•  
  •  
  •  
  •  
  •  
  •  
  •  

बैतडी,भारतको विभिन्न ठाउँमा मजदुरी गर्नेहरु सीमानाका भारतको झुलाघाटमा अलपत्र परेका छन् ।घर फर्किने क्रममा सीमानाका बन्द हुँदा विगत ५ दिनदेखि उनीहरु भोकभोकै छन् ।सीमानाका बन्द हुँदा ओढारमा दिन रात कटाइरहेका छन् ।

ओडारमा बसेका कसैकसैलाई भारतीय गाडीले छोडेर गएको हो भने कोही हिँडेर आएका हुन् ।ओडारमा बसेका झुलाघाटमा पुग्ने वित्तिकै प्रहरीबाट लखेटिए भाग्दै जंगलमा पुगे अहिले ओढारमा बसिरहेका छन् ।बजारमा आए प्रहरीले लखेट्ने गरेको र माथि गएमा गाउँलेले लखेट्ने गरेको अलपत्र नेपाली बताउँछन् ।

उनीहरु भन्छन्, ‘हामी गाउँ नजिक जाँदा गाउँलेहरु लाट्ठी, हँसिया लिएर लखेट्न आउँछन् ।’ केही व्यक्ति ओढारबाट समेत लखेटिएको उनले बताए । यो समाचार आजको राजधानी दैनिकमा सीपी लोहियाले लेखेका छन् ।

तस्बिर: ताजा खबर


  •  
  •  
  •  
  •  
  •  
  •  
  •