निर्वाचनमा जानु परेतापनि भोट नेकपालाई नै दिनुपर्छ

नेकपाका उपाध्यक्ष वामदेव गौतमले ६ महिनाभित्र पार्टी एकता गराइसक्ने दाबीसहित एकताको राष्ट्रिय अभियानको घोषणा गरेका छन् । बुधबार उपाध्यक्ष गौतमले अभियानको औपचारिक रुपमै घोषणा गरेका हुन् ।

पार्टी विभाजनको पक्षमा कोही नभएको भन्दै शक्ति निर्माण गरेर दुई पार्टीलाई एक बनाइछाड्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

शीर्ष नेताहरु विभाजित भए पनि पार्टीका दोस्रो र तेस्रो तहका नेताहरु एकता भंग भएकोमा चिन्तित रहेको भन्दै गौतमले उनीहरुलाई संयोजन गरेर अघि बढ्ने बताए । ‘पार्टी पुनः एकीकरणको हाम्रो अभियान अहिले दुई चरणको हुनेछ । पहिलो चरण सर्वोच्चको निर्णय अनाउँदासम्मको, दोस्रो चरण अदालतको निर्णयपछि’ उनले जारी गरेको अवधारणापत्रमा भनिएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको विषयमा जस्तो फैसला गर्नेछ त्यो आफूहरुलाई मान्य हुने उनको भनाइ छ । प्रतिनिधि सभा पुनःस्थापना भए पार्टी एकता जोगाउन सकिने भएकोले आफ्नो भित्री धारणा प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा रहेको बताए ।

‘मेरो भित्री चाहना प्रतिनिधि सभा पुनःस्थापना नै हो,’ गौतमले भने, ‘तर सर्वोच्चले जे निर्णय गर्छ त्यही मान्नुपर्छ । सर्वोच्चले निर्वाचन भन्यो भने निर्वाचनमा जानुपर्छ तर भोट नेकपालाई नै दिनुपर्छ ।’

उपाध्यक्ष गौतमले नेकपालाई विभाजन गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको बराबरी भूमिका रहेको धारणा राखे ।

पार्टी एकताको महत्वपूर्ण आधार नै आलोपालो भएको भन्दै गौतमले २०७५ मंसिर ४ गते अध्यक्ष दाहाललाई कार्यकारी भूमिका दिएपछि पार्टी एकता गर्दाको सहमतिअनुसार आलोपालो प्रधानमन्त्री दाहालले छाड्नु नै पार्टी विभाजनको सुरुवात भएको बताए ।

‘अहिले उहाँहरु दुईतिर फर्कनु भएको छ, दुईतिर फर्किएकालाई मैले एकैतिर फर्काइदिन्छु । केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्थेन ।

प्रचण्डजी म नहुँदा हो नभए जहिल्यै एकताको पक्षमा हो । म एकातिर जान्छु र केपीलाई प्रचण्डतिर फर्काइदिन्छु र प्रचण्डलाई केपीतिर फर्काइदिन्छु, त्यो तागत मसँग छ,’ गौतमले भने । उपाध्यक्ष गौतमले अर्को पार्टी बनाउँछन् भन्ने सन्देश गएको भन्दै आफूहरुले अर्को पार्टी नबनाएको स्पष्ट पारे ।

ताजा

स्याङ्जामा जेठ १५ सम्मका लागि निषेधाज्ञा जारी

  स्याङ्जामा आउँदो जेठ १५ सम्मका लागि निषेधाज्ञा जारी भएको छ । बैशाख २१ गतदेखि जारी भएको निषेधाज्ञालाई जेठ १५ सम्म थप गरिएको जिल्ला प्रशासन...

अत्यधिक जोरोका कारण ६० बर्सिय पुरुष को मिर्त्यु

अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुकका ६० वर्षीय पुरुष भारतको नयाँदिल्लीबाट घर आएको १६ औं दिनमा बिरामी परे । निरन्तर ज्वरो आएपछि जेठा छोराले वैशाख ९ गते...

नेपालमा कोरोना सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा पुगेको बताएको छ । पछिल्लो एक हप्तामा नेपालमा कोरोना सङ्क्रमण दर दुई सय...

“कोभिड– १९ विरुद्ध लड्नका लागि स्थानीय तह र जिल्लालाई सिङ्गो परिचालन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध एकताबद्ध भएर खट्न सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन दिनुभएको छ । एमाले दशौँ राष्ट्रिय महाधिवेशन...

काठमाडौं उपत्यकामा निषेधाज्ञा हुँदै

 कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय कोरोना संक्रिमित भेटिए निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको छ...

नेपालगञ्जमा आज मध्यराति देखि लकडाउन हुने

बाँकेको नेपालगञ्जमा आज मध्यराति देखि लकडाउन हुने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार नेपालगञ्जमा आज मध्यरात देखि १५ गतेसम्म लकडाउन हुने...

तिनाउ गाउँपालिकामा एक युवकको डुबेर मृत्यु

तिनाउ गाउँपालिका वडा नं ३ तल्लो सिद्दबाबास्थित तिनाउ खोलामा पौडी खोल्न क्रममा डुबेर एक युवकको शनिबार मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार...

वीरगञ्जमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु

वीरगञ्ज–१६ नगवा बस्ने ५१ वर्षीया महिलाको नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचारको क्रममा दिउँसो १ः४० बजे मृत्यु भएको हो ।  ज्वरो, खोकी लागेपछि उनलाई शनिबार उपचारका...

बालबालिकाको स्वास्थ्यको अधिकारप्रति सचेत रहन र पठनपाठनको वैकल्पिक व्यवस्था गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले एक विज्ञप्ति जारी गर्दै बालबालिकाको स्वास्थ्यको अधिकारप्रति सचेत रहन र पठनपाठनको वैकल्पिक व्यवस्था गर्न आग्रह गरेको छ ।  साथै आयोगले स्वास्थ्य...

माओवादी केन्द्र र माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुने

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताउनुभएको छ ।  सदरमुकाम कुश्माबजारमा माओवादी...