हवाइ इन्धनको मूल्य घटेसँगै बुद्ध एयरले भाडा घटायो,

हवाई इन्धनको मूल्य घटेकाले सोहीअनुसार आफ्ना विभिन्न गन्तव्यमा भाडा समायोजन गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ। हवाई इन्धनको मूल्य घटेसँगै निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भाडादर घटाएको छ ।हवाई दूरीअनुसार नेपाली यात्रुको हकमा अधितम रु एक हजार १०५ देखि न्यूनतम रु २२५ सम्म भाडादर घटाएको कम्पनीले उल्लेख गरेको छ ।

सबैभन्दा बढी धनगढी र कम सिमरा गन्तव्य रहेको छ ।नेपाल आयल निगमले गत अप्रिल १ तारिखदेखि हवाई इन्धनको मूल्यमा रु १५ घटाएको थियो । त्यस्तै बजेटमार्फत सरकारले इन्धनमा लाग्दै आएको पूर्वाधार कर बापतको रु १० पनि छुटको घोषणा गरेको थियो ।बुद्धको माउन्टेन उडानमा रु ८६० घटेर दुई हजार २३० कायम गरिएको छ ।

काठमाडौँ–भरतपुर जम्मा ६९५ बनाइएको छ । यो गन्तव्यमा रु २७० घटेको छ ।त्यस्तै काठमाडौँ–पोखरा रु ३९५ घटेर रु एक हजार ३० बनाइएको छ । काठमाडौँ–विराटनगर साविकको भाडामा रु ६०० घटाई एक हजार ५६० कायम गरिएको छ ।काठमाडौँ–धनगढीमा रु एक हजार १०५ घटेर जम्मा रु दुई हजार ८७० भएको छ भने नेपालगञ्ज गन्तब्यमा रु ८१५ घटेर दुई हजार ११५ बनाइएको कम्पनीले जनाएको छ ।

यसैबीच जुन १ तारिखदेखि प्रमुख पर्यटकीय गन्तव्य काठमाडौदेखि पोखरा र चितवन आसपासका गन्तव्यको बजारीकरणको योजनामा जुटेको बुद्ध एयरले बन्दाबन्दी खुल्नासाथ उडानका लागि आवश्यक सबै तयारी पूरा गरिएको जनाएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको मार्ग निर्देशनअनुसार बुद्धले ‘सुरक्षा निर्देशिका’ बनाएको छ ।

सुरक्षा निर्देशिकामा यात्रु, कर्मचारी जहाजको विशेष सरसफाइ, ¥याम्प बस, कार्गो, ट्रली, विभिन्न काउन्टर तथा कार्यालयलाई कसरी सुरक्षित राख्ने भन्ने उल्लेख छ । उक्त निर्देशिका अनुसार आफ्ना कर्मचारीलाई आगामी सातादेखि तालिम प्रदान गर्ने बुद्धले विज्ञप्तिमार्फत जनाएको छ ।

ताजा

भारतमा गत २४ घण्टामा १४ हजार ९८९ जना कोरोना सङ्क्रमित थपिए

भारतमा गत २४ घण्टामा १४ हजार ९८९ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ११ लाख ३९ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा...

वैदेशिक रोजगारीमा लागि कुवेत पुगेका दुई महिलालाई कुवेती नागरिकको घरमा बन्धक

वैदेशिक रोजगारीमा लागि कुवेत पुगेका दुई महिलालाई कुवेती नागरिकको घरमा बन्धक बनाएर राखेको तथ्य खुलेको छ । उनीहरुलाई एजेन्टले मोटो रकम लिएर भारतीय बाटो...

शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आएमा आफूहरू जिम्मेवारीबाट नभाग्ने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आएमा आफूहरू जिम्मेवारीबाट नभाग्ने बताएका छन् ।चितवनमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन्...

गोंगबुमा भएको विभत्स हत्या प्रकरणमा संलग्न कल्पना मुडभारीलाई आजीवन जेल सजाय

कृष्णबहादुर बोहोराको गोंगबुमा भएको विभत्स हत्या प्रकरणमा संलग्न कल्पना मुडभारीलाई आजीवन जेल सजाय सुनाइएको छ । जिल्ला अदालत काठमाडौंले गोंगबुमा डेरा गरी बस्दै आएकी ३७...

कांग्रेसले आफ्ना सांसद्हरुलाई काठमाडौँ उपत्यका नछोड्न निर्देशन

नेपाली कांग्रेसले आफ्ना सांसद्हरुलाई काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकका लागि उपस्थित हुनै पर्ने भन्दै...

आज र भोलि देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही...

पशुपतिनाथमा भेटी दान गर्न ‘क्यूआर कोड’ प्रयोग

पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ। यसका लागि...

केपी ओलीले राजीनामा नदिइ संसद्मा डटेर सामना गर्ने ;ईश्वर पोखरेलले

उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिइ संसद्मा डटेर सामना गर्ने बताएका छन् । पार्टीनिकट अनेरास्ववियुको...

आज को राशिफल २०७७ /११ /१५ ; श्री पशुपतिनाथले हामि सबैको रक्षा गरुन ।

  मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साथिभाई तथा आफ्नो बिषेश मान्छेसँग दिनभर मिठा मिठा कुरा गरेर समय ब्यातित हुँने हुँदा मन खुसि रहनेछ । सवारि साधन,भौतिक सम्पति तथा आकस्मिक धनसम्पति...

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वालुवाटारमा भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वालुवाटारमा भेटवार्ता भएको छ ।सत्तासमीकरणका विषयमा दलहरुले भेटघाटलाई तीव्रता बनाइरहेका बेला उपाध्यक्ष गौतमले...