त्रिभुवन विमानस्थलमा अर्को महिनाबाट उडान सुचारु हुने संगै सामाजिक दुरी कायम भने गर्नुपर्ने।

काठमाण्डौ,मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन योग्य भएको छ ।कोभिड–१९ को प्रभावले दुई महिनादेखि व्यावसायिक उडान हुन नसकेको मुलुकको त्रिभुवन विमानस्थलमा अर्को महिनाबाट उडान सुचारु हुने संगै सामाजिक दुरी काय म भने गर्नुपर्ने विमानस्थलले जानकारी दिएको छ ।

मुलुकमा जारी बन्दाबन्दी र त्यसपछिको सामान्य अवस्थामा विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सामाजिक दूरी कायम हुने गरी नयाँ संरचना तयार गरिएको हो ।विमानस्थलको तीन सय मिटर धावनमार्ग विस्तारसँगै कोभिड–१९ को सङ्क्रमण फैलन नदिन सामाजिक दूरी कायम हुने गरी संरचना तयार गरिएको विमानस्थलले जानकारी दिएको छ ।

विमानस्थलको भौतिक संरचना तथा कोभिडको जोखिम नियन्त्रणका लागि अपनाइने नयाँ संरचनाबारे आज विमानस्थलले सञ्चारमाध्यमलाई स्थलगत अवगत गराएको थियो । विमानस्थलको धावनमार्ग विस्तारदेखि सामाजिक दूरी कायम गर्न दुबैतर्फका उडानको टर्मिनल भवनमा बनाइएको नयाँ संरचनाबारे विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीसहितको प्राविधिक टोलीले विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीलाई जानकारी गराउनुभएको थियो ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र आइकाओको मापदण्डमा रहेर विमानस्थल सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीबारे आवश्यक तयारी गरेको हो ।

विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवनमा यात्रुको स्वास्थ्य सुरक्षाका लागि सामाजिक दूरी कायम गरिएको छ । यात्रुका लागि अन्तर्राष्ट्रियको टर्मिनलको ट्रली हलमा डेढ मिटर दूरी कायम गरिएको छ । सेवामा खटिने कर्मचारीको स्वास्थ्य सजकताका सबै मापदण्ड बनाइएको छ ।बन्दाबन्दीपछि अन्तर्राष्ट्रिय विमानस्थलको सेवा कसरी सञ्चालन गर्ने भनेर आवश्यक तयारी गरिएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताउनुभयो ।

सम्भवतः सरकारको निर्णयअनुरुप एक साताभित्रै हवाई उद्धार उडानमार्फत विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई घर फर्काउनेछ । त्यसका लागि विमानस्थलले अपनाउनुपर्ने आवश्यक सतर्कता र सबैखाले तयारी गरिएको महाप्रबन्धक केसीले बताउनुभयो ।बन्दाबन्दीको अवस्थामा विमानस्थलको धावनमार्ग विस्तारको काम पनि सकिएको विमानस्थलले जनाएको छ ।

विमानस्थलको पुरानो तीन हजार मिटर धावनमार्गलाई विस्तार गरी तीन हजार ३०० कायम गरिएको छ । विमानस्थलको दक्षिणतर्फ तीन सय मिटरको धावनमार्ग निर्माण गरिएको हो । विस्तार भएको धावनमार्गमा अब रनवे र एप्रोच लाइटिङको काम मात्रै बाँकी छ । यसले अन्तर्राष्ट्रिय उडान सहजताका साथै हवाई सुरक्षाको सुनिश्चितता हुने विमानस्थलको भनाइ छ ।विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र) रनवे जिरो–टू विस्तारको काम भएको हो

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतका हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले धावनमार्ग विस्तारको काम गरेको हो । आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले विमानस्थलको धावनमा मार्ग विस्तारपछि उडान अवतरणका लागि सहजता आउनाका साथै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड पूरा हुने बताउनुभयो । यसले विमानस्थलको सेफ्टी स्ट्यान्डर बढ्नाका साथै हवाई सुरक्षाको सुनिश्चिता भएको उहाँले उल्लेख गर्नुभयो ।

ताजा

व्यावसायिक सटर एवं घरको लकडाउन अवधि ३ महिनाको भाडा नलिने घोषणा

समन्वय प्रमुख कृष्णकुमार डल्लाकोटीले वैशाख, जेठ र असार महिनाको भाडा नलिने बताउनुभएको छ। जिल्ला समन्वय समिति चितवनले भाडामा लगाएका व्यावसायिक सटर एवं घरको लकडाउनको...

रुपन्देहीमा सवारी दुर्घटनामा पत्रकार कृष्णबाबुको दुःखद मृत्यु

रुपन्देही,सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा सडकखण्डको तिलोत्तमा–१ ड्राइभर टोलमा शनिबार राति रुपन्देहीमा सवारी दुर्घटनामा पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ ।शनिबार राति भएको सवारी दुर्घटनामा परि...

सुशान्तको आफ्नै साथी पुगे प्रहरीकोमा,सुशान्तले देह त्याग गर्नुको प्रमाण म संग छ:खुल्यो प्रेमिकासंग भएको झगडा

एजेन्सी,प्रहरीले अनुसन्धानको दायरामा नराखेका ब्यक्ति मसग प्रमाण छ भन्दै प्रहरी कार्यालय पुगेपछि घटनामा नयाँ मोड आएको हो ।  बलिउड अभिनेता सुशान्त राजपुतको निधनका सम्बन्धमा...

विश्वमा कोरोना भाइरसबाट ४ लाख ५१ हजार भन्दा बढीको मृत्यु र ८४ लाख भन्दा बढी संक्रमित

कोरोना भाइरसबाट विश्वमा ४ लाख ५१ हजार भन्दा बढीको मृत्यु र ८४ लाख भन्दा बढी संक्रमित भएका छन्। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर...

सुशान्त राजपुतले देहत्याग गर्न बाध्य बनाउने स्टारहारको नाम अगाडी

अहिले मि टु अभियान जस्तै बलिउडका फिल्म कलाकारहरुले पनि आफु माथि परेको अन्यायका बारेमा आफ्ना अनुभव शेयर गरेका छन् । शुसान्त राजपुतको निधनमा बलिउडका...

वलिउड फिल्म भित्रका धेरै कर्तुतहरु उजागर:दबंगका निर्देशक अभिनव कश्यपले लेखेको एउटा लामो स्टाटस

एजेन्सी,अभिनेता सुशान्त राजपुतको निधन पछि बलिउडमा खैला बैला मच्चिएको छ। अहिले बलिउडमा अभिनेता सुशान्त सिंह राजपुतको मृत्त्युको खबरले सबैलाई दुखित बनाएको छ। अभिनेता सुशान्त...

अंकितालाई सुशान्तले देहत्याग गरेको विषयमा प्रश्न गरेपछि उनले ‘के ????….’

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले देहत्याग गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पा सो लगाएर देहत्याग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अभिनेता लकडाउनको...

बलिउडले दुई महिनाभित्र १० चर्चित कलाकार गुमायो

काठमाडौं,आजभन्दा डेढ महिनाअघि बलिउडले अभिनेता इरफान खान र ऋषि कपुरलाई गुमाएको थियो । अभिनेता इरफान खानको निधनपछि लगातार बलिउड शोकमा डुब्दै गइरहेको छ ।बलिउडले...

रुकुम जाजरकोट घटनाले २३ दिनपछि लियो अर्कै मोड,

चौरजहारी नगरपालिका–८ पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा...

भारतवाट आएर क्वारेन्टिनमा बसेकी एक युवतीको सामुहिक करणी

कैलाली,क्वारेन्टिनमा बसेकी एक युवतीको सामुहिक करणी भएको घटना सार्वजनिक भएको । उनि भारतवाट आएर क्वारेन्टिनमा बसेकी थिइन्। कैलालीको क्वारेन्टिनमा बसेकी उक युवतीले आफु सामुहित...