सुशान्तको आफ्नै साथी पुगे प्रहरीकोमा,सुशान्तले देह त्याग गर्नुको प्रमाण म संग छ:खुल्यो प्रेमिकासंग भएको झगडा

एजेन्सी,प्रहरीले अनुसन्धानको दायरामा नराखेका ब्यक्ति मसग प्रमाण छ भन्दै प्रहरी कार्यालय पुगेपछि घटनामा नयाँ मोड आएको हो ।  बलिउड अभिनेता सुशान्त राजपुतको निधनका सम्बन्धमा नयाँ मोड सार्वजनिक भएको छ ।सुशान्तको निधन पछि घटनालाई लिएर अनेक अड्कलवाजी गरिएको छ ।उनी मानसिक रुपमा विरामी भएको, डि प्रेशनमा गएको लगायतका अनुमान लगाइएको छ ।

साथै प्रेमिका रिया चक्रवतिसंगको झगडा भएको हुनसक्ने अनुमान पनि गरिएको छ ।प्रहरीले रियासंग पनि वयान लिइसकेको छ । सुशान्तका एक जना साथी संदीप सिंह अचानक प्रहरी कार्यालय पुगेर सुशान्तको निधनको कारण मलाई थाहा छ भन्दै प्रहरी कार्यालय पुगेका छन् ।उनले त्यसवारेमा प्रहरीलाई जानकारी पनि दिएको बताएका छन् ।

प्रहरी कार्यालयवाट बाहिर निस्केका उनलाई तत्काल सञ्चारकर्मीले घेरेका थिए । उनले आफुसंग भएको प्रमाण प्रहरीलाई दिएको र संचारकर्मीका माझमा भने समय आएपछि मात्र त्यसवारे खुलाउने बताएका छन् ।उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै त्यसवारे केही संकेत भने गरेका छन् । संदिपले आफु सुशान्तसंग एक फिल्म संगै गर्ने योजनामा रहेको बताएका थिए ।

फिल्मको नाम “भारतम” थियो । सुशान्तको निधन पछि प्रहरीले उनीसंग नजिक रहेका धेरैसंग वयान लिइसकेको छ । तर संदिपलाई भने प्रहरीले बोलाएको थिएन । उनी आफुसंग सुशान्तको निधनको कारण यस्तो हो भन्दै प्रमाण लिएर प्रहरी कार्यालय पुगेका थिए ।प्रहरी कार्यालय पुगेका संदिपले भनेका छन्,म अहिले नै यो वारेमा सार्वजनिक रुपमा भन्न सक्न्दि ।

म संग सुशान्तको निधनसंग जोडिएका थुप्रै कुरा छन् । जो कुरा मैले मुम्बई प्रहरीलाई भनिसकेको छ । अहिले सम्म सुशान्तको फरेन्सिक रिपोर्ट आएको छैन । मैले दिएको प्रमाण र त्यो रिपोर्टसंग केही कुरा अवश्य मिल्छ । फरेन्सिक रिपोर्ट आउन अझै केही दिन लाग्ने बताइएको छ ।

जतिवेला सुशान्तको निधन भयो त्यतीवेला उनको घरको सिसीटिभी क्यामेराले काम नगरेको बताइएको भएपनि प्रहरीले त्यो गलत भएको जनाएको छ । उनको घरको सिसीटिभी क्यामेराले काम गरेको छ । घटना भएको बेलामा सुशान्तको प्यारो कुकुर फज अर्को रुममा थियो । सुशान्तकी साथी पायल रोहतगीका अनुसार उनको ट्वीटर एकाउण्टवाट लगायत केही कमेन्ट डिलिट भइरहेका छन् ।

ताजा

यस्तो छ नेकपा प्रचण्ड -नेपाल समूहको आजको आन्दोलन, दिउँसो सिठ्ठी जुलुस

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहले आजदेखि तेस्रो चरणको आन्दोल सुरू गर्दैछ । पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि सरकारविरूद्ध आन्दोलन गरिरहेको दाहाल-नेपाल समूहले आज दिउँसो...

द्विविधामा कांग्रेस, आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खिने ?

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा वर्तमान...

केपी ओलीको पार्टी सडक छाप ,धुलो छाप पार्टीको कुनै अर्थ छैन – नेपाल

काठमाडौं– काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीले नेतृत्व गरेको पार्टीलाई धुलोछापको संज्ञा दिएका छन् ।  सोमबार प्रदेश २ का...

नेकपा भिभाजनको बारेमा निर्वाचन आयोगले गर्यो यस्तो निर्णय

काठमाडौं – निर्वाचन आयोगले नेकपाको राजनीतिक किचलोलाई कानुनी रुपमा पन्छाएको छ। निर्वाचन आयोगको आइतबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई...

५ महिनादेखि ३१ पटक कोरोना पोजेटिभ

गतसाल चीनको वुहानमा पहिलो पटक पत्ता लागेको कोरोना भाइरस (कोभिड–१९) करिब ६ महिनाभित्र विश्वभर फैलिसकेको थियो। सयमक्रमसँगै यस भाइरबारे नयाँ–नयाँ तथ्यहरू बाहिर आइरहेका छन्।...

म असफल हुन्छु तर देशलाई असफल हुन दिन्नँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीलेआफू असफ भए पनि देशलाल हुन नदिने बताउनुभएको छ । दाङमा नवनिर्मित पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनतालाई साथमा लिएर देश...

निर्वाचन आयोगले २ अध्यक्ष भनेपछि घुमिफिरी म त आउने नै भएँ, ओली जी ! तपाई खुरुक्क बालुवाटार छाड्नुस्, आराम गरेर बस्नुस् : माधव नेपाल

काठमाडौ । निर्वाचन आयोगले विभाजित नेकपाका बारेमा दिएको निर्णयले फेरी तरंग उत्पन्न भएको छ । निर्वाचन आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको...

कोभिड विरुद्धको भ्याक्सिन स्याङ्जामा पुग्यो

स्याङजा, कोरोना भइरस (कोभिड १९) विरुद्धको भ्याक्सिन स्याङजा आइपुगेको छ । भारत सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई केही दिन पहिले कोरोना भाइरसको दश लाख डोज...

चुनाव पछाडि सर्न सक्छ ः गृहमन्त्री थापा

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गर्नुभएको छ । प्रेस सङ्गठन नेपाल कालीकोटले...

 प्रदेश नं. २ सरकारकाआठ जिल्लामा हुनेछ एकैसाथ कोरोना खोप अभियान

प्रदेश नं. २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज सम्पन्न प्रादेशिक...