अब सुरक्षाकर्मीले लगाउने पोसाक बिदेसबाट खरिद गर्नु पर्दैन। आफ्नै देशमा उत्पादन हुने।

काठमाडौं,बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरे अनुसार सरकारले सुरक्षाकर्मीले लगाउने पोषाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने भएको छ। अर्थमन्त्री खतिवडाले भनाइ अनुसार ‘राज्यको सुरक्षामा खतिएका सुरक्षाकर्मीले लगाउन पोषक र जुत्ता स्वदेशमै उत्पादनको व्यवस्था मिलाइने’,

मन्त्री खतिवडाले स्वदेशी उद्योगलाई कर प्रणालीमा प्रोत्साहन गरि कोरोना भाइरसको संक्रमण नियन्त्रण भए लगत्तै आवश्यक स्वास्थ्य सुरक्षा कायम गरी सहज सञ्चालमा ल्याइने उनको भनाइ छ। एक प्रेदश एक पर्यटकीय गन्तव्यको स्थापना गरिने छ। त्यसका लागि सरकारले एक अर्ब २६ करोड रकम विनियोजन गरेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै जोखिम र अत्यावश्यक बाहेक सार्वजनिक र सरकारी सेवामा कार्यरत कर्मचारीको भत्ता समेत खारेज भएको जानकारी दिए। त्यस्तै सरकारले आगामी आर्थिक वर्षको लागि विदेश भ्रमण, सवारी साधन खरिद, सेमिनार, गोष्ठीलगायतमा बजेट कटौती गरेको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि प्रशासनिक खर्च कटौती गर्ने भएको छ।सरकारले कार्यालय सञ्चालन, इन्धन, मर्मत, वैदेशिक भ्रमण, सवारी साधन खरिद र मर्मत लगायत खर्चमा बजेट कटौती गरेको हो।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कर्मचारीको प्रोत्साहन रकममा  रकारले कर्मचारीलाई प्रोत्साहन रकम उपलब्ध गराउने घोषणा गरेको छ ।तर रकममा वृद्धि गरिएको जानकारी दिए पनि रकममा भएको बढोत्तरीबारे स्पष्ट गरेनन ।उनले सरकारी कर्मचारीका सन्तानलाई शिक्षा र आवासका निम्ति सहुलियतपूर्ण ऋणको व्यवस्था गरिने बताउँदै कर्मचारीलाई रु एक लाखको कोभिड बीमाको प्रावधान बजेटमा समावेश गरिएको जानकारी दिए ।

कोभिड–१९ को महामारीका कारण उत्पन्न असामान्य अवस्थामा सार्वजनिक भएको आगामी आवको बजेटमा परिस्थितिजन्य प्राथमिकता र आवश्यकतालाई दृष्टिगत गरी तर्जुमा गरिएका कार्यक्रमलाई रकम विनियोजन गरिएको छ भने पर्याप्त स्रोत जुट्ने स्थिति नरहेकाले तलबभत्तालगायत सुविधा वृद्धिको व्यवस्था यो वर्ष हुन नसकेको हो ।

यसैगरी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रपङ्तिमा जुटेका कर्मचारीलाई बाहेक अन्यलाई आगामी आवदेखि कुनैपनि किसिमको भत्ता उपलब्ध गराइने छैन ।

 

ताजा

व्यावसायिक सटर एवं घरको लकडाउन अवधि ३ महिनाको भाडा नलिने घोषणा

समन्वय प्रमुख कृष्णकुमार डल्लाकोटीले वैशाख, जेठ र असार महिनाको भाडा नलिने बताउनुभएको छ। जिल्ला समन्वय समिति चितवनले भाडामा लगाएका व्यावसायिक सटर एवं घरको लकडाउनको...

रुपन्देहीमा सवारी दुर्घटनामा पत्रकार कृष्णबाबुको दुःखद मृत्यु

रुपन्देही,सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा सडकखण्डको तिलोत्तमा–१ ड्राइभर टोलमा शनिबार राति रुपन्देहीमा सवारी दुर्घटनामा पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ ।शनिबार राति भएको सवारी दुर्घटनामा परि...

सुशान्तको आफ्नै साथी पुगे प्रहरीकोमा,सुशान्तले देह त्याग गर्नुको प्रमाण म संग छ:खुल्यो प्रेमिकासंग भएको झगडा

एजेन्सी,प्रहरीले अनुसन्धानको दायरामा नराखेका ब्यक्ति मसग प्रमाण छ भन्दै प्रहरी कार्यालय पुगेपछि घटनामा नयाँ मोड आएको हो ।  बलिउड अभिनेता सुशान्त राजपुतको निधनका सम्बन्धमा...

विश्वमा कोरोना भाइरसबाट ४ लाख ५१ हजार भन्दा बढीको मृत्यु र ८४ लाख भन्दा बढी संक्रमित

कोरोना भाइरसबाट विश्वमा ४ लाख ५१ हजार भन्दा बढीको मृत्यु र ८४ लाख भन्दा बढी संक्रमित भएका छन्। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर...

सुशान्त राजपुतले देहत्याग गर्न बाध्य बनाउने स्टारहारको नाम अगाडी

अहिले मि टु अभियान जस्तै बलिउडका फिल्म कलाकारहरुले पनि आफु माथि परेको अन्यायका बारेमा आफ्ना अनुभव शेयर गरेका छन् । शुसान्त राजपुतको निधनमा बलिउडका...

वलिउड फिल्म भित्रका धेरै कर्तुतहरु उजागर:दबंगका निर्देशक अभिनव कश्यपले लेखेको एउटा लामो स्टाटस

एजेन्सी,अभिनेता सुशान्त राजपुतको निधन पछि बलिउडमा खैला बैला मच्चिएको छ। अहिले बलिउडमा अभिनेता सुशान्त सिंह राजपुतको मृत्त्युको खबरले सबैलाई दुखित बनाएको छ। अभिनेता सुशान्त...

अंकितालाई सुशान्तले देहत्याग गरेको विषयमा प्रश्न गरेपछि उनले ‘के ????….’

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले देहत्याग गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पा सो लगाएर देहत्याग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अभिनेता लकडाउनको...

बलिउडले दुई महिनाभित्र १० चर्चित कलाकार गुमायो

काठमाडौं,आजभन्दा डेढ महिनाअघि बलिउडले अभिनेता इरफान खान र ऋषि कपुरलाई गुमाएको थियो । अभिनेता इरफान खानको निधनपछि लगातार बलिउड शोकमा डुब्दै गइरहेको छ ।बलिउडले...

रुकुम जाजरकोट घटनाले २३ दिनपछि लियो अर्कै मोड,

चौरजहारी नगरपालिका–८ पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा...

भारतवाट आएर क्वारेन्टिनमा बसेकी एक युवतीको सामुहिक करणी

कैलाली,क्वारेन्टिनमा बसेकी एक युवतीको सामुहिक करणी भएको घटना सार्वजनिक भएको । उनि भारतवाट आएर क्वारेन्टिनमा बसेकी थिइन्। कैलालीको क्वारेन्टिनमा बसेकी उक युवतीले आफु सामुहित...