तोकिएकै समयमा आयोजनाको काम सम्पन्न गर्न पूर्वऊर्जामन्त्रीकाे आग्रह

पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको शनिबार निरीक्षण गर्नुभएको छ ।

पार्टीको कार्यक्रममा सहभागी हुन दमौली आउनुभएका पुनले आयोजनाको निरीक्षण गर्दै हालसम्मको प्रगतिबारे चासो व्यक्त गर्नुभएको हो ।

आफ्नो कार्यकालमा तनहुँ जलविद्युत् आयोजनालाई प्राथमिकता दिएको बताउँदै पूर्वमन्त्री पुनले तोकिएकै समयमा आयोजनाको काम सम्पन्न गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

सो अवसरमा आयोजना प्रमुख अच्युत घिमिरेले पूर्वमन्त्री पुनलाई आयोजनाको हालसम्मको प्रगतिबारे जानकारी गराउनुभएको थियो । आयोजनाको प्याकेज दुईअन्तर्गत सिनो हाइड्रो कम्पनीले यतिबेला काम गरिरहेको छ । सिनो हाइड्रोले विद्युत्गृह, मुख्य प्रवेश सुरुङ, सर्ज ट्याङ्क जाने सुरुङ, बाँधस्थल जाने सुरुङ खन्ने कार्य जारी राखेको छ ।

प्याकेज दुईअन्तर्गत सिनोले क्याम्प, ब्याचिङ तथा क्रसिङ प्लाण्ट, ल्याब, क्लिनिक, स्टोर, उपकरणकक्ष आदि पूर्वाधारको स्थापना, केबल सुरुङ, विद्युत्गृहको पाइलट सुरुङ, पहुँच सडक खन्ने कार्य सम्पन्न गरेको छ । प्याकेज तीनअन्तर्गत प्रसारण लाइन निर्माणका लागि केइसी इन्टरनेशनलले काम गरिरहेको छ ।

आयोजनाको प्याकेज दुईअन्तर्गत करिब रु एक अर्ब खर्च भएको छ । त्यस्तै प्याकेज तीनअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रु तीन करोड खर्च भएको छ । आयोजनाले प्रसारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले त्यसको प्रक्रियालाई समेत अगाडि बढाइसकेको छ । टावर राख्नका लागि ५३ व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्ने भएको छ ।

प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनतर्फका वन क्षेत्रमा पर्ने रुखहरु कटान हुनेछन् । तनहँुतर्फ ३० हेक्टर वन क्षेत्रको रुख कटान गर्नुपर्ने र त्यसका लागि फाइल वन विभागमा पठाइएको छ ।

दमौलीबाट भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । चालु आर्थिक वर्षमा प्रसारण लाइनका लागि ३० टावर निर्माण गरिनेछ ।

आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृत्गृह निर्माण गरिनेछ । खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुक्खायामा १७८।९० मेगावाट र वर्षायाममा ३२३।६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ ।

आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत० रहेको छ । जाइकाले दोस्रो प्याकेजअन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर व्योहोर्ने छ ।

ताजा

लैङ्गिक हिं’सा न्यूनीकरणका लागि अनुशिक्षण कार्यक्रम

एक सय ११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नमोबुद्ध नगरपालिकामा १३ दिने लैङ्गिक हिं’सा न्यूनीकरणका लागि अनुशिक्षण कार्यक्रम गरिएको छ । नगरको आयोजनामा ‘लैङ्गिक हिंसाविरुद्धको वर्ष...

बालविवाह गरेका किशोरी तथा किशोरीले जन्माएका बालबालिका कानूनी अधिकार पाउनबाट वञ्चित

बालविवाह गरेका किशोरी तथा किशोरीले जन्माएका बालबालिका कानूनी अधिकार पाउनबाट वञ्चित भएका छन् । कैलालीका बालविवाह गरेका किशोरीका छोराछोरी विद्यालय जाने उमेरका भइसक्दा पनि उनीहरुले...

अविश्वास प्रस्ताव दर्ता भए त्यसको सामना गर्ने अडान

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शुरु हुने प्रतिनिधिसभाको हिउँदे अधिवेशनका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएका छन् ।आज बसेको पार्टी संसदीय दलको बैठकमा...

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको हतियार र सेनाका विषयमा योगेश भट्टराईको प्रश्न

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले शान्ति प्रक्रियामा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको हतियार र सेनाका विषयमा प्रश्न उठाएका छन्...

थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति सम्पन्न

प्राविधिक तथा व्यवस्थापकीय सुधारमा जुटेको नेपाल आयल निगमले वाग्मती प्रादेशिक कार्यालय री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरेको छ । काठमाडौँलगायत आसपासका जिल्लामा पेट्रोलियम पदार्थ बिक्री...

प्रतिनिधिसभाको सातौँ अधिवेशन आइतबार देखि बस्दै

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुुगिरहेको बेला प्रतिनिधिसभाका सातौँ अधिवेशन भोलि आइतबारदेखि शुुरुआत हुुँदैछ ।संवैधानिक व्यवस्थाअनुुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले...

५० हजार घुस लिएको आरोपमा हेटौँडाबाट एक कर्मचारीलाई पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रु ५० हजार घुस लिएको आरोपमा शुक्रबार बागमती प्रदेशको राजधानी हेटौँडाबाट एक कर्मचारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वाग्मती प्रदेश...

दोस्रो चरणको कोभिड–१९ विरुद्धको खोप वैशाख ७ देखि १५ गतेसम्म लगाउने

सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना...

प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द बिच तीनबुँदे सहमति

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाण्डौंमा उपस्थित समारोहमा हिजो वार्तामा भएका सहमतिका बुँदाहरु सार्वजनिक गर्दै हस्ताक्षर गरिएको...

ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा आज दुई जनाको मृत्यु छ भने चार जना घाइते

झापाको कनकाई नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा आज दुई जनाको मृत्यु छ भने चार जना घाइते भएका छन् ।को१ख...