•  
  •  
  •  
  •  
  •  
  •  
  •  

 कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय कोरोना संक्रिमित भेटिए निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको छ

गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय संक्रमित नाघे सम्बन्धीत जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सीसीएमसीले सरकारलाई सिफारिस गरेको हो ।स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले हट स्पटहरुमा लकडाउन गर्नुपर्ने मत राखेका थिए । तर सीसीएमसीका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतले देशव्यापी लकडाउन गर्न नहुने बताए । लकडाउन गर्दा पनि कोरोना नियन्त्रण गर्न नसकिंदो रहेछ भन्ने गत वर्षको अनुभवले समेत पुष्टि भएको उनीहरुले बताए ।कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको चेन ब्रेक गर्न लकडाउन गर्ने कि नगर्ने बहस भएको थियो ।

त्यस्तो अवस्थामा निषेधाज्ञा लगाउन स्थानीय प्रशासनलाई सीसीएमसीले अधिकार प्रत्यायोजन गरेको छ ।आइतबार बसेको सीसीएमसीका बैठकले यस्तो निर्णय गरेसँगै काठमाडौं लगायतका ९ जिल्लामा तत्काल निषेधाज्ञा लागू हुने संकेत देखिएको छ । किनभने, काठमाडौं लगायतका केही जिल्लामा संक्रमतिहरुको संख्या ५ सय नाघिसकेको छ ।अहिलेसम्म काठमाडौँ, भक्तपुर र ललितपुर समेत उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय कटिसकेको छ । त्यसैगरी मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पनि ५ सयभन्दा बढी सक्रिय संक्रमित देखिएका छन् ।

सीसीएमसीले पहाडी जिल्लाहरुमा भने ५ सय सक्रिय संक्रमित नपुगे पनि २ सय कट्नासाथ निषेधाज्ञा लगाउन स्थानीय तहलाई अधिकार दिएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •