•  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

स्याङ्जामा आउँदो जेठ १५ सम्मका लागि निषेधाज्ञा जारी भएको छ । बैशाख २१ गतदेखि जारी भएको निषेधाज्ञालाई जेठ १५ सम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

औषधीजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै  राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जानकारी दिए । अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ ।   राजश्व संकलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि बाहेक बैंकिङ्ग सेवा समेत पूर्ण रुपमा बन्द गरिने भएको छ । बैकिङ्ग सेवा बन्द भएपनि एटिएम सेवा भने सुचारु राखिने छ । थप गरिएको निषेधाज्ञालाई कडाईका साथ लागु गरिने भएको छ

यसअघिको निषेधाज्ञामा बिहान ५ बजेदेखि ९ र साँझ ५ देखि ७ बजेसम्म खाद्यान्नजन्य सामग्री खरिदको गर्न सकिने समय तोकिएको थियो । बैशाख २१ देखि ३१ गतेसम्म जारी भएको निषेधाज्ञा जेठ १५ सम्म थपिएको हो ।

स्याङ्जामा कोरोना संक्रमण दर बढेसँगै निषेधाज्ञाको समय थप गरिएको हो । कोरोनाको दोस्रो लहर चलसँगै जिल्लामा हालसम्म १३ पुरुष र ५ महिला समित १८ जनाले ज्यान गुमाए भने ६ सय २८ सक्रिय संक्रमित रहेका छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •