५० हजार घुस लिएको आरोपमा हेटौँडाबाट एक कर्मचारीलाई पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रु ५० हजार घुस लिएको आरोपमा शुक्रबार बागमती प्रदेशको राजधानी हेटौँडाबाट एक कर्मचारीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वाग्मती प्रदेश सरकार, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्यटन विकास आयोजनामा कार्यरत सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने रहेका छन्।टोलीले हेटौँडा–स्थित पर्यटन विकास आयोजनामा परिसरबाटै रु ५० हजारसहित लामिछानेलाई पक्राउ गरिएको आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

लामिछानेले धादिङ जिल्लाको खनियाँवासमा आव २०७५/०७६मा निर्माण गरिएको पर्यटन पदमार्गको धरौटी रकम फिर्ता गर्ने कामको शिलशीलामा सेवाग्राहीसँग रकम लिएको आरोप छ । धरौटी रकम भुक्तानी दिने प्रयोजनका लागि अतिरिक्त रकम मागेको सूचनाको आधारमा पुगेको अख्तियार टोलीले हेटौंडा–४ स्थित कार्यालय परिसरबाट पक्राउ गरेको अख्तियारले जनाएको छ।चितवनको माडी नगरपालिका स्थायी घर भएका ४० वर्षीय लामिछाने एक वर्षदेखि पर्यटन विकास आयोजनाका कार्यरत कर्मचारी हुन् । लामिछानेको धादिङ, चितवन, रसुवा र नुवाकोट कार्यक्षेत्र रहेको पर्यटन विकास आयोजनाले जनाएको छ।

ताजा

स्याङ्जामा जेठ १५ सम्मका लागि निषेधाज्ञा जारी

  स्याङ्जामा आउँदो जेठ १५ सम्मका लागि निषेधाज्ञा जारी भएको छ । बैशाख २१ गतदेखि जारी भएको निषेधाज्ञालाई जेठ १५ सम्म थप गरिएको जिल्ला प्रशासन...

अत्यधिक जोरोका कारण ६० बर्सिय पुरुष को मिर्त्यु

अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुकका ६० वर्षीय पुरुष भारतको नयाँदिल्लीबाट घर आएको १६ औं दिनमा बिरामी परे । निरन्तर ज्वरो आएपछि जेठा छोराले वैशाख ९ गते...

नेपालमा कोरोना सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा पुगेको बताएको छ । पछिल्लो एक हप्तामा नेपालमा कोरोना सङ्क्रमण दर दुई सय...

“कोभिड– १९ विरुद्ध लड्नका लागि स्थानीय तह र जिल्लालाई सिङ्गो परिचालन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध एकताबद्ध भएर खट्न सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन दिनुभएको छ । एमाले दशौँ राष्ट्रिय महाधिवेशन...

काठमाडौं उपत्यकामा निषेधाज्ञा हुँदै

 कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय कोरोना संक्रिमित भेटिए निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको छ...

नेपालगञ्जमा आज मध्यराति देखि लकडाउन हुने

बाँकेको नेपालगञ्जमा आज मध्यराति देखि लकडाउन हुने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार नेपालगञ्जमा आज मध्यरात देखि १५ गतेसम्म लकडाउन हुने...

तिनाउ गाउँपालिकामा एक युवकको डुबेर मृत्यु

तिनाउ गाउँपालिका वडा नं ३ तल्लो सिद्दबाबास्थित तिनाउ खोलामा पौडी खोल्न क्रममा डुबेर एक युवकको शनिबार मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार...

वीरगञ्जमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु

वीरगञ्ज–१६ नगवा बस्ने ५१ वर्षीया महिलाको नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचारको क्रममा दिउँसो १ः४० बजे मृत्यु भएको हो ।  ज्वरो, खोकी लागेपछि उनलाई शनिबार उपचारका...

बालबालिकाको स्वास्थ्यको अधिकारप्रति सचेत रहन र पठनपाठनको वैकल्पिक व्यवस्था गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले एक विज्ञप्ति जारी गर्दै बालबालिकाको स्वास्थ्यको अधिकारप्रति सचेत रहन र पठनपाठनको वैकल्पिक व्यवस्था गर्न आग्रह गरेको छ ।  साथै आयोगले स्वास्थ्य...

माओवादी केन्द्र र माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुने

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताउनुभएको छ ।  सदरमुकाम कुश्माबजारमा माओवादी...