नेकपा प्रचण्ड-नेपाल समूहमा ११ सचिवालय सदस्य हुने, सदस्य बन्न चल्यो दौडधुप

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको आधिकारितासम्बन्धी निर्णय दिएलगत्तै विभाजनपछिको भविष्य निश्चित हुनेछ । नेकपाको प्रचण्ड-नेपाल समूहमा अध्यक्षमा प्रचण्ड र माधवकुमार नेपालको टुंगो लागिसकेको छ । वरिष्ठ नेता झलनाथ खनाल तेस्रो वरियतामा छन् ।

अब नेकपा प्रचण्ड-नेपाल पक्षमा महासचिवको टुंगो लाग्न बाँकी छ । निर्वाचन आयोगले निर्णय दिएलगत्तै सुरेन्द्र पाण्डेको महासचिव बन्ने सम्भावना लगभग निश्चित जस्तै छ । माधव नेपाललाई अध्यक्ष बन्न खनालले समर्थन गरेकाले पाण्डेको सम्भावना बलियो भएको छ । पाण्डेको नाममा माधव नेपाल पनि सकारात्मक छन् ।

महासचिव पदका लागि भीम रावल र जर्नादन शर्मा पनि आकांक्षी छन् । शर्मा प्रचण्ड पक्षधर हुन् भने रावल नेपाल पक्षका हुन् । नेकपाको प्रचण्ड-नेपाल पक्षमा हाल चार जना मात्र सचिवालय सदस्य छन् । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सचिवालयमा छन् । वामदेव गौतम तटस्थ छन् । उपाध्यक्ष गौतमको नाम नेकपाको दुवै समूहमा राखिएको छ ।

यसैगरी, सचिवालय सदस्य बन्न प्रचण्ड-नेपाल समूहमा ठुलो संख्यामा नेताहरुको दौड चलेको छ । उक्त समूहले कम्तिमा ९ देखि ११ जना सचिवालय सदस्य बनाउने बुझिएको छ । प्रचण्ड, नेपाल र खनाल तीनैजनाको सहमतिमा सचिवालय सदस्य चयन गर्ने तयारी बढाइँदैछ ।

महासचिवमा सुरेन्द्र पाण्डे चयन भएमा उनी स्वतः सचिवालय सदस्य हुनेछन् । प्रचण्ड पक्षधर जर्नादन शर्मा, वर्षमान पुन, पम्फा भुषाल, पूर्व सभामुख कृष्णबहादुर महरा र देवेन्द्र पौडेल पनि आकांक्षी छन् ।

माधव नेपाल पक्षधर भीम रावल, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरा, वेदुराम भुषाल, रघुजी पन्त, योगेश भट्टराई र घनश्याम भुषाल प्रमुख दाबेदार देखिएका छन् । झलनाथ खनाल पक्षका भीम आचार्य पनि सचिवालयमा दाबेदार छन् । सबैलाई मिलाएर सचिवालय बनाउँदा संख्या थपघट हुनसक्ने बुझिएको छ ।

ताजा

आज र भोलि देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही...

पशुपतिनाथमा भेटी दान गर्न ‘क्यूआर कोड’ प्रयोग

पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ। यसका लागि...

केपी ओलीले राजीनामा नदिइ संसद्मा डटेर सामना गर्ने ;ईश्वर पोखरेलले

उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिइ संसद्मा डटेर सामना गर्ने बताएका छन् । पार्टीनिकट अनेरास्ववियुको...

आज को राशिफल २०७७ /११ /१५ ; श्री पशुपतिनाथले हामि सबैको रक्षा गरुन ।

  मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साथिभाई तथा आफ्नो बिषेश मान्छेसँग दिनभर मिठा मिठा कुरा गरेर समय ब्यातित हुँने हुँदा मन खुसि रहनेछ । सवारि साधन,भौतिक सम्पति तथा आकस्मिक धनसम्पति...

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वालुवाटारमा भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वालुवाटारमा भेटवार्ता भएको छ ।सत्तासमीकरणका विषयमा दलहरुले भेटघाटलाई तीव्रता बनाइरहेका बेला उपाध्यक्ष गौतमले...

दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत

दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत गरेको छ । थेगु शहरको एक अस्पतालमा रहेको ६० वर्षीय जोडी चिकित्सकबाट खोप अभियान शुरु भएको बताइएको छ...

काठमाडौँको तारकेश्वरमा फेरि बर्डफ्लु

पशु सेवा विभागले तारकेश्वर नगरपालिका–१ मा व्यावसायिकरुपमा पालिएका कुखुराको नमूनाको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पिसिआर परीक्षणमा बर्डफ्लु रोग पुष्टि भएको विभागका महानिर्देशक...

दाङका एक शिक्षक घरको आँगनमै मृत फेला परे

घोराही उपमहानगरपालिका–१०, सौंडिकुला निवासी अन्दाजी ४३ वर्षीय श्रीधर घिमिरे आफ्नै आँगनमा मृत अवस्थामा फेला परेका हुन् । घिमिरे लमडरुवाका माविका सहायक प्रधानाध्यापक हुन् ।...

उत्तीर्ण भएको एक महिनामा चालक अनुमतिपत्र पाइने

नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना...

म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा जीप दुर्घटनामा एक जनाको मृत्यु

म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । मालिका गाउँपालिका-३ पात्लेबाट बिरामी लिएर...