•  
  •  
  •  
  •  
  •  
  •  
  •  

सर्वोच्च अदालतले मंगलबार आफ्नो निर्णय नसुनाएको हुँदाे हाे त सायदै टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोस्रो सिजनका प्रतिष्पर्धीहरु स्क्रिप्टलाई फाइनल गर्नमै व्यस्त हुन्थे । तर मंगलबारबाट परिवर्तन भएको राजनीतिक माहौलको केही असर यो रियालिटी शोलाई पनि पर्यो ।हाम्रा कमेडियनले लेख्ने ८० प्रतिशत कन्टेन्ट राजनीतिमा नै हो । हिजो राजनीतिक सिनारियो यसरी उल्टियो कि मेरा सबै कमेडियनहरु आफ्नो कन्टेन्टलाई रिराइट गर्नका लागि होस्टल पुग्नुभएको छ ।’, विशालले भने ।

उनले शोको सुटिङ नजिक आइसकेकाले कमेडियनहरु होस्टलमा तयारी गरिरहेको खुलाए । उनले गतवर्ष गुणस्तरीयता, प्रस्तुतीकरण, कन्टेन्ट डिजाइनका कुरा लिएर आफूहरुले देखेको सपना पुरा नभएपनि यसवर्ष त्यसलाई पुरा गर्ने दाबी गरे ।अघिल्लो वर्ष हिमेश पन्त पहिलो ‘कमेडी च्याम्पियन’ बनेका थिए । यो वर्षका लागि आगामी फागुन २१ गतेबाट ‘फिजिकल अडिसन’ हुँदैछ । शोको चैत ६ गते ग्राण्ड प्रिमियर हुँदैछ । शो कान्तिपुर टेलिभिजन एचडी र रेडियो कान्तिपुरमा प्रसारण हुनेछ


  •  
  •  
  •  
  •  
  •  
  •  
  •