कोरोना भाइरसको खोप, पहिलो सङ्केत सकारात्मक आयो,अमेरिकाले बनायो कोरोना भाइरसको खोप

बीबीसी – अमेरिकाको मोडेर्ना कम्पनीले एक खोपले मानव शरीरको रोग प्रतिरोधी प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सङ्घर्ष गर्न प्रशिक्षित गर्न सक्छ भन्ने पहिलो सङ्केत प्राप्त भएको दाबी गरेको छ। सुरक्षा परीक्षणमा भाग लिएका आठ जनाको शरीरमा कोरोनाभाइरसलाई निस्तेज पार्न सक्ने एन्टीबडी भेटिएको मोडेर्नाले बताएको छ। शरीरको त्यो प्रतिक्रिया कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको शरीरमा देखिएको रोग प्रतिरोधी प्रतिक्रिया जस्तै रहेको बताइएको छ।

अब खोपको परीक्षण धेरै मानिसहरूमा गरेपछि मात्रै त्यो खोपको प्रतिक्रियाले कोरोनाभाइरस सङ्क्रमणबाट बचाउन सक्छ कि सक्दैन भन्ने यकिन हुनेछ। अहिले विश्वभरि विभिन्न करिब ८० समूहहरू अभूतपूर्व गतिमा कोरोनाभाइरसविरुद्ध खोप विकास गर्न काम गरिरहेका छन्। एमआरएनए-१२७३ नाम दिइएको खोपको मानिसमा सुरक्षा परीक्षण गर्ने मोडेर्ना पहिलो समूह हो। सो खोप कोरोनाभाइरसको वंशाणु अर्थात् जीनको सानो अंश, जेनेटिक कोडको सानो अंश भएको बताइएको छ। त्यो अंशले व्यक्तिमा सङ्क्रमण गर्न वा लक्षण देखाउन सक्दैन तर शरीरको रोग प्रतिरोधी प्रणालीलाई भने सक्रिय बनाउन सक्छ।

अमेरिकी सरकारको न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले सञ्चालन गरेको सो परीक्षणमा खोपले शरीरमा कोरोनाभाइरसलाई निष्क्रिय बनाउने एन्टीबडी बनाउने देखिएको हो। तर ४५ जनामा गरिएको परीक्षणमा आठ जनाको मात्रै एन्टीबडी बने नबनेको परीक्षण गरिएको थियो। बाँकीको शरीरमा भएको प्रतिक्रियाको परीक्षण गर्न बाँकी नै छ। सो परीक्षणमा सहभागीहरूलाई खोपको तीनथरी मात्रा दिइएको थियो र जसलाई उच्च मात्रामा दिइएको थियो उनीहरूमा केही ‘साइड इफेक्टहरू’ देखिएको बताइएको छ।

तर मोडर्नाका अनुसार थोरै मात्राको खोप दिइएका व्यक्तिहरूमा कोभिड-१९ निको भएका व्यक्तिहरूमा देखिएको जत्तिकै एन्टीबडी देखिएको हो।सुरक्षा परीक्षण भनेको खोप प्रभावकारी हुन्छ कि हुँदैन भन्ने पत्ता लगाउन भन्दा पनि खोप मानिसका लागि सुरक्षित हुन्छ कि हुँदैन भन्ने अध्ययन हो। मुसामा गरिएको परीक्षणमा भने यो खोपले फोक्सोमा भाइरस बढ्न रोकिने देखिएको छ।मोडेर्नाले खोपको दोस्रो चरणको परीक्षण जुलाईमा सुरु गर्ने अपेक्षा गरेको छ।

ताजा

व्यावसायिक सटर एवं घरको लकडाउन अवधि ३ महिनाको भाडा नलिने घोषणा

समन्वय प्रमुख कृष्णकुमार डल्लाकोटीले वैशाख, जेठ र असार महिनाको भाडा नलिने बताउनुभएको छ। जिल्ला समन्वय समिति चितवनले भाडामा लगाएका व्यावसायिक सटर एवं घरको लकडाउनको...

रुपन्देहीमा सवारी दुर्घटनामा पत्रकार कृष्णबाबुको दुःखद मृत्यु

रुपन्देही,सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा सडकखण्डको तिलोत्तमा–१ ड्राइभर टोलमा शनिबार राति रुपन्देहीमा सवारी दुर्घटनामा पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ ।शनिबार राति भएको सवारी दुर्घटनामा परि...

सुशान्तको आफ्नै साथी पुगे प्रहरीकोमा,सुशान्तले देह त्याग गर्नुको प्रमाण म संग छ:खुल्यो प्रेमिकासंग भएको झगडा

एजेन्सी,प्रहरीले अनुसन्धानको दायरामा नराखेका ब्यक्ति मसग प्रमाण छ भन्दै प्रहरी कार्यालय पुगेपछि घटनामा नयाँ मोड आएको हो ।  बलिउड अभिनेता सुशान्त राजपुतको निधनका सम्बन्धमा...

विश्वमा कोरोना भाइरसबाट ४ लाख ५१ हजार भन्दा बढीको मृत्यु र ८४ लाख भन्दा बढी संक्रमित

कोरोना भाइरसबाट विश्वमा ४ लाख ५१ हजार भन्दा बढीको मृत्यु र ८४ लाख भन्दा बढी संक्रमित भएका छन्। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर...

सुशान्त राजपुतले देहत्याग गर्न बाध्य बनाउने स्टारहारको नाम अगाडी

अहिले मि टु अभियान जस्तै बलिउडका फिल्म कलाकारहरुले पनि आफु माथि परेको अन्यायका बारेमा आफ्ना अनुभव शेयर गरेका छन् । शुसान्त राजपुतको निधनमा बलिउडका...

वलिउड फिल्म भित्रका धेरै कर्तुतहरु उजागर:दबंगका निर्देशक अभिनव कश्यपले लेखेको एउटा लामो स्टाटस

एजेन्सी,अभिनेता सुशान्त राजपुतको निधन पछि बलिउडमा खैला बैला मच्चिएको छ। अहिले बलिउडमा अभिनेता सुशान्त सिंह राजपुतको मृत्त्युको खबरले सबैलाई दुखित बनाएको छ। अभिनेता सुशान्त...

अंकितालाई सुशान्तले देहत्याग गरेको विषयमा प्रश्न गरेपछि उनले ‘के ????….’

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले देहत्याग गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पा सो लगाएर देहत्याग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अभिनेता लकडाउनको...

बलिउडले दुई महिनाभित्र १० चर्चित कलाकार गुमायो

काठमाडौं,आजभन्दा डेढ महिनाअघि बलिउडले अभिनेता इरफान खान र ऋषि कपुरलाई गुमाएको थियो । अभिनेता इरफान खानको निधनपछि लगातार बलिउड शोकमा डुब्दै गइरहेको छ ।बलिउडले...

रुकुम जाजरकोट घटनाले २३ दिनपछि लियो अर्कै मोड,

चौरजहारी नगरपालिका–८ पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा...

भारतवाट आएर क्वारेन्टिनमा बसेकी एक युवतीको सामुहिक करणी

कैलाली,क्वारेन्टिनमा बसेकी एक युवतीको सामुहिक करणी भएको घटना सार्वजनिक भएको । उनि भारतवाट आएर क्वारेन्टिनमा बसेकी थिइन्। कैलालीको क्वारेन्टिनमा बसेकी उक युवतीले आफु सामुहित...