•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्‍चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । पहाडी भूभागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा को सम्भावना रहेको छ ।

यसैगरी आज राति पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । त्यस्तै प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा को सम्भावना रहेको छ।

पहाडी भूभागका एक दुइ स्थानमा स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •