नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले सामाजिक दूरी कायम राखेर आजदेखि देशैभरका पसल खोल्ने निर्णय !

काठमाडौं,महासङ्घका अध्यक्ष नरेश कटुवालले मुलुकमा जारी बन्दाबन्दी खोल्नेबारे सरकारले अहिलेसम्म कुनै तदारुकता नदेखाएकाले उद्योगी व्यवसायी व्यवसायबाट पलायन र रोजीरोटी गुम्ने खतरालाई मध्यनजर गर्दै पसल खोल्ने निर्णय गरेको जानकारी दिए ।नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले सामाजिक दूरी कायम राखेर आजदेखि देशैभरका पसल खोल्ने भएको छ ।

महासङ्घले बुधबार साँझ एक विज्ञप्ति जारी गरी ७२ दिनदेखि जारी बन्दाबन्दीका कारण उद्योग तथा व्यवसाय ठप्प हुँदा घरभाडा, बैंकको किस्ता, कर्मचारीको तलब भुक्तानीमा समस्या परेको भन्दै आजदेखि दैशैभरका उद्योग तथा पसल खोल्ने निर्णय गरेको हो ।

“बन्दाबन्दीका कारण समस्यामा परेका उद्योगी व्यवसायीलाई सरकारले कर तिर्न ताकेता गरिरहेकाले हामी बाध्य भएर पसल खोल्ने निर्णयमा पुगेका हौँ”, उनले भने ।महासङ्घले विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड सामाजिक दूरी कायम राखी पञ्जा, मास्क र स्यानिटाइजरको प्रयोग गरी पसल सञ्चालन गर्ने बताएको छ ।

पसल, उद्योग व्यवसाय खुला गर्दा राज्यबाट बन्द गर्न दबाब आए वा बल प्रयोग गरिए उद्योगी व्यवसायीले तिर्ने घरभाडा, कर र बैंकको व्याजदर र कर्मचारीको तलब भत्ताको जिम्मा सरकारले लिनुपर्ने महासङ्घले विज्ञप्तिमार्फत जनाएको छ । महासङ्घमा हाल देशभरका २१ सङ्घ आवद्ध रहेका छन् ।यसै क्रममा लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत ११ चैतदेखि लगातार लकडाउन गर्दै सवारीसाधन चलाउन तथा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कनसमेत प्रतिबन्ध गर्दै आएपछि पछिल्लो दिनमा सर्वसाधारण समस्यामा पर्न थालेका छन् ।जनस्तरबाट लकडाउनको मोडालिटी परिवर्तन गरिनुपर्ने चर्को आवाज उठ्न थालेसँगै सरकारले तहगत रूपमा लकडाउन खुकुलो बनाउने तयारी थालेको हो ।

त्यसको तयारीस्वरूप प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विभिन्न क्षेत्रका विज्ञसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनले लकडाउनको विकल्पबारे राय लिएका थिए ।

ताजा

व्यावसायिक सटर एवं घरको लकडाउन अवधि ३ महिनाको भाडा नलिने घोषणा

समन्वय प्रमुख कृष्णकुमार डल्लाकोटीले वैशाख, जेठ र असार महिनाको भाडा नलिने बताउनुभएको छ। जिल्ला समन्वय समिति चितवनले भाडामा लगाएका व्यावसायिक सटर एवं घरको लकडाउनको...

रुपन्देहीमा सवारी दुर्घटनामा पत्रकार कृष्णबाबुको दुःखद मृत्यु

रुपन्देही,सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा सडकखण्डको तिलोत्तमा–१ ड्राइभर टोलमा शनिबार राति रुपन्देहीमा सवारी दुर्घटनामा पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ ।शनिबार राति भएको सवारी दुर्घटनामा परि...

सुशान्तको आफ्नै साथी पुगे प्रहरीकोमा,सुशान्तले देह त्याग गर्नुको प्रमाण म संग छ:खुल्यो प्रेमिकासंग भएको झगडा

एजेन्सी,प्रहरीले अनुसन्धानको दायरामा नराखेका ब्यक्ति मसग प्रमाण छ भन्दै प्रहरी कार्यालय पुगेपछि घटनामा नयाँ मोड आएको हो ।  बलिउड अभिनेता सुशान्त राजपुतको निधनका सम्बन्धमा...

विश्वमा कोरोना भाइरसबाट ४ लाख ५१ हजार भन्दा बढीको मृत्यु र ८४ लाख भन्दा बढी संक्रमित

कोरोना भाइरसबाट विश्वमा ४ लाख ५१ हजार भन्दा बढीको मृत्यु र ८४ लाख भन्दा बढी संक्रमित भएका छन्। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर...

सुशान्त राजपुतले देहत्याग गर्न बाध्य बनाउने स्टारहारको नाम अगाडी

अहिले मि टु अभियान जस्तै बलिउडका फिल्म कलाकारहरुले पनि आफु माथि परेको अन्यायका बारेमा आफ्ना अनुभव शेयर गरेका छन् । शुसान्त राजपुतको निधनमा बलिउडका...

वलिउड फिल्म भित्रका धेरै कर्तुतहरु उजागर:दबंगका निर्देशक अभिनव कश्यपले लेखेको एउटा लामो स्टाटस

एजेन्सी,अभिनेता सुशान्त राजपुतको निधन पछि बलिउडमा खैला बैला मच्चिएको छ। अहिले बलिउडमा अभिनेता सुशान्त सिंह राजपुतको मृत्त्युको खबरले सबैलाई दुखित बनाएको छ। अभिनेता सुशान्त...

अंकितालाई सुशान्तले देहत्याग गरेको विषयमा प्रश्न गरेपछि उनले ‘के ????….’

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले देहत्याग गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पा सो लगाएर देहत्याग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अभिनेता लकडाउनको...

बलिउडले दुई महिनाभित्र १० चर्चित कलाकार गुमायो

काठमाडौं,आजभन्दा डेढ महिनाअघि बलिउडले अभिनेता इरफान खान र ऋषि कपुरलाई गुमाएको थियो । अभिनेता इरफान खानको निधनपछि लगातार बलिउड शोकमा डुब्दै गइरहेको छ ।बलिउडले...

रुकुम जाजरकोट घटनाले २३ दिनपछि लियो अर्कै मोड,

चौरजहारी नगरपालिका–८ पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा...

भारतवाट आएर क्वारेन्टिनमा बसेकी एक युवतीको सामुहिक करणी

कैलाली,क्वारेन्टिनमा बसेकी एक युवतीको सामुहिक करणी भएको घटना सार्वजनिक भएको । उनि भारतवाट आएर क्वारेन्टिनमा बसेकी थिइन्। कैलालीको क्वारेन्टिनमा बसेकी उक युवतीले आफु सामुहित...