१७ वर्षीया किशोरी भागरथी भट्टको मृत्युबारे अनुसन्धानको तालीम प्राप्त कुकुरसहितको टोली परिचालन

बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको मृत्युबारे अनुसन्धान गर्न शुक्रबार तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ ।

तालीम प्राप्त कुकुरसहित प्राविधिकको टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घटनामा संलग्नलाई खोज्न तथा थप अनुसन्धान गर्न सहज होस् भनेर कुकुरको प्रयोग गरेका हौैँ ।

” बुधबार घरबाट विद्यालय गएकी किशोरी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा शव नजिकैको लबलेक जङ्गलमा फेला परेको थियो ।

शव वीभत्स अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या गरिएको हुनसक्ने मृतक किशोरीका आफन्त शिवराज भट्टले बताउनुभयो । प्रहरीले भने मृतक किशोरीको शव परीक्षण गरेपछि मात्रै बलात्कार भए नभएको बारेमा थाहा हुने जनाएको छ ।

दोषी पत्ता लगाई कारवाहीको दायरमा नल्याउँदासम्म शव उठाउन नदिने आफन्तले बताएका छन् । मृतक किशोरी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविका कक्षा १२ मा अध्ययनरत थिइन् । किशोरीको मृत्यु भएपछि शोकमा दोगडाकेदार गाउँपालिकाले बिहीबार शोक बिदा दिएको थियो । गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा उक्त घटनाको निन्दा गर्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरिएको छ ।

किशोरी हत्या घटना जघन्य अपराध रहेको भन्दै दोषीलाई अविलम्ब पक्राउ गरी कारवाही गर्न विभिन्न संस्थाले माग गरेका छन् ।

घटनास्थलमा तालीमप्राप्त कुकुरसहितको टोली परिचालन गरेपछि किशोरीको मोबाइल फेला परेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

घटनाको अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली जिल्ला पुगेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा घटना अनुसन्धानका लागि छुट्टै प्रहरी टोली पुगेको हो ।

टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रहरी नायब उपरीक्षकलाई खटाइएको छ । जिल्लाले गरिरहेको अनुसन्धानमा प्राविधिक सहयोग गर्न छुट्टै टोली खटाइएको हो ।

ताजा

स्याङ्जामा जेठ १५ सम्मका लागि निषेधाज्ञा जारी

  स्याङ्जामा आउँदो जेठ १५ सम्मका लागि निषेधाज्ञा जारी भएको छ । बैशाख २१ गतदेखि जारी भएको निषेधाज्ञालाई जेठ १५ सम्म थप गरिएको जिल्ला प्रशासन...

अत्यधिक जोरोका कारण ६० बर्सिय पुरुष को मिर्त्यु

अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुकका ६० वर्षीय पुरुष भारतको नयाँदिल्लीबाट घर आएको १६ औं दिनमा बिरामी परे । निरन्तर ज्वरो आएपछि जेठा छोराले वैशाख ९ गते...

नेपालमा कोरोना सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा पुगेको बताएको छ । पछिल्लो एक हप्तामा नेपालमा कोरोना सङ्क्रमण दर दुई सय...

“कोभिड– १९ विरुद्ध लड्नका लागि स्थानीय तह र जिल्लालाई सिङ्गो परिचालन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध एकताबद्ध भएर खट्न सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन दिनुभएको छ । एमाले दशौँ राष्ट्रिय महाधिवेशन...

काठमाडौं उपत्यकामा निषेधाज्ञा हुँदै

 कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय कोरोना संक्रिमित भेटिए निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको छ...

नेपालगञ्जमा आज मध्यराति देखि लकडाउन हुने

बाँकेको नेपालगञ्जमा आज मध्यराति देखि लकडाउन हुने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार नेपालगञ्जमा आज मध्यरात देखि १५ गतेसम्म लकडाउन हुने...

तिनाउ गाउँपालिकामा एक युवकको डुबेर मृत्यु

तिनाउ गाउँपालिका वडा नं ३ तल्लो सिद्दबाबास्थित तिनाउ खोलामा पौडी खोल्न क्रममा डुबेर एक युवकको शनिबार मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार...

वीरगञ्जमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु

वीरगञ्ज–१६ नगवा बस्ने ५१ वर्षीया महिलाको नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचारको क्रममा दिउँसो १ः४० बजे मृत्यु भएको हो ।  ज्वरो, खोकी लागेपछि उनलाई शनिबार उपचारका...

बालबालिकाको स्वास्थ्यको अधिकारप्रति सचेत रहन र पठनपाठनको वैकल्पिक व्यवस्था गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले एक विज्ञप्ति जारी गर्दै बालबालिकाको स्वास्थ्यको अधिकारप्रति सचेत रहन र पठनपाठनको वैकल्पिक व्यवस्था गर्न आग्रह गरेको छ ।  साथै आयोगले स्वास्थ्य...

माओवादी केन्द्र र माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुने

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताउनुभएको छ ।  सदरमुकाम कुश्माबजारमा माओवादी...