जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदी बस्न बाध्य

ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदी बस्न बाध्य भएका छन् । जिल्ला कारागार २५ जना क्षमताको भौतिक संरचना हो । कारागारमा अहिले १४० कैदीबन्दी बस्दै आएका छन् ।

जिल्लामा महिलाका लागि कारागार नभएकाले महिला कैदीबन्दी भने छिमेकी जिल्ला पाँचथरको फिदिममा पठाउँदै आएको ताप्लेजुङ जिल्ला कारागार प्रमुख जेलर बुलेन्द्र खवासले बताउनुभयो ।

जिल्ला कारागारमा कैदीबन्दी ३२ र थुनुवा दुई गरी कर्तव्य ज्यान मुद्दामा ३४ पुरुष कारागारमा रहेका छन् । नौ ज्यान मार्ने उद्योग मुद्दा, ३९ जबर्जस्ती करणी मुद्दा, दुई सुन डकैती, कर्तव्य ज्यान मार्ने उद्योग मुद्दामा सजाय भुक्तान गर्दै छन् ।

त्यसैगरी आठ जना डाका मुद्दा, तीन जना चोरी मुद्दा, पाँच जना लागुऔषध मुद्दा, चार जना जीउ मास्ने, बेच्ने कर्तव्य ज्यान र चोरी मुद्दामा सजाय भुक्तान गर्दै बसेका छन् ।

त्यसैगरी दुई जना सवारी ज्यान मुद्दा, तीन जना जबर्जस्ती करणी, अपरहण मुद्दा, पाँच जना हातहतियार खरखजना, आगजनी मुद्दा, एक जना सार्वजानिक अपराध, वैदेशिक रोजगार मुद्दा, छ जना बहुविवाह मुद्दा, एक जना आगजानी अपरहण तथा शरीर बन्धक कर्तव्य ज्यान मुद्दा, एक जना अवैध वन पैदवार मुद्दा, सात जना हाडनाता कारणी मुद्दा, दुई जना ठगी र अभद्र व्यवहार, आठ जना कर्तव्य ज्यान, अवहेलना मुद्दाका बन्दी छन् ।

दुई जनालाई भने इलाम कारागारमा पठाइएको जेलर खवासले बताउनुभयो ।

एक बहुविवाह मुद्दामा सजाय खेप्दै आएकी महिला फिदिम कारागारमा सजाय भुक्तान गर्दै गरेको जेलर खवासले बताउनुभयो । दिन प्रतिदिन आपराधिक गतिविधि बढिरहेकाले कैदीबन्दी पनि बढ्दै जाने क्रम रहेको जेलर खवासले बताउनुभयो ।

कारागारको क्षमताभन्दा छ गुणा बढी भएपछि कारागार व्यवस्थापन गर्न समस्या भएको उहाँले बताउनुभयो । सरकारले अपराधीलाई कारगारमा थुन्ने काम मात्र गरेको तर व्यवस्थापनमा चासो नदिएको उहाँको भनाइ थियो ।

 

ताप्लेजुङ कारगारमा नौ जनाको दरबन्दी रहेकामा अहिले जेलर एक, करारमा एक कम्युटर ओपरेटर र चार कार्यालय सहयोगी मात्र रहेका छन्

दरबन्दीअनुसार स्वास्थ्य क्षेत्रका एक अहेव, एक लेखा र एक खरदारको दरबन्दी छ । जति कर्मचारी विभागले पठाए पनि ताप्लेजुङ जिल्ला दुर्गम भएकाले आउन नमानेको कारागार प्रमुख जेलर खवासले बताउनुभयो । दरबन्दीअनुसार कर्मचारी अभावले २४ घण्टा कारागार व्यस्थापनमा खट्नुपर्ने बाध्यता भएको कारागारका एक कर्मचारीले बताउनुभयो ।

कारागारको नाममा फुङलिङ नगरपालिका–२ मा सात रोपनी जग्गा छ । नयाँ कारागार व्यवस्थापन गर्न विभागबाट पत्र जिल्ला कारागारमा आएको छ । जेलर खवासले भन्नुभयो “योगेश भट्टराई पर्यटनमन्त्री हँुदा दुईपटक कारागारको जग्गामा अवलोकन गराएँ, कारागारको समस्या र समाधानका विषयमा प्रतिवेदनसमेत उपलब्ध गराएको छु

ताजा

आजको राशिफल वि.सं.२०७७ साल फाल्गुन १४ गते शुक्रबार। अकला देवीले हामी सबैको कल्याण गरुन ।

वि.सं.२०७७ साल फाल्गुन १४ गते शुक्रबार । ईश्वी सन् २०२१ फेब्रुवरी २६ तारिख ।  माघ शुक्लपक्ष । तिथि–चतुर्दशी,२१ घडी ५१ पला, दिउसो ०३ बजेर...

५०h हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल वेस क्याम्प कार्यालय प्रमुखसहित दुई जनालाई पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५०h हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल वेस क्याम्प गैडहवा ३ तोण्डिहवा रुपन्देहीका कार्यालय प्रमुखसहित दुई aजनालाई पक्राउ...

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच पहिलोपटक प्रतिनिधि सभा बैठक बोलाउने

सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच पहिलोपटक प्रतिनिधि सभा बैठक बोलाउने विषयमा छलफल भएको छ ।बिहीबार साँझ...

वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली

जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा...

भाइरल जोडी बखत र प्रतिभाको बारेमा अहिले फेरी सामाजिक सञ्जालमा चर्चा सुरु

भाइरल जोडी बखत र प्रतिभाको बारेमा अहिले फेरी सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ । एउटा यस्तो अचम्मको जोडीको अनपेक्षित वियोग भए पछि फेरी...

नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ। स्वास्थ्य...

नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा सर्वोच्च अदालतले फागुन २० गते फैसला सुनाउने

नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा सर्वोच्च अदालतले फागुन २० गते फैसला सुनाउने भएको छ । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त...

वडाध्यक्ष र उनका भाई सहित पाँच जनालाई कारागार

बझाङका अमृत सिंहको ह ‘त्याका पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको घटनामा संलग्न भएका पाँच अभियुक्तलाई...

सदिक्षाको समर्थन गर्दै मनोज गजुरेलले लेखे मन छुने स्टाटस

मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बाँस्तोला अर्थात आफ्नो दाजुको ज्या न लि एको विरुद्ध न्यायका लागी लागेकी बहिनी सदिक्षाको चर्चित हास्य कलाकार...

ओली र देउवा सत्ता साझेदारीको सहमति नजिक

बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठकले अदालतको फैसला स्वीकार गर्ने र अदालतले तोकेको समयसीमाभित्रै संसद बैठक बोलाउने...