ओलीको व्यंग्य : बैद्य, डाक्टर हुँदै झाँक्रीमा झरेपछि’ हालत के होला ?

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गलत बाटोमा हिडेको आरोप लगाएका छन् ।

ओली समूहले शनिबार विराटनगरमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड समूह अब सकिएको आरोप लगाएका हुन् ।

उनले भने, ‘प्रचण्डजीको त मलाई माया लाग्छ । पहिले बैद्यसँग हुनुहुन्थ्यो, बैद्यबाट डाक्टर, डाक्टरबाट झाँक्रीमा हुनुहुन्छ । अब उनलाई झाँक्रीले बचाउन सक्दैनन् । उहाँ गलत बाटोमा हुनुहुन्छ । सिद्धिइसकेका प्रचण्डलाई मैले जुरो हाल्देको थिएँ, सिंङ हाल्देको थिए, लामो सिंङ भएपछि हामीलाई सिध्याउन खोज्नुभयो, आफैँ सकिएको पत्तो छैन ।’

उनले अझै पनि दाहाल–नेपाल समूहलाई  पार्टीमा फर्किन आग्रह गरे ।

उनले भने, ‘अझै म भन्न चाहान्छु, यो जनताको सागरमा मिसिनुहोस्, भिरबाट लड्ने गोरुलाई राम–राम भन्न मात्र सकिन्छ, काँध नै हाल्न सकिन्न ।’

उनले सरकार विकासको गतिमा दृढ रहेको बताए । दाहाल–नेपाल समूहलाई लक्षित गर्दै उनले भने, ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ ।’

उनले केही मानिसहरु यो पार्टी सिध्याउनका लागि, नेपालबाट कम्युनिस्ट आन्दोलन सकाउन गुटको खेतीमा तल्लिन भएको आरोप लगाए ।

उनले भने, ‘उनीहरुले अस्ती केपी ओलीजी जनताको सभा हेर्न यता आउनुहोस् भनेर धाक लगाउँदै थिए, म भन्न चाहान्छु तपाईंहरु यता आउनुस् जनसभा हेर्न, आजको सभा कत्रो छ भन्ने ।’

उनले विराटनगरको जनसभालाई ड्रोनले समेत खिच्न नसकेको दाबी गरे ।

उनले भने, ‘आकाशमा लागिरहेको चन्द्रमाले मात्र यो जनसभा देखेको छ, ड्रोनले पनि खिच्न सकेको छैन, टेलिभिजनका साथीहरुले क्यामरा घुमाइ–घुमाई खिचेका छन्, म सलाम भन्न चाहान्छु जनताको यो जागरणलाई ।’

उनले सभामुख अग्नि सापकोटाले कीर्ते सनाखत गरेको समेत आरोप लगाए  । उनले भने, ‘सभामुखको पदामा रहको व्यक्तिले यस्तो लज्जास्पद काम गर्नुहुन्छ ?’

उनले उपराष्ट्रपति नन्दबहादुर पुनले समेत चुनावको विरोध गर्दै सार्वजनिक कार्यक्रममा भाषण गरेर हिडेको समेत आरोप लगाए ।

उनले भने , ‘उहाँ त चुनाव नगर्ने पृष्ठभूमिबाट आउनुभएको हो ।’

उनले अब अस्थिरतातर्फ मुलकलाई फर्किन नदिने बताए । ‘हामी चुनावको तयारीमा छौं, चुनाव हुन्छ । कुनै भ्रममा नपर्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘कतिपयले भन्ने गरेका छन्, प्रतिनिधिसभा विघटन ओली तानाशाही हुनका लागि हो, चुनाव गर्नका लागि होइन, तर तपाईंहरु भ्रममा नपर्नुस् चुनाव हुन्छ ।’

दाहाल–नेपाल समूहलाई लक्षित गर्दै ओलीले पदीय लोभकै लागि यो अवस्था उनीहरुले नै सिर्जना गरेको आरोप लगाए ।

उनले भने, ‘केही व्यक्तिहरु अनुचित बाटोबाट अध्यक्ष हुन खोज्ने, कोही प्रधानमन्त्री बन्न खोज्ने, के यी पदहरु मलाई चाहियो भन्दैमा पाइने खेलौना हुन् ?’

सम्बोधनकै क्रममा उनले प्रदेश १ सबै कुराले भरिपूर्ण रहेको बताए । उनले संसारको पुरानो ग्रन्थ बेदको रचना भएको प्रदेश, आफ्नै मौलिकता भएको मुन्धुम रचना भएको प्रदेश, आफ्नो सभ्यता, इतिहास र परम्पराको धनी प्रदेश नै यही भएको बताए ।

उनले भने, ‘पाण्डबहरु हस्तिनापुरबाट लखेटिएर यही आएर लुकेर बसेको ठाउँ हो, दुष्टहरुलाई विनास गरेको ठाउँ पनि यही हो । अर्जुनधारा यही प्रदेशमा छ । जुन अर्जुनले बाण हानेर निकालेको धारा हो ।’

उनले यस्ता पुरानो इतिहास भएको ठाउँ आज लोकतन्त्र, सुशासनका लागि दृढतापूर्वक अघि बढिरहेकोमा गौरव गरे ।

ताजा

आजको राशिफल वि.सं.२०७७ साल फाल्गुन १४ गते शुक्रबार। अकला देवीले हामी सबैको कल्याण गरुन ।

वि.सं.२०७७ साल फाल्गुन १४ गते शुक्रबार । ईश्वी सन् २०२१ फेब्रुवरी २६ तारिख ।  माघ शुक्लपक्ष । तिथि–चतुर्दशी,२१ घडी ५१ पला, दिउसो ०३ बजेर...

५०h हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल वेस क्याम्प कार्यालय प्रमुखसहित दुई जनालाई पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५०h हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल वेस क्याम्प गैडहवा ३ तोण्डिहवा रुपन्देहीका कार्यालय प्रमुखसहित दुई aजनालाई पक्राउ...

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच पहिलोपटक प्रतिनिधि सभा बैठक बोलाउने

सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच पहिलोपटक प्रतिनिधि सभा बैठक बोलाउने विषयमा छलफल भएको छ ।बिहीबार साँझ...

वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली

जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा...

भाइरल जोडी बखत र प्रतिभाको बारेमा अहिले फेरी सामाजिक सञ्जालमा चर्चा सुरु

भाइरल जोडी बखत र प्रतिभाको बारेमा अहिले फेरी सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ । एउटा यस्तो अचम्मको जोडीको अनपेक्षित वियोग भए पछि फेरी...

नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ। स्वास्थ्य...

नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा सर्वोच्च अदालतले फागुन २० गते फैसला सुनाउने

नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा सर्वोच्च अदालतले फागुन २० गते फैसला सुनाउने भएको छ । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त...

वडाध्यक्ष र उनका भाई सहित पाँच जनालाई कारागार

बझाङका अमृत सिंहको ह ‘त्याका पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको घटनामा संलग्न भएका पाँच अभियुक्तलाई...

सदिक्षाको समर्थन गर्दै मनोज गजुरेलले लेखे मन छुने स्टाटस

मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बाँस्तोला अर्थात आफ्नो दाजुको ज्या न लि एको विरुद्ध न्यायका लागी लागेकी बहिनी सदिक्षाको चर्चित हास्य कलाकार...

ओली र देउवा सत्ता साझेदारीको सहमति नजिक

बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठकले अदालतको फैसला स्वीकार गर्ने र अदालतले तोकेको समयसीमाभित्रै संसद बैठक बोलाउने...