विदेशबाट घर फर्ककालाई काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी

काभ्रे,काभ्रेलीका लागि जिल्लास्थित होटलले विदेशबाट घर फर्कनेलाई स्थानीय तहका क्वारेन्टिनको तयारी गरिएको छ ।आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा नसक्नेलाई स्थानीय क्वारेन्टिनमा राख्ने तयारी गरिएको हो ।जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले स्वेच्छिकरूपमा होटल क्वारेन्टिनमा समेत राख्न सक्ने व्यवस्था गरेको छ।

होटल क्वारेन्टिन व्यवस्थित गर्न जिल्लास्थित होटल व्यवसायीसँग समन्वय भइरहेको जनाएको छ । केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले विदेशबाट फर्किएकामध्ये आफैँ खर्च व्यहोर्न सक्नेलाई होटल क्वारेन्टिन तथा नसक्नेलाई स्थानीय क्वारेन्टिनमा राख्ने तयारी गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “होटल व्यवसायीले क्वारेन्टिन व्यवस्थित गर्न सहयोग गर्ने भएका छन्, हामी होटललाई समेत क्वारेन्टिन बनाउने तयारीमा जुटिसकेका छौँ ।”नेपाल–भारत सीमानाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका काभ्रेलीलाई सम्बन्धित व्यक्तिको बसोबास रहेको स्थानीय तहसम्म पु¥याउन स्पष्ट ठेगानासहित सूचना आदान–प्रदान गर्न र सहजीकरण गर्न धुलिखेलस्थित नेपाली सेनाको विष्णुदल गणलाई जिम्मेवारी दिइएको छ ।

साथै स्थानीय तहमा रहेका क्वारेन्टिनलाई १०० श्ययाको बनाउने तयारीसमेत भइरहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हालसम्म भारतबाट आएका करिब ३०० काभ्रेली स्थानीय तहका क्वारेन्टिनमा बसेका छन् ।काभ्रेपलाञ्चोकको १३ स्थानीय तहलगायत सङ्घसंस्थामा हालसम्म ६४३ श्ययाको क्वारेन्टिन व्यवस्थित छन् । “अन्य देशबाट समेत काभ्रेली आउने भएपछि स्थानीय तहका क्वारेन्टिनको क्षमता विस्तार गर्दै सातदेखि १०० श्ययाको बनाउन लागेका छौँ”,

कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टका सदस्य एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भन्नुभयो । उहाँका अनुसार भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बसेकालाई हालसम्म कोरोना भाइरस सङ्क्रमण देखिएको छैन । मजदुरीलगायत विभिन्न कामका सिलसिलामा जिल्लाका एक हजार १२५ भारतमा बस्दै आएको तथ्याङ्क छ ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका काभ्रेलीलाई काठमाडौँस्थित वाग्मती प्रदेशको होल्डिङ सेन्टरमा राखिनेछ । जिल्ला प्रशासन कर्यालयको समन्वयमा सम्बन्धित स्थानीय तहमा जानकारी गराइ होटल बस्ने वा स्थानीय क्वारेन्टिन बस्नेबारे निर्णयपछि सोहीअनुसार गरिने झाले बताउनुभयो । उहाँका अनुसार विदेशबाट आउने पिसीआर परीक्षण गरेर आएका हुन्छन् ।

“होटल वा अन्य क्वारेन्टिनमा बसाइका बेला तथा समयावधि सकिएपछि पनि कोरोना भाइरसको सङ्क्रमण देखिए तत्काल परीक्षण गरिनेछ भने सङ्क्रमण नदेखिएकालाई होम क्वारेन्टिनमा बसाइनेछ”, झाले भन्नुभयो ।सरकारले आजदेखि विदेशमा रहेका नेपालीलाई क्रमैसँग स्वदेश फर्काउने तयारी गरेको हो । सरकारद्वारा जारी निर्देशिकामा सम्बन्धित स्थानीय तहले आफ्ना नागरिकलाई १४ दिन क्वारेन्टिन र थप सात दिन होम क्वारेन्टिनमा राख्नुपर्ने प्रावधान छ ।

भारतलगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेली रहेको पोष्टको तथ्याङ्कले देखाएको छ । यसअघि गत साल माघ महिनायता ४५१ विदेशिएका काभ्रेपलाञ्चोकस्थित घर फर्किएका थिए । त्यतिबेला भने २७ देशबाट घर फर्किएकामध्ये भारतपछि दुवईबाट फर्कनेको सङ्ख्या अधिक रहेको तथ्याङ्कले देखाएको छ ।

ताजा

आज र भोलि देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही...

पशुपतिनाथमा भेटी दान गर्न ‘क्यूआर कोड’ प्रयोग

पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ। यसका लागि...

केपी ओलीले राजीनामा नदिइ संसद्मा डटेर सामना गर्ने ;ईश्वर पोखरेलले

उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिइ संसद्मा डटेर सामना गर्ने बताएका छन् । पार्टीनिकट अनेरास्ववियुको...

आज को राशिफल २०७७ /११ /१५ ; श्री पशुपतिनाथले हामि सबैको रक्षा गरुन ।

  मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साथिभाई तथा आफ्नो बिषेश मान्छेसँग दिनभर मिठा मिठा कुरा गरेर समय ब्यातित हुँने हुँदा मन खुसि रहनेछ । सवारि साधन,भौतिक सम्पति तथा आकस्मिक धनसम्पति...

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वालुवाटारमा भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वालुवाटारमा भेटवार्ता भएको छ ।सत्तासमीकरणका विषयमा दलहरुले भेटघाटलाई तीव्रता बनाइरहेका बेला उपाध्यक्ष गौतमले...

दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत

दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत गरेको छ । थेगु शहरको एक अस्पतालमा रहेको ६० वर्षीय जोडी चिकित्सकबाट खोप अभियान शुरु भएको बताइएको छ...

काठमाडौँको तारकेश्वरमा फेरि बर्डफ्लु

पशु सेवा विभागले तारकेश्वर नगरपालिका–१ मा व्यावसायिकरुपमा पालिएका कुखुराको नमूनाको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पिसिआर परीक्षणमा बर्डफ्लु रोग पुष्टि भएको विभागका महानिर्देशक...

दाङका एक शिक्षक घरको आँगनमै मृत फेला परे

घोराही उपमहानगरपालिका–१०, सौंडिकुला निवासी अन्दाजी ४३ वर्षीय श्रीधर घिमिरे आफ्नै आँगनमा मृत अवस्थामा फेला परेका हुन् । घिमिरे लमडरुवाका माविका सहायक प्रधानाध्यापक हुन् ।...

उत्तीर्ण भएको एक महिनामा चालक अनुमतिपत्र पाइने

नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना...

म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा जीप दुर्घटनामा एक जनाको मृत्यु

म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । मालिका गाउँपालिका-३ पात्लेबाट बिरामी लिएर...