छ महिनामा झण्डै रु पाँच खर्ब बराबरको रेमिट्यान्स भित्रियो

चालू आर्थिक वर्षको छ महिनामा झण्डै रु पाँच खर्ब बराबरको रेमिट्यान्स भित्रिएको छ । केन्द्रीय बैंकका अनुसार सो अवधिमा कूल रु चार खर्ब ९५ अर्ब ३१ करोड बराबरको रेमिट्यान्स मुलुकभित्र भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको आर्थिक विवरणअनुसार सो अवधिमा रेमिट्यान्स आप्रवाह ११.१ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई चार अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ७७.६ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १७.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ६८.९ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ०.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ८.९ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ४९ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु २६ अर्ब ६५ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब पाँच करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा चालू खाता रु ४९ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु ७९ अर्ब ६५ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ९४ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ४२ करोड २७ लाखले घाटामा रहेको छ । यस्तै, पुँजीगत ट्रान्सफर ८.१ प्रतिशतले कमी आई रु छ अर्ब ८५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७.२ प्रतिशतले कमी आई रु सात अर्ब ६६ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु सात अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु १२ अर्ब २० करोड रहेको थियो ।

ताजा

स्याङ्जामा जेठ १५ सम्मका लागि निषेधाज्ञा जारी

  स्याङ्जामा आउँदो जेठ १५ सम्मका लागि निषेधाज्ञा जारी भएको छ । बैशाख २१ गतदेखि जारी भएको निषेधाज्ञालाई जेठ १५ सम्म थप गरिएको जिल्ला प्रशासन...

अत्यधिक जोरोका कारण ६० बर्सिय पुरुष को मिर्त्यु

अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुकका ६० वर्षीय पुरुष भारतको नयाँदिल्लीबाट घर आएको १६ औं दिनमा बिरामी परे । निरन्तर ज्वरो आएपछि जेठा छोराले वैशाख ९ गते...

नेपालमा कोरोना सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा पुगेको बताएको छ । पछिल्लो एक हप्तामा नेपालमा कोरोना सङ्क्रमण दर दुई सय...

“कोभिड– १९ विरुद्ध लड्नका लागि स्थानीय तह र जिल्लालाई सिङ्गो परिचालन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध एकताबद्ध भएर खट्न सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन दिनुभएको छ । एमाले दशौँ राष्ट्रिय महाधिवेशन...

काठमाडौं उपत्यकामा निषेधाज्ञा हुँदै

 कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय कोरोना संक्रिमित भेटिए निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको छ...

नेपालगञ्जमा आज मध्यराति देखि लकडाउन हुने

बाँकेको नेपालगञ्जमा आज मध्यराति देखि लकडाउन हुने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार नेपालगञ्जमा आज मध्यरात देखि १५ गतेसम्म लकडाउन हुने...

तिनाउ गाउँपालिकामा एक युवकको डुबेर मृत्यु

तिनाउ गाउँपालिका वडा नं ३ तल्लो सिद्दबाबास्थित तिनाउ खोलामा पौडी खोल्न क्रममा डुबेर एक युवकको शनिबार मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार...

वीरगञ्जमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु

वीरगञ्ज–१६ नगवा बस्ने ५१ वर्षीया महिलाको नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचारको क्रममा दिउँसो १ः४० बजे मृत्यु भएको हो ।  ज्वरो, खोकी लागेपछि उनलाई शनिबार उपचारका...

बालबालिकाको स्वास्थ्यको अधिकारप्रति सचेत रहन र पठनपाठनको वैकल्पिक व्यवस्था गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले एक विज्ञप्ति जारी गर्दै बालबालिकाको स्वास्थ्यको अधिकारप्रति सचेत रहन र पठनपाठनको वैकल्पिक व्यवस्था गर्न आग्रह गरेको छ ।  साथै आयोगले स्वास्थ्य...

माओवादी केन्द्र र माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुने

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताउनुभएको छ ।  सदरमुकाम कुश्माबजारमा माओवादी...