उच्च हिमाली जिल्लामा लामो समयपछि बिहीबार रातिदेखि हिमपात

हिमाली जिल्ला हुम्लासहित कर्णाली उच्च हिमाली जिल्लामा लामो समयपछि बिहीबार रातिदेखि हिमपात हुँदा यहाँका किसान खुशी भएका छन् ।

बिहीबार बिहानदेखि जिल्लामा बाक्लो बादल लाग्नुका साथै रातिदेखि हिमपात हुँदा चिसो बढेको छ । हिमपातले जिल्लाा तापक्रम माइनस डिग्रीमा झरेको छ ।

जिल्लाको उत्तरी भेगमा एक इन्च हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

मौसममा आएको बदलीसँगै एक्कासी हिमपात शुरु भएर बाक्लो हिउँ जमेको छ । जिल्लामा हिमपात हुँदा खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन् । हिमपातले हुम्लाको जनजीवन कष्टकर बनाएको छ ।

यसपटकको हिमपातले जेठमा पाक्ने जेठासी बाली उवा, गहुँ, जौँलाई फाइदा हुने हुँदा कृषक उत्साहित भएका छन् । खेतबारीमा लगाइएको गहुँ, जौँ, उवालगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षा नहुँदा चिन्तित बनेका किसान बिहीबारबाट हिमपात हुँदा खुशी भएको सर्केगाड गाउँपालिका(६ बराइगाउँका मानबहादुर ऐडीले बताए ।

ुयो हिमपातले हुम्लाका किसानमा निकै खुशी ल्याएको छु, उनले भने, ुयो हिमपात कृषि क्षेत्रका लागि उत्तम छ ।ु यो समयमा जमिनमा चिस्यान रह्यो भने खेतिपाती निकै राम्रो हुने गरेको किसानको भनाइ छ ।

हिमपातकै कारण सिमकोट पढ्न आउने विद्यार्थी मर्कामा छन् । अहिले सिमकोट बजारका अधिकांश पसल तथा दोकानमा आगो बालेर दैनिक उपभोग्य बस्तु किनबेच भइराखेका छन् ।

सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राही आउन सकेका छैनन् । आएका सेवाग्राही समेत अलपत्र परेका छन् ।

ढिलो गरी हिमपात र वर्षा भएकाले बाली सप्रिनेमा हुम्लाका किसान धेरै हर्षित भएका छन् । हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाको लिमी, चाला र हिल्सा आवतजावतमा कठिनाइ भएको छ । हुम्लामा यस वर्ष तेस्रोपटक हिमपात भएको हो ।

ताजा

नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ। स्वास्थ्य...

नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा सर्वोच्च अदालतले फागुन २० गते फैसला सुनाउने

नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा सर्वोच्च अदालतले फागुन २० गते फैसला सुनाउने भएको छ । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त...

वडाध्यक्ष र उनका भाई सहित पाँच जनालाई कारागार

बझाङका अमृत सिंहको ह ‘त्याका पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको घटनामा संलग्न भएका पाँच अभियुक्तलाई...

सदिक्षाको समर्थन गर्दै मनोज गजुरेलले लेखे मन छुने स्टाटस

मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बाँस्तोला अर्थात आफ्नो दाजुको ज्या न लि एको विरुद्ध न्यायका लागी लागेकी बहिनी सदिक्षाको चर्चित हास्य कलाकार...

ओली र देउवा सत्ता साझेदारीको सहमति नजिक

बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठकले अदालतको फैसला स्वीकार गर्ने र अदालतले तोकेको समयसीमाभित्रै संसद बैठक बोलाउने...

डोल्पामा रुखमा च्यापेर एक महिलाको मृत्यु

तल्लो डोल्पा अन्तर्गत जगदुल्ला गाउँपालिका वडा ३ थापा गाउँ बस्ने वर्ष ३९ की बुद्धिरुपा विकको रुखले च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी...

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमै विभाजन नभएसम्म कुनै पनि समूहसँग सहकार्य नगर्ने नेपाली कांग्रेसको निर्णय

नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमै विभाजन नभएसम्म कुनै पनि समूहसँग सहकार्य नगर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाe निवासमा विहीबार बसेको...

बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई जना प्रहरी बढुवा

बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई जना प्रहरी बढुवा भएका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बैतडीको भागरथी बलत्कारपछि हत्या प्रकरणको...

नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्ने

नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्सने भएको छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न...

ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु

 मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ...