भर्चुअलबाटै कुश्मा दाना प्रसारण लाइन र सबस्टेसनको उद्घाटन

प्रधानमन्त्री केपी ओलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पर्वतको कुश्मादेखि म्याग्दीको दानासम्मको पहिलो खण्ड उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोही आयोजनाअन्तर्गत कुश्मा नगरपालिका-२ खुर्कोटस्थित २२० र १३२ केभी र म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानास्थित २२० र १३२ र ३३ केभी सबस्टेसनको पनि उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले प्रसारण लाइन र दुई सबस्टेसनको बिहीबार काठमाडौंबाट भर्चुअल विधिमार्फत उद्घाटन गरेका हुन् ।

कुश्मा भएको उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साल, विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, उपकार्यकारी निर्देशकहरू रामजी भण्डारी, दीर्घायूकुमार श्रेष्ठ, मनोज सिलवाललगायत सहभागी थिए ।

उद्घाटन कार्यक्रमलाई भर्जुअल विधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकबाट लोडसेडिङ अन्त्य भई नेपाल विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको बताए ।

विद्युत् उत्पादन र प्रसारणतर्फका निर्माणाधीन आयोजनाहरु सम्पन्‍न भएपछि नेपाल छिमेकी देशहरुलाई विद्युत् बिक्री गरी आय आर्जन गर्न सक्षम हुने उनले बताए । मन्त्री रायमाझीले प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्‍न भई संचालनमा आइसकेकाले अब दोस्रो खण्ड निर्माणमा केन्द्रित हुन प्राधिकरणलाई निर्देशन दिए ।

कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु भएको हो ।

करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भुमही ‘न्यू बुटवल सबस्टेसन’ सम्मको प्रसारण लाइनको निर्माण पनि भइरहेको छ ।

कामु कार्यकारी निर्देशक शाक्यले कालीगण्डकी नदी बेसिनमा निर्माणधीन र आगामी दिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण लाइनको पूर्वाधार तयार भएको बताए । उनले दोस्रो खण्डको निर्माणलाई पनि तीव्रता दिन हरसम्भव प्रयास भैरहेको उल्लेख गरे ।

३९।६ किलोमिटर लम्बाइ भएको पहिलो खण्डको प्रसारण लाइनमा ११० वटा टावर छन् । प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गरिरहेको ४० मेगावाटको रघुगंगा जलविद्युत आयोजनाले निर्माण गर्ने ४ वटासहित यस खण्डमा ११४ वटा टावर रहने छन् ।

दाना दाना सवस्टेशनमा ३३.३३ एमभीएका तीन वटा र २५ एमभीएको एउटा पावर ट्रान्सफर्मरहरु जडान भएका छन् । खुर्कोट सवस्टेशनमा ३३.३३ एमभीएका तीन वटा गरी १०० र १०० एमभीएका ट्रान्सफर्मरहरु जडान भएका छन् । यी सबस्टेसनहरुमार्फत त्यस क्षेत्रमा पनि विद्युत् वितरण गरिने छ ।

प्रधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत अगाडि बढाइएको आयोजनाको पहिलो खण्ड र सबस्टेसनहरु निर्माणका लागि टाटा प्रोजेक्ट र चिन्ट इलेक्ट्रिक कम्पनीको संयुक्त उपक्रम ‘जेभी’ सँग २ अर्ब ७४ करोड रुपैयाँमा २४ अप्रिल २०१६ मा ठेक्का सम्झौता भएको थियो ।

कम्पनीले ३० मे २०१६ बाट निर्माण सुरु गरेको थियो । आयोजनाको परामर्शदाता पावर ग्रीड कर्पोरेसन अफ इन्डिया रहेको छ ।

ताजा

आज र भोलि देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही...

पशुपतिनाथमा भेटी दान गर्न ‘क्यूआर कोड’ प्रयोग

पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ। यसका लागि...

केपी ओलीले राजीनामा नदिइ संसद्मा डटेर सामना गर्ने ;ईश्वर पोखरेलले

उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिइ संसद्मा डटेर सामना गर्ने बताएका छन् । पार्टीनिकट अनेरास्ववियुको...

आज को राशिफल २०७७ /११ /१५ ; श्री पशुपतिनाथले हामि सबैको रक्षा गरुन ।

  मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साथिभाई तथा आफ्नो बिषेश मान्छेसँग दिनभर मिठा मिठा कुरा गरेर समय ब्यातित हुँने हुँदा मन खुसि रहनेछ । सवारि साधन,भौतिक सम्पति तथा आकस्मिक धनसम्पति...

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वालुवाटारमा भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वालुवाटारमा भेटवार्ता भएको छ ।सत्तासमीकरणका विषयमा दलहरुले भेटघाटलाई तीव्रता बनाइरहेका बेला उपाध्यक्ष गौतमले...

दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत

दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत गरेको छ । थेगु शहरको एक अस्पतालमा रहेको ६० वर्षीय जोडी चिकित्सकबाट खोप अभियान शुरु भएको बताइएको छ...

काठमाडौँको तारकेश्वरमा फेरि बर्डफ्लु

पशु सेवा विभागले तारकेश्वर नगरपालिका–१ मा व्यावसायिकरुपमा पालिएका कुखुराको नमूनाको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पिसिआर परीक्षणमा बर्डफ्लु रोग पुष्टि भएको विभागका महानिर्देशक...

दाङका एक शिक्षक घरको आँगनमै मृत फेला परे

घोराही उपमहानगरपालिका–१०, सौंडिकुला निवासी अन्दाजी ४३ वर्षीय श्रीधर घिमिरे आफ्नै आँगनमा मृत अवस्थामा फेला परेका हुन् । घिमिरे लमडरुवाका माविका सहायक प्रधानाध्यापक हुन् ।...

उत्तीर्ण भएको एक महिनामा चालक अनुमतिपत्र पाइने

नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना...

म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा जीप दुर्घटनामा एक जनाको मृत्यु

म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । मालिका गाउँपालिका-३ पात्लेबाट बिरामी लिएर...