महिनाको भाडा नलिने घोषणा

समन्वय प्रमुख कृष्णकुमार डल्लाकोटीले वैशाख, जेठ र असार महिनाको भाडा नलिने बताउनुभएको छ। जिल्ला समन्वय समिति चितवनले भाडामा लगाएका व्यावसायिक सटर एवं घरको लकडाउनको...

रुपन्देहीमा सवारी दुर्घटनामा पत्रकार कृष्णबाबुको दुःखद मृत्यु

रुपन्देही,सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा सडकखण्डको तिलोत्तमा–१ ड्राइभर टोलमा शनिबार राति रुपन्देहीमा सवारी दुर्घटनामा पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ ।शनिबार राति भएको सवारी दुर्घटनामा परि...

सुशान्तको आफ्नै साथी पुगे प्रहरीकोमा,सुशान्तले देह त्याग गर्नुको प्रमाण म संग छ:खुल्यो प्रेमिकासंग भएको झगडा

एजेन्सी,प्रहरीले अनुसन्धानको दायरामा नराखेका ब्यक्ति मसग प्रमाण छ भन्दै प्रहरी कार्यालय पुगेपछि घटनामा नयाँ मोड आएको हो ।  बलिउड अभिनेता सुशान्त राजपुतको निधनका सम्बन्धमा...

विश्वमा कोरोना भाइरसबाट ४ लाख ५१ हजार भन्दा बढीको मृत्यु र ८४ लाख भन्दा बढी संक्रमित

कोरोना भाइरसबाट विश्वमा ४ लाख ५१ हजार भन्दा बढीको मृत्यु र ८४ लाख भन्दा बढी संक्रमित भएका छन्। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर...

सुशान्त राजपुतले देहत्याग गर्न बाध्य बनाउने स्टारहारको नाम अगाडी

अहिले मि टु अभियान जस्तै बलिउडका फिल्म कलाकारहरुले पनि आफु माथि परेको अन्यायका बारेमा आफ्ना अनुभव शेयर गरेका छन् । शुसान्त राजपुतको निधनमा बलिउडका...

वलिउड फिल्म भित्रका धेरै कर्तुतहरु उजागर:दबंगका निर्देशक अभिनव कश्यपले लेखेको एउटा लामो स्टाटस

एजेन्सी,अभिनेता सुशान्त राजपुतको निधन पछि बलिउडमा खैला बैला मच्चिएको छ। अहिले बलिउडमा अभिनेता सुशान्त सिंह राजपुतको मृत्त्युको खबरले सबैलाई दुखित बनाएको छ। अभिनेता सुशान्त...

अंकितालाई सुशान्तले देहत्याग गरेको विषयमा प्रश्न गरेपछि उनले ‘के ????….’

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले देहत्याग गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पा सो लगाएर देहत्याग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अभिनेता लकडाउनको...

बलिउडले दुई महिनाभित्र १० चर्चित कलाकार गुमायो

काठमाडौं,आजभन्दा डेढ महिनाअघि बलिउडले अभिनेता इरफान खान र ऋषि कपुरलाई गुमाएको थियो । अभिनेता इरफान खानको निधनपछि लगातार बलिउड शोकमा डुब्दै गइरहेको छ ।बलिउडले...

रुकुम जाजरकोट घटनाले २३ दिनपछि लियो अर्कै मोड,

चौरजहारी नगरपालिका–८ पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा...

भारतवाट आएर क्वारेन्टिनमा बसेकी एक युवतीको सामुहिक करणी

कैलाली,क्वारेन्टिनमा बसेकी एक युवतीको सामुहिक करणी भएको घटना सार्वजनिक भएको । उनि भारतवाट आएर क्वारेन्टिनमा बसेकी थिइन्। कैलालीको क्वारेन्टिनमा बसेकी उक युवतीले आफु सामुहित...